Sunuwar Personnel Society सुनुवार राष्ट्रसेवक समाज

  • Home
  • Nepal
  • Kathmandu
  • Sunuwar Personnel Society सुनुवार राष्ट्रसेवक समाज
Directions Website

Sunuwar Personnel Society सुनुवार राष्ट्रसेवक समाज स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

सुनुवार समुदायबाट नेपाल सरकारको विभिन्न सेवा समूह रहेर राष्ट्रका लागि अनवरत सेवा गरिरहनु भएका सुनुवार महानुभावहरूलाई संगठित गर्ने उद्देश्यले स्थापना गरिएको संस्था "सुनुवार राष्ट्रसेवक समाज" हो।

12/10/2026

सुनुवार राष्ट्रसेवक समाज र अतिथीबीच Charity Game: सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता दोस्रो संस्करण, २०८३

सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता दोस्रो संस्करण २०८३ को उपाधी मैनावती फुटबल क्लब धनुषाले जितेको छ । आज सम्पन्न फ...
12/10/2026

सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता दोस्रो संस्करण २०८३ को उपाधी मैनावती फुटबल क्लब धनुषाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपाललाई ४-२ ले पराजित गर्दै क्लबले दोस्रो संस्करणको उपाधी उचालेको हो ।

काठमाडौं। सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता दोस्रो संस्करण २०८३ को उपाधी मैनावती फुटबल क्लब धनुषाले जित...

सुनुवार राष्ट्रसेवक कपको उपाधी मैनावती फुटबल क्लबले उचाल्योसुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता दोस्रो संस्करण २०८३ ...
12/10/2026

सुनुवार राष्ट्रसेवक कपको उपाधी मैनावती फुटबल क्लबले उचाल्यो
सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता दोस्रो संस्करण २०८३ को उपाधी मैनावती फुटबल क्लब धनुषाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपाललाई ४-२ ले पराजित गर्दै क्लबले दोस्रो संस्करणको उपाधी उचालेको हो ।
उपाधीसँगै मैनावती फुटबल क्लब धनुषाले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय स्थान हासिल गर्ने लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपालले २९ हजार ५५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र साब्राली सुनुवार समाज तेस्रो स्थान हासिल गर्दै १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगतामा सर्वाधिक गोलकर्ताको पुरस्कार लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपलाका भीम सुनुवारले प्राप्त गरेका छन् । उनले व्यक्तिगत ७ गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । त्यस्तै उत्कृष्ट गोल रक्षकको उपाधी मैनावती फुटबल क्लबका गोल रक्षक अश्वित सुनुवारले प्राप्त गरे भने प्रतियोगिताको उदयीमान खेलाडीको उपाधी मैनावती फुटबल क्लबका खेलाडी गुण्डास सुनुवारले प्राप्त गरेका छन् ।
शनिबारबाट ललितपुर २६ ढोलाहिटीस्थित बिनायक स्पोर्टस् कम्प्लेक्समा पूर्व कोसी प्रदेश मन्त्री माननीय प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा उद्घाटन भएको खेल आईतबार समापन भएको हो । राष्ट्रसेवामा सुनुवार राष्ट्रसेवक, राष्ट्र निर्माणमा सुनुवार राष्ट्रसेवक भन्ने मूल नाराका साथ सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंको आयोजनामा सञ्चालन भएको ‘सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण–२०८३’ दुई दिन सञ्चालन भएको प्रतियोगितामा ३२ टिम सहभागि भएका थिए।
नकआउट आधारमा सञ्चालन गरिएको प्रतियोगतामा सुनुवार खेलाडीहरूलाई सहभागि गराईएको आयोजकले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष अमरदीप सुनुवारका अनुसार "प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायकाबीच आपसी सद्भाव, समन्वय, सहकार्य र साझेदारी गर्दै सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरेको बताउनु भयो ।"
खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी सामाजिक एकता, अनुशासन, सहकार्य र सामुदायिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा विकास गर्ने र युवाहरूलाई एउटै साझा मञ्चमा जोड्दै खेलकुद र राष्ट्रनिर्माणप्रति आकर्षण अभिवृद्धि गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष सुनुवारले बताउनु भयो ।
प्रतियोगिताको उद्घाटन समारोहमा सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी सुवित कुमार सुनुवारलाई सेवा निवृत्त जीवन फलदायी, सुखद, सफलताको कामना गदै ३८ वर्ष अनवरत रुपमा राष्ट्रसेवामा समर्पित हुनुभएकोमा सम्मान पत्रसहित सम्मान गरिएको छ ।

10/10/2026

सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण २०८३
उद्‍घाटन समारोह
भिडियो: Pradeep Sunuwar

सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण २०८३ भोली मिति २०८३ असोज २५ गते हुने Round of 16 को खेल तालिका ...
10/10/2026

सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण २०८३
भोली मिति २०८३ असोज २५ गते हुने Round of 16 को खेल तालिका

आयोजक: सुनुवार राष्ट्रसेवक समाज, काठमाडौं ।

“सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण २०८३ — Draw र खेल तालिकाको सूचना ।
09/10/2026

“सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण २०८३ — Draw र खेल तालिकाको सूचना ।

सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंको आयोजनामा सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता (दोस्रो संस्करण, २०८३) भोली मिति ...
09/10/2026

सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंको आयोजनामा सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता (दोस्रो संस्करण, २०८३) भोली मिति २०८३ असोज २४ र २५ गते सञ्चालन हुने प्रतियोगितामा दर्ता भई सहभागि भएका क्लब/संस्थाहरूको अन्तिम सूची प्रकाशन गरिएको सूचना ।

क्लबको नाम र ठेगाना
१ नवसेवा नर्सरी A ललितपुर
२ नवसेवा नर्सरी B ललितपुर
३ मैनावती फुटबल क्लब, धनुषा
४ सैपु युनाइटेड लिखुतामाकोसी -२, रामेछाप
५ सुनुवार युनाइटेड उमाकुण्ड -६, रामेछाप
६ लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा) रामेछाप
७ होलिस्टिक हर्ब्स, काठमाडौं काठमाडौं
८ लिखु फुटबल क्लब खिजीकाती A खिजिकाती ओखलढुङ्गा
९ लिखु फुटबल क्लब खिजीकाती B खिजिकाती ओखलढुङ्गा
१० ठिन्केपु फुटबल क्लब उमाकुण्ड -७, रामेछाप
११ URYC, दोलखा दोलखा
१२ नेपाल लोकतान्त्रिक किरात सुनुवार सङ्घ काठमाडौं
१३ जुरी टिम
१४ सुनुवार विद्यार्थी समाज काठमाडौं
१५ सुनुवार सेवा समाज दोलखा दोलखा
१६ कोइँच वारियर
१७ फिक्कल ग्रामिण विकास नेपाल फिक्कल -१, सिन्धुली
१८ इलामेली क्लब, ईलाम इलाम
१९ Scarlet Nursery, ललितपुर ललितपुर
२० फ्रेण्डसीप युवाक्लब जिरी, दोलखा
२१ मोलुङ फुटबल क्लब ओखलढुङ्गा
२२ किरात ब्लडलाईन फुटबल क्लब
२३ वासरेलु फुटबल क्लब, सिन्धुली सिन्धुली
२४ सुनुवार सेवा समाज नगर समिति जिरी जिरी, दोलखा
२५ सूर्योदय फुटबल क्लब इलाम इलाम
२६ बुर्केली याता समूह रामेछाप रामेछाप
२७ रोयल ओख्रे फुटबल क्लब
२८ हावा सेवा समाज काठमाडौं काठमाडौं
२९ साब्राली समाज रामेछाप रामेछाप
३० SYC फर्पु रामेछाप
३१ सुनुवार सेवा समाज बेसी गाउँ कटारी १० उदयपुर
३२ सुनुवार राष्ट्रसेवक समाज, काठमाडौं आयोजक

आयोजक:
सुनुवार राष्ट्रसेवक समाज, काठमाडौं ।

सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण, २०८३ को Draw तथा खेल तालिक आज २०८३ असोज २३ गते साँझ ५:०० बजे य...
08/10/2026

सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता, दोस्रो संस्करण, २०८३ को Draw तथा खेल तालिक आज २०८३ असोज २३ गते साँझ ५:०० बजे यसै पेज मार्फत हुने जानकारी गराउँद छौँ।

साथै, प्रतियोगिताका पहिलो चरणका खेलहरू असोज २४ गते बिहान ७:०० बजेदेखि शुरु हुने भएकाले टिम दर्ता गर्नु भएका सम्पूर्ण क्लब तथा दर्शकहरूलाई उपस्थितिको लागि सादर अनुरोध छ।

आयोजक:
सुनुवार राष्ट्रसेवक समाज, काठमाडौं।

सुनुवार राष्ट्रसेवक समाजद्वारा यहि मिति २०८३ असोज २४ र २५ गते सम्पन्न हुने सुनुवार राष्ट्रसेवक कप दोस्रो संस्करणमा टिम द...
05/10/2026

सुनुवार राष्ट्रसेवक समाजद्वारा यहि मिति २०८३ असोज २४ र २५ गते सम्पन्न हुने सुनुवार राष्ट्रसेवक कप दोस्रो संस्करणमा टिम दर्ता गराउनु भएका क्लबहरूलाई देहायका विवरण मिति २०८३ असोज २० गतेभित्र ह्वाट्स एप नं. ९८४४१४७३७१ मा पठाउनु हुन हार्दिक अनुरोध छ ।
1. टिम दर्ताको फाराम फोटो सहितको,
2. खेलाडीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
3. टिम दर्ता शुल्क बुझाएको प्रमाण खुल्ने कागजात (Screenshoot, भौचर आदि)
थप जानकारीका लागि 9854034148, 9844147371

पुन:श्च मिति २०८३ असोज २० गतेभित्र पठाई सक्नु पर्ने ।

अत्यन्त जरूरी सूचना!!दर्ताका लागि नाम टिपाउनु भएका तर दर्ता शुल्क बुझाउन केहि टिमहरू बाँकी रहेकाले सम्वत् २०८३ असोज १८ ग...
04/10/2026

अत्यन्त जरूरी सूचना!!

दर्ताका लागि नाम टिपाउनु भएका तर दर्ता शुल्क बुझाउन केहि टिमहरू बाँकी रहेकाले सम्वत् २०८३ असोज १८ गते साँझ ५:०० बजेभित्र दर्ता शुल्क बुझाउनु हुन अनुरोध छ ।

सम्पर्क: 9841021290
आयोजक:
सुनुवार राष्ट्रसेवक समाज, काठमाडौं ।
Amar Dip Sunuwar

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sunuwar Personnel Society सुनुवार राष्ट्रसेवक समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category