31/07/2026
स्थापनाको १४ औँ वर्ष: सेवा र समर्पणको यात्रा!
आज गौरादह जेसीजको १४ औँ स्थापना दिवसको पावन अवसरमा गौरादह जेसीजले जगत गौरी परोपकार केन्द्रका बालबालिकाहरूको आवश्यकतालाई ध्यानमा राख्दै उहाँहरूको दैनिक सहजताका लागि १ थान स्ट्यान्ड फ्यान (Stand Fan) तथा केही नगद सहयोग हस्तान्तरण गरेका छौँ ।
"मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो" भन्ने जेसीज भावनालाई आत्मसात् गर्दै, समाजका हरेक वर्ग र क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन गौरादह जेसीज निरन्तर क्रियाशील छ। आजको यस विशेष दिनमा बालबालिकाहरूको मुहारमा मुस्कान ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित र गौरवान्वित भएका छौँ।
यस पुनित कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण जेसीज मनहरू, संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरू, बोर्ड पदाधिकारी तथा सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछौँ।
आगामी दिनहरूमा पनि गौरादह जेसीज सामाजिक सेवा, नेतृत्व विकास र सकारात्मक रूपान्तरणको अभियानमा निरन्तर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ।
१४ औँ स्थापना दिवसको सबैमा हार्दिक शुभकामना! 🎉💐