TMO Kalanki

TMO Kalanki An official page to TMO Kalanki. The office serves for getting new driving license, renewal and so on.

सूचना!सूचना!!सूचना!!!
25/09/2026

सूचना!सूचना!!सूचना!!!

लाइसेन्स नविकरण गर्नको लागि सम्बन्धित कार्यालमा अनलाईन आवेदन गर्नु पर्दछ । अन्य कार्यालयहरुले नविकरण गरिदिँदा प्रणालीमा ...
22/09/2026

लाइसेन्स नविकरण गर्नको लागि सम्बन्धित कार्यालमा अनलाईन आवेदन गर्नु पर्दछ । अन्य कार्यालयहरुले नविकरण गरिदिँदा प्रणालीमा आवश्यक विवरणहरु नदेखिएकोले नविकरण गरिदिन बाधा भएको छ ।

२०८३ भदौ ३१ मा विभागबाट स्वीकृत भएर अनलाईन सम्बन्धि निर्देशिका जारी भएको छ जस अनुसार सेवाग्राही आफैँले जिम्मा लिने हो भने स्वघोषणा गरेर प्रणालीमा नभएका अभिलेखहरु पुनः अभिलेख कायम गरी नविकरण गर्नु मिल्ने भएको छ ।

तर, प्रणालीमा नभएका अभिलेख कायम गर्नको लागि सम्बन्धित कार्यालयमा नै अनलाईन आवेदन गर्नु पर्दछ ।

21/09/2026

अनलाईन फाराम भरेपछि एउटा QR Code सहितको फाराम विवरण डाउनलोड गर्न मिल्छ ।

प्रत्येक स्टेपमा त्यही QR Scan गरेर अब के गर्ने हो भन्ने थाहा हुन्छ ।

1 No को स्टेपमा नै विवरणको PDF डाउनलोड गर्न मिल्छ ।

18/09/2026

वर्गथपको आवेदन गर्दा आफ्नो लाइसेन्समा भएको विवरण र NID मा भएको विवरण एउटै छ / छैन जाँचेर छ भने मात्र वर्गथपको आवेदन गर्नुहोला ।

विवरण फरक छ भने पहिले विवरण सच्याएर मात्र वर्गथप गर्नुहोला ।

18/09/2026

केही सेवाग्राहीहरु मेडिकल सकाएर Office Choose नै नगरी कुरेर बस्नु भएको रहेछ । Office Choose नगर्दा सम्म कार्यालयमा अनलाईन आवेदन आइपुग्दैन । कार्यालयमा आवेदन नआइ एप्रुभ गर्न मिलेन ।

मेडिकल सकाएपछि फाराम भर्दाको QR Code स्क्यान गरेर Office Choose गर्नु पर्छ । ठूलोभर्याङमा रहेको यातायात कार्यालय छान्नको लागि TMO Kalanki रोज्नुहोला ।

18/09/2026

TMO Kalanki, यातायात व्यवस्था कार्यालय कलंकी, ठूलो भर्‍याङ कार्यालयको अफिस एप्रुभ हुन बाँकी आवेदनहरु छैनन् । केही आवेदन थप कागजात माग गरिएको छ । SMS आएको हुन्छ, चेक गर्नुहोला ।

तपाईले TMO Kalanki Office choose गर्नुभएको हो र Approve भएको छैन भने तल कमेन्ट गर्नुहोला ।

16/09/2026

नयाँ लाइसेन्सको लागि EDLVRS अनलाईन प्रणालीमा फाराम भर्नुभएको र हाल सम्म Office Approve नभएको भए कमेन्ट गर्नुहोला ।

नोटः यो पोष्टमा Office Approval को समस्याको बारेमा मात्र कमेन्ट गर्नुहोला ।

16/09/2026

पुरानो प्रणालीमा ट्रायल पास हुनुभएको र हाल सम्म पनि राजश्व तिर्न नसकेर समस्या भएको छ भने कमेन्ट गर्नुहोला । Individually Solve गर्नु पर्ने भएको छ ।

15/09/2026

साउन १ गते भन्दा पछाडि NID लिनुभएका १७५ जना सेवाग्राहीहरुको अनलाईन आवेदनहरुमा बायोमेट्रिक डाटा नभएकोले अफिस एप्रुभ हुन सकेका छैनन् । हामीले प्रत्येकलाई बायोमेट्रिकको लागि कार्यालय आउन SMS पठाएका छौँ ।

बायोमेट्रिक दर्ता गराइसके पश्चात् मात्र ती अनलाईन आवेदनहरु अफिस एप्रुभ हुने व्यहोरा जानरकारी गराउँछौँ ।

14/09/2026

अनलाईन आवेदन आफैँले भरौँ, धेरै समस्याहरुबाट बचौँ । अनलाईन फाराम अंग्रेजी र नेपाली दुबै भाषामा छन् ।

राष्ट्रिय परिचयपत्र नम्बर, मोवाइल नम्बर, OTP जस्ता विवरण नचिनेको मान्छेलाई दिँदा पछि समस्या पर्न सक्छ ।

Address

Thulobharyang, Nagarjun/03
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when TMO Kalanki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share