Tanahu Hydropower Limited

Tanahu Hydropower Limited Tanahu Hydropower Limited (THL) was established as a subsidiary company of Nepal Electricity Authority

तनहुँ जलविद्युत आयोजनाको निर्माणाधीन मुख्य बाँध तथा आसपासको क्षेत्र । The under-construction main dam of the Tanahu Hydr...
28/09/2026

तनहुँ जलविद्युत आयोजनाको निर्माणाधीन मुख्य बाँध तथा आसपासको क्षेत्र । The under-construction main dam of the Tanahu Hydropower Project and its surrounding area.

तनहुँ जलविद्युत आयोजनाको जीविकोपार्जन पुनर्स्थापना योजना अन्तर्गत आयोजना प्रभावित घरपरिवारका सदस्यहरूको आयआर्जन क्षमता अ...
20/09/2026

तनहुँ जलविद्युत आयोजनाको जीविकोपार्जन पुनर्स्थापना योजना अन्तर्गत आयोजना प्रभावित घरपरिवारका सदस्यहरूको आयआर्जन क्षमता अभिवृद्धि गर्दै दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बंगुरपालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ। आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यास तथा भीमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २३ जना सहभागी (११ महिला र १२ पुरुष) लाई भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म चारदिने तालिम प्रदान गरिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा कार्यालयका विज्ञहरुबाट तीन दिन व्यावसायिक बंगुरपालन र एक दिन वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको थियो । सहभागीहरूलाई व्यावसायिक बंगुरपालन व्यवसाय सुरु गर्न वा हाल सञ्चालनमा रहेको व्यवसायलाई थप विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम सफलतापूर्वक सम्पन्न गरेपछि प्रत्येक सहभागीलाई एक–एक वटा बंगुरको पाठो र तालिम सम्पन्न प्रमाणपत्र प्रदान गरिएको थियो ।आयोजनाबाट प्रभावित परिवारहरूको जीविकोपार्जन पुनर्स्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै हालसम्म जीविकोपार्जन र सामुदायिक विकासतर्फ ३५ वटा कार्यक्रम सञ्चालन गरिएका छन्। यी कार्यक्रमबाट आयोजना प्रभावित घरपरिवारका कुल ७३१ जना (३७५ महिला र ३५६ पुरुष) लाभान्वित भएका छन्। आयोजनाको जीविकोपार्जन पुनर्स्थापना योजनाअनुरूप सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवर्द्धनमार्फत प्रभावित परिवारहरूको आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जनमा योगदान पुर्‍याउने प्रयास निरन्तर अघि बढिरहेको छ।
Under the Livelihood Restoration Plan (LRP) of the Tanahun Hydropower Project, vocational pig farming and financial literacy training was conducted with the objective of enhancing the income-generating capacity of project-affected households and creating opportunities for sustainable livelihoods. A total of 23 participants (11 females and 12 males) from project-affected households in Vyas and Bhimad municipalities and Myagde and Rishing rural municipalities participated in the four-day training held from 16 to 19 september 2026. The training was conducted in collaboration with the Veterinary Hospital and Animal Services Office, Tanahun, with technical sessions delivered by experts from the office. The program included three days of vocational pig farming training and one day of financial literacy training.
To support participants in starting commercial pig farming enterprises or expanding their existing businesses, each participant was provided with one piglet and a training completion certificate upon successfully completing the training. As part of the project's continued focus on livelihood restoration and community development, 35 programs have been implemented to date in the areas of livelihood restoration and community development. These programs have benefited a total of 731 members of project-affected households, including 375 females and 356 males.In line with the project's Livelihood Restoration Plan, efforts are ongoing to contribute to the economic self-reliance and sustainable livelihoods of affected households through skills development, expansion of income-generating opportunities, financial literacy, and entrepreneurship promotion.

तनहुँ हाइड्रोपावर लिमिटेडको मासिक न्युजलेटर (नेपाली भाषामा) १६ साउन – १५ भदौ २०८३ (अगष्ट २०२६). https://thl.com.np/gatew...
17/09/2026

तनहुँ हाइड्रोपावर लिमिटेडको मासिक न्युजलेटर (नेपाली भाषामा) १६ साउन – १५ भदौ २०८३ (अगष्ट २०२६).https://thl.com.np/gateway/Media-b4cefc9a-6305-4a6f-b773-ce07ef584a08-1789554471526-1-THL%20Newsletter%2016%20Saun%20-15%20Bhadra%202083.pdf

तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित श्री...
16/09/2026

तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित श्री दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ। भवनको शिलान्यास ऋषिङ गाउँपालिकाका उपाध्यक्ष श्री गिनु माया थापा, वडा नं. १ का वडाध्यक्ष श्री कुशबहादुर आले र विद्यालयका प्रधानाध्यापक श्री टेकबहादुर थापाले संयुक्त रूपमा २०८३ भदौ ३१ बुधबार आयोजित कार्यक्रममा गर्नुभयो। शौचालय सुविधासहितको दुईतले विद्यालय भवनमा छ वटा कक्षाकोठा रहनेछन्। भवन निर्माणका लागि २०८३ असार २६ गते व्यास–२, दमौली, तनहुँस्थित बेलु निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौताको कुल रकम रु. १,२०,६८,७२३ (मूल्य अभिवृद्धि करसहित) रहेको छ। भवन निर्माण कार्य २०८४ पुस २५ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण अवधि तोकिएको छ। छ।
नयाँ विद्यालय भवन नेपाल सरकारका विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिनेछ। भवनले विद्यार्थीहरूका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यस पहलले आयोजनाको प्रभाव क्षेत्रभित्र सामाजिक पूर्वाधार सुधार तथा दिगो सामुदायिक विकासमा योगदान पुर्‍याउने आयोजनाको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। भवन निर्माण सम्पन्न भएपछि आयोजना प्रभावित समुदायका विद्यार्थीहरूका लागि थप व्यवस्थित तथा गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध हुनेछ। यसबाट अनुकूल सिकाइ वातावरण सिर्जना हुनुका साथै आसपासका समुदायको दीर्घकालीन शैक्षिक तथा सामाजिक–आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजनाको आर्थिक सहयोगमा यसअघि व्यास नगरपालिका–५, बेनीपाटनस्थित श्री पराशर माध्यमिक विद्यालय तथा भिमाद नगरपालिका–५, ऋषिङपाटनस्थित श्री दीपक माध्यमिक विद्यालयका भवन निर्माण गरिएका छन्। सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारलगायतका क्षेत्रमा हालसम्म ९८ वटा योजना सम्पन्न भएका छन् भने ९ वटा योजना निर्माणाधीन/कार्यान्वयनको क्रममा रहेका छन्।
A new school building for Shree Deepak Secondary School, located at Gairakhudi, Rishing Rural Municipality–1, is being constructed with financial support from the Tanahu Hydropower Project under its Community Development Programme (CDP). The foundation stone for the building was jointly laid by Vice-Chairperson of Rishing Rural Municipality, Mrs. Ginu Maya Thapa; Ward Chairperson of Ward No. 1, Mr. Kush Bahadur Ale; and Headmaster of the school, Mr. Tek Bahadur Thapa, at a ceremony held on Wednesday, 16 September 2026.
The two-storey school building will have six classrooms and toilet facilities. A construction contract was signed with Belu Nirman Sewa, Vyas–2, Damauli, Tanahu, on 09 July 2026 . The total contract value is NRs. 12,068,723, including VAT, with the construction scheduled for completion by 10 January 2028.
The new school building will be constructed in accordance with the applicable Government of Nepal standards, designs, and technical specifications for school buildings. The facility is expected to provide students with a safe, disaster-resilient, and quality learning environment.
The initiative reflects the Project's commitment to improving social infrastructure and supporting sustainable community development in the Project's area of influence. Upon completion, the building will provide improved and better-organized educational infrastructure for students from project-affected communities. It is expected to contribute to a conducive learning environment as well as the long-term educational and socio-economic development of the surrounding communities.
With financial support from the Project, school buildings have previously been constructed at Shree Parashar Secondary School in Benipatan, Vyas Municipality–5, and Shree Deepak Secondary School in Rishingpatan, Bhimad Municipality–5.

Under the Community Development Programme, a total of 98 projects in education, health, drinking water, infrastructure, and other sectors have been completed with financial support from the Project, while 9 projects are currently under implementation.

Monthly newsletter for the month of August 2026.https://thl.com.np/gateway/Media-13c4b1c7-f240-43e1-8dd7-b03f48c4771e-17...
15/09/2026

Monthly newsletter for the month of August 2026https://thl.com.np/gateway/Media-13c4b1c7-f240-43e1-8dd7-b03f48c4771e-1789458784926-1-THL%20Newsletter%20August%20%202026.pdf

तनहुँ हाइड्रोपावर लिमिटेडअन्तर्गत निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको साइट कार्यालय, ऋषिङ गाउ...
07/09/2026

तनहुँ हाइड्रोपावर लिमिटेडअन्तर्गत निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको साइट कार्यालय, ऋषिङ गाउँपालिका–१, झापुटार, तनहुँमा यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ। बाढीमा ज्यान गुमाउनेहरूको स्मरण, उहाँहरूप्रति सम्मान र शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता तथा साथ प्रकट गर्ने उद्देश्यले आयोजना, आयोजना सुपरिवेक्षण परामर्शदाता, वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका कर्मचारीहरूको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलनमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि गरिएको छ।
यस दुःखद् विपद्मा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
A candle-lighting ceremony was held at the site office of the 140 MW Tanahu Hydropower Project, under construction by Tanahu Hydropower Limited, at Jhaputar, Rishing Rural Municipality–1, Tanahu, in memory of those who lost their lives in the devastating flood that occurred on 26 August 2026 following the flooding of the Bhotekoshi River in Rasuwa and its subsequent flow into the Trishuli River. The ceremony was organized to remember and pay tribute to those who lost their lives and to express solidarity and support for the bereaved families. Employees and representatives from the Project, Project Supervision Consultant(PSC), Environmental and Social Management Service Provider(ESMSP), and Contractors participated in the candle-lighting ceremony. Through the candle-lighting, heartfelt prayers were offered for the eternal peace of the departed souls, the speedy recovery of those injured, and the safe and early discovery of those still missing. Our heartfelt condolences to the families who have lost their loved ones, and our deepest sympathy to everyone affected by this tragic disaster.

तनहुँ हाइड्रोपावर लिमिटेडको मासिक न्युजलेटर (नेपाली भाषामा) १७ असार– १५ साउन २०८३ (जुलाई २०२६) । https://thl.com.np/gate...
14/08/2026

तनहुँ हाइड्रोपावर लिमिटेडको मासिक न्युजलेटर (नेपाली भाषामा) १७ असार– १५ साउन २०८३ (जुलाई २०२६) ।https://thl.com.np/gateway/Media-c9f548f8-e0cd-468e-8690-72da2a207abe-1786680313563-1-THL%20Newsletter%2017%20Ashar-15%20Saun%202083.pdf

Monthly newsletter for the month of July 2026.https://thl.com.np/gateway/Media-9897a6ad-44dd-4ce6-9dc8-a9f532513aba-1786...
13/08/2026

Monthly newsletter for the month of July 2026https://thl.com.np/gateway/Media-9897a6ad-44dd-4ce6-9dc8-a9f532513aba-1786592061881-1-THLNewsletter%20July%20%202026.pdf

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत भिमाद नगरपालिका-५ स्थित फेदी खोलामा ५६.२ मिटर लामो स्टील ट्रस ब्रिज निर्माण भइरहेको छ। प...
11/08/2026

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत भिमाद नगरपालिका-५ स्थित फेदी खोलामा ५६.२ मिटर लामो स्टील ट्रस ब्रिज निर्माण भइरहेको छ। पुल निर्माणका लागि २०८२ मंसिर २४ गते ठेक्का सम्झौता भएको हो र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस पुलले भिमाद बजार, ऋषिङपाटन, जलबिरे , वाङटाङीटार, लदन, आमडाँडा र टुटुवा लगायतका बस्तीलाई सडक सञ्जालमार्फत जोड्नेछ। साथै, ऋषिङ गाउँपालिका-७ र ८ का पुरानो ऋषिङ, पाल्ट्याङलगायतका बस्तीका स्थानीयलाई समेत सहज आवागमनको सुविधा पुग्नेछ। यो पुल निर्माणसँगै भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीच सडक पहुँच र यातायात सम्पर्कमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। A 56.2-meter-long steel truss bridge is currently under construction at Phedi Khola in Bhimad Municipality-5 under the Tanahu Hydropower Project. The construction contract was signed on 10 December 2025, with a target completion period of two years.The bridge will provide improved road connectivity to Bhimad Bazaar, Rishing Patan, Jalbire, Wangtangitar, Ladan, Amdanda, and Tutuwa settlements. It will also facilitate easier access for local communities in Old Rishing and Paltyang, among other settlements in Wards 7 and 8 of Rishing Rural Municipality.Upon completion, the bridge is expected to significantly improve road access and transportation connectivity between Bhimad Municipality and Rishing Rural Municipality, contributing to better mobility and local development.

आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित श्री दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्म...
10/08/2026

आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित श्री दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको छ। नेपाल सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमुना डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिएको यस भवनले विद्यार्थीहरूका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ। नयाँ भवनले आयोजना प्रभावित समुदायका विद्यार्थीहरूका लागि थप व्यवस्थित र गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराउँदै अनुकूल सिकाइ वातावरण सिर्जना गर्नेछ। साथै, यस पहलले सामाजिक पूर्वाधारको विकास तथा आसपासका समुदायको दीर्घकालीन शैक्षिक र सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यसमार्फत तनहुँ हाइड्रोपावर लिमिटेड (THL) ले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकास तथा सामाजिक पूर्वाधार सुधारप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ।A new school building has been constructed at Shree Deepak Secondary School, Rishingpatan, Bhimad Municipality–5, under the Project’s Community Development Programme (CDP).Constructed in accordance with the Government of Nepal’s applicable standards, model designs, and technical specifications for school buildings, the facility will help provide students with a safe, disaster-resilient, and quality learning environment. The new building will provide improved and well-organized educational infrastructure for students from project-affected communities, creating a more conducive learning environment. The initiative is also expected to contribute to the long-term educational and socio-economic development of the surrounding communities.
Through this initiative, Tanahu Hydropower Limited (THL) has further strengthened its commitment to community development and improvement of social infrastructure in the project-affected areas.

Address

Kathmandu
44600

Telephone

+97714720049

Alerts

Be the first to know and let us send you an email when Tanahu Hydropower Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tanahu Hydropower Limited:

Shortcuts

Share