PMO Nepal

Call Website Contact the organization

PMO Nepal Official page of the Office of the Prime Minister and Council of Ministers - Nepal
(2)

भाइटीकाको हार्दिक मंगलमय शुभकामना !दिदीबहिनी तथा दाजुभाइबीचको स्नेह, विश्वास र आत्मीय सम्बन्धको प्रतीक भाइटीकाको पावन अव...
11/11/2026

भाइटीकाको हार्दिक मंगलमय शुभकामना !

दिदीबहिनी तथा दाजुभाइबीचको स्नेह, विश्वास र आत्मीय सम्बन्धको प्रतीक भाइटीकाको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका यमपञ्चकको अन्तिम दिन मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व हो। पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाई दीर्घायु र कल्याणको कामना गरेको प्रसङ्गसँग यस पर्वको सम्बन्ध रहेको छ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली माला लगाई सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछन्।

म्हःपूजाको हार्दिक मंगलमय शुभकामना 🙏नेपालको मौलिक सांस्कृतिक परम्परा तथा आध्यात्मिक मान्यतासँग जोडिएको म्हःपूजाको पावन अ...
10/11/2026

म्हःपूजाको हार्दिक मंगलमय शुभकामना 🙏

नेपालको मौलिक सांस्कृतिक परम्परा तथा आध्यात्मिक मान्यतासँग जोडिएको म्हःपूजाको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना।

नेपाल संवत् ११४७ नयाँ वर्षको सबैमा हार्दिक मंगलमय शुभकामना 🙏
10/11/2026

नेपाल संवत् ११४७ नयाँ वर्षको सबैमा हार्दिक मंगलमय शुभकामना 🙏

गोवर्धन पूजाको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना। 🙏
10/11/2026

गोवर्धन पूजाको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना। 🙏

गाई तिहारको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना।
09/11/2026

गाई तिहारको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना।

अँध्यारोलाई उज्यालोले, अभावलाई समृद्धिले र निराशालाई आशाले जितोस्। हरेक घरमा खुसीका दीप बलिरहून्। धनकी देवी माता लक्ष्मी...
08/11/2026

अँध्यारोलाई उज्यालोले, अभावलाई समृद्धिले र निराशालाई आशाले जितोस्। हरेक घरमा खुसीका दीप बलिरहून्।

धनकी देवी माता लक्ष्मीको कृपा सबैमा बनी रहोस्। लक्ष्मीपूजाको हार्दिक शुभकामना।

कुकुर तिहारको हार्दिक मंगलमय सुभकामना।
08/11/2026

कुकुर तिहारको हार्दिक मंगलमय सुभकामना।

नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश...
07/11/2026

नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित सरकारले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ।

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत आजदेखि काठमाडौंको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा तीनदिने मेला सुरु भएको छ। रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षणका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा मेला आयोजना गरिएको हो।

मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवं स्थानीय उत्पादकले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि स्टल राख्नुभएको छ।

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली, कृषि उपजलगायत स्वदेशी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ।

स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजारीकरणका माध्यमबाट कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउने सरकारको लक्ष्य छ।

साथै, आगामी दिनमा पनि साताको दुई दिन सार्वजनिक बिदाको समय उपयोग गर्दै सप्ताहान्तमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ। सरकारले यही अभ्यास र मोडेललाई देशका ७७ वटै जिल्लामा विस्तार गर्दै अघि बढाउने योजना बनाएको छ।

तिहारको पहिलो दिन काग तिहारको हार्दिक मंगलमय सुभकामना।
07/11/2026

तिहारको पहिलो दिन काग तिहारको हार्दिक मंगलमय सुभकामना।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट दशैँयता भएका मह...
06/11/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट दशैँयता भएका महत्त्वपूर्ण कार्यसम्पादनको हाइलाइट्स:

– सम्माननीय प्रधानमन्त्रीज्यूले तीन वटै सुरक्षा निकायका प्रमुखबाट हिजो बिहीबार मुलुकको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनुहुँदै समन्वय, सूचना आदानप्रदान र अपराध नियन्त्रण प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
– सम्माननीयज्यूसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभयो। भेटमा भारतीय विदेशसचिव मिस्रीले सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराउनुभएको थियो।
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमको प्रगति समीक्षा गर्न प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आयोजना गरिएको छ। यसैगरी गत बुधबार मुख्य सचिवज्यूको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बसेको सचिव बैठकले बेरुजु फर्छ्यौट, बजार अनुगमन, स्वदेशी उत्पादनको प्रवर्द्धन, सरकारी निर्णय प्रक्रिया सरलीकरण र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएको छ।
– लगानी बोर्डको कार्यालय अन्तर्गतका प्रमुख आयोजनामध्ये अरुण–३ को भौतिक प्रगति ७७ प्रतिशतभन्दा बढी पुगेको छ। माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन प्रक्रिया अघि बढेको छ भने नार खोला, सानी भेरी–३ र बेतन कर्णालीको लगानी स्वीकृत गरिएको छ। यसैगरी, लगानी बोर्डले एकल विन्दु सेवा केन्द्र र गुनासो सुनुवाइ डेस्क सञ्चालनमा ल्याएको छ। स्विस च्यालेन्ज निर्देशिकाको मस्यौदासमेत तयार गरिएको छ।
– नयाँ विद्युतीय खरिद प्रणालीको दोस्रो संस्करण कात्तिक १७ देखि सञ्चालनमा ल्याइएको छ। साइबर सुरक्षा र डिजिटल शासनलाई जोड दिँदै PHP तथा Node.js का सुरक्षा कमजोरीबारे एड्भाइजरी जारी गरिएको छ। सरकारी वेबसाइटमा SSL/TLS प्रमाणपत्र अनिवार्य गर्न पत्राचार गरिएको छ। व्यक्तिगत डाटा संरक्षण नीति र स्टार्टअप नेपाल पोर्टलसम्बन्धी कार्य समेत अघि बढाइएको छ।
– प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले यस अवधिमा १६ सार्वजनिक निकायको अनुगमन गरी २८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयमा प्राप्त अनियमितता तथा भ्रष्टाचारसम्बन्धी २१ उजुरी सम्बन्धित निकायमा पठाइएको छ।
– प्रधानमन्त्री कार्यालयबाट मानव अधिकारसम्बन्धी अनुगमन र राष्ट्रिय कार्ययोजना कार्यान्वयनबारे अभिमुखीकरण गरिएको छ।
– संघ, प्रदेश र स्थानीय तहका निकायबाट तथ्याङ्कीय क्रियाकलापलाई व्यवस्थित गरी उत्पादित तथ्याङ्कलाई गुणस्तरीय, विश्वसनीय र तुलनायोग्य बनाउने उद्देश्यका लागि राष्ट्रिय तथ्याङ्क सुशासन ढाँचा र गुणस्तरसम्बन्धी फ्रेमवर्क तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ। यसैगरी, बालश्रममुक्त स्थानीय तह घोषणाका लागि आवश्यक तथ्याङ्कीय मापदण्ड तथा कार्यविधिबारे कार्यशाला सम्पन्न भएको छ।
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न खातामा अहिलेसम्म १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ जम्मा भएको छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714231610

Alerts

Be the first to know and let us send you an email when PMO Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PMO Nepal:

Shortcuts

Share