SPM - Student Power Movement Nepal

SPM - Student Power Movement Nepal SPM - Student Power Movement Nepal

प्रतिज्ञा तब सुरु हुन्छ जब आशाहरु मरिसकेका हुन्छन् । युवा भनेको देशको पिरामिड हो र समाजको मेरुदण्ड, वर्तमानको भुइचालो र भविष्यको हकदार, युवाहरु देशका लागि समस्या होईनन समाधान हुन् । युवाहरु समस्यासँग डराउदैनन बरु समस्याहरु नै युवासँग डराउछन् । युवा अवस्था सधै आवेशमय हुन्छ – युवाहरु क्रोधबाट आगो–आगो र करुणाबाट पानी–पानी हुन्छन । युवाहरुले आजको यो जर्जर युगलाई स्वर्णकालमा बदलिदिन्छन् । युवाहरु उत्तम विचारका सर्वोत्तम मानिसहरु हुन् । युवाहरु सामाजिक न्यायका न्यायधिशहरु हुन् र लोकतन्त्रका रक्षकहरु, त्यसैले त युवाहरु देश भक्तहरुका पनि देशभक्तहरु हुन् ।

युवा पुस्ता अदितिय, अतुलनिय र अनुपम शक्तिशाली हुन्छ । जीवन र जगत, ब्यक्ति र समाजलाई युवाहरुले आफ्नो इच्छा अनुसार हल्लाई दिन सक्छन् । विश्वमा जति पनि उपभोग्य वस्तु र सेवाहरु वनेका छन्, ती सवै युवाका मस्तिष्क र हातहरुले बनाएका हुन् तर नेपालमा युवा पुस्तालाई ती उपभोग्य वस्तु र सेवाको पहँुचबाट असहज गरिएको छ । युवा पुस्ताको अन्तिम लक्ष्य जीवनमा सत्यम्, शिवम्, सुन्दरम्को खोजी र प्राप्त गर्नु नै हो । युवाहरुले जीवनमा दिमाग प्रयोग गरेर जति पनि धन, शान र मान कमाउन सक्छन् यसलाई Brain Industry भनिन्छ । तिम्रो दिमाग नै एउटा विशाल Industry हो भने किन अरु Industry खोज्दै भौतारिन्छौं । ईमान्दार, जेहन्दार, बफादार, समझदार, जमिनदार, दावेदार, पहरेदार भनेकै युवा हो । नेपाल मातृभुमिलाई तपोभूमि बनाएपछि कर्मभूमि बनाएर क्रिडाभूमिमा परिणत गरी युद्धभूमि हुनबाट रोकेर उर्वरभूमि बनाउनु नै पितृभूमिलाई पुण्यभूमिमा रुपान्तरण गर्नु हामी युवाको उत्तरदायित्व र भूमिका हुनेछ ।

युवा अवस्थाको वर्णन गर्न सुहाउने अक्षर र अंकहरु आजसम्म बनेकै छैनन् भने शब्द र वाक्यहरु बन्ने त कुरै भएन । परम् दिव्य चेतनाको धनी युवा अवस्था आफैमा ब्रम्ह्र्षी, देवर्षी, महर्षी, राजर्षीको साक्षत स्वरुप भन्दा धेरै उच्च कोटिको हुन्छ । त्यसैले युवाहरु एक भएर अगाडी बढेभने उनीहरुले जति गरेपनि एउटा कुरा कहिल्यै प्राप्त गर्न सक्तैनन्, त्यो हो असफलता । भोल्तेयर भन्छन्– ‘यदि असफलताको माया लाग्छ भने क्रान्तिको त कुरै छाडौं विद्रोहको पनि शुरवात नगर । ’ युवाहरु social system मा Input, Process, Output, Outcome र Impact मध्ये Process हुन् ।

24/09/2026

अटिजम

अटिजम भन्नाले Autism Spectrum Disorder (ASD) लक्षण भएका मानिसहरुलाइ जनाउदछ । विश्वभरीमा ६ करोड २० लाख मानिसहरु अटिजमको शिकार भएका छन ।

संसारममा सबै भन्दा बढि अटिजम जापान कोरीया जस्ता देशहरुमा छ । यो WHO र Global Burden of Disease (GBD) 2021/IHME मा आधारीत रीपोट हो । अष्ट्रेलिया अमेरिकामा पनि अटिजमको दर अति धेरै छ ।

नेपालमा भने कति जनामा अटिजम छ भन्ने विषय बाहिर ल्याइएको छैन । यहा अटिजमलाइ सामाजिक प्रतिष्ठाको विषय मानिन्छ । नेपालमा अटिजम सहित अपाङ्गताहरु भएका जनसंख्या ७ लाख छ ।

विश्वमा अमेरिका र अष्ट्रेलियाले अटिजमलाइ गम्भिर विषयको रुपमा लिएका छन ।

यसै सन्दर्भमा अमेरिकामा बाल बालिकाहरुले १२ वर्षको उमेरमा ६० वटा भ्याक्सिनहरु हान्नु पर्दथ्यो । अमेरीकी ट्रम सरकारले यो नियमलाइ पुरै पुनरावलोकन गरी दिएका छ ।

पहिला अमेरिकामा १ लाखमा १ जनामा अटिजाम थियो । आज ३६ जनामा १ जना जस्तो स्थिती छ । यो सबै MRNA भ्याक्सिनका कारण भएको हो भन्ने प्रमाणित भयो ।
अष्टेलियमा पनि १०० जनामा ५ जनामा अटिजम भएको मानिन्छ ।

कसरी यस भयाबह प्रकोपबाट बच्न सकिन्छ ?

विश्वमा जनसंख्या नियन्त्रण गर्न अनेकौ प्रकारका गर्भ निरोधक औषधीहरु बनेका छन । एउटा महिलाको शरिरमा एउटा गर्भ निरोधक ओषधी फिट भएन भने उसलाइ अरु ३ प्रकारका विकल्पका औषधीहरु प्रयोग गर्न दिइन्छ ।

जस्तो एउटा औषधी प्रयोग गर्दा मासिक श्रापको बेलामा बढि रगत बग्यो भने अर्को औषधी प्रयोग गर्न दिइन्छ वा महिलाहरुको शरिरलाइ प्रयोगशाला बनाइएको हुन्छ ।

अटिजम भएको सन्तान जन्मनबाट कसरी बच्न सकिन्छ ।

१. माथि भनिए जस्तै हामीले बच्चालाइ अनेको प्रकारका भ्याक्सिनहरु दिनु हुदैन । किनभने विश्वमा सबै भन्दा बढि औषधीको अनुसन्धान गर्ने देश अमेरिकाले नै भ्याक्सिनहरु माथि प्रतिबन्ध लगाएको छ ।

२. महिलाहरुले अस्थाइ परीवार नियोजनका साधानहरु प्रयोग गर्दा गर्भ रहन्दैन । तर कमसल ओषधीका कारण अनिच्छुक गर्भ रहन सक्दछ । शरिरमा औषधी र भु्रण विच द्धान्द भएमा यस्तै मानसिक वा अन्य अपाङ्गता भएका बच्चाहरु जन्मन सक्दछन । त्यसैले शरिरमा कुनै पनि गर्भ निरोधक औषधी नखाएको ६ महिना पछि मात्र गर्भ रहेमा बच्चा पुर्ण रुपमा प्राकृतीक रुपमा जन्मन्छ ।

३. अटिजम भएको सन्तानहरु जन्माउनबाट बच्न आमाको प्रकृतीक शरिरको आवश्यकता पर्दछ ।

धन्यवाद ।

21/09/2026

भोटेकोशि बाढी प्रभावित क्षेत्रका पिडीतहरु र गुण्डाहरु : एक संक्षिप्त प्रतिवेदन ।

यो अवलोकन प्रतिवेदन उत्तरगया गाउपालिकामा सिमित छ । यो पालिका बाढिबाट सबै भन्दा बढि प्रभावित पालिका हो ।

पालिका प्रमुख माधव अर्यालले बाढि आएको शुरुमा पालिकामा राहत नपुगेको विषयहरु उठाउनु भएको थियो ।

१. बाढि पिडीत क्षेत्रको अवलोकनका लागि मिती २०८३ साल असोज ३ गते हामी सवारी साधनबाट काठमाण्डौ छहरे चौघडा बाहुनबेशि नर्जामण्डल चोकदे लच्र्याङ्ग शरमथलि नौकुण्ड पाटी खर्क चिलाउने गाउ घिचेल पुङ्ग खोला पच्र्याङ्ग भोर्ले अम्बास बेत्रावति सम्म पुगेका थियौ र सोहि रुट फर्किएका थियौ । बाटो ज्यादै सागुरो हिलो विकट भएपनि गाडी राम्रो भएकोले खासै समस्या आएन । सवारी साधन हल्लिएर यात्रामा जानेहरुले एकै पटक जिम गएको योग गरेको मसाज गरेको आदी अनुभव पाए ।

२. बाढी पिडीतहरुलाइ विभिन्न सर्बजनिक स्थानका होल्डीङ्ग सेन्टरहरुमा राखिएको छ । शुरुमा एउटा होल्डीङ्ग सेन्टरहरुमा १०० जना सम्मको परीवार भए पनि आज १५/ १६ जनाको परीवार मात्र छ । हिजो सबै जोड्दा एउटा सेन्टरमा लगभग ३०० जना बसेका थिए तर आज ५० जना जति मात्र छन ।

३. अधिकासं पिडीतहरु आवश्यक राहत नपाए पछि काठमाण्डौ, बट्टार बजार वा आफन्तहरुकोमा गइ सकेका छन । कतिपय आफन्तको काजक्रिया गर्न पनि बाहिर गएका छन ।

४. यो क्षेत्रमा बिस २०७३ सालको भुकम्पमा पिडीत भएकाहरु यसपालि बाढीबाट पनि पिडीत भएका रहेछन ।

५. प्राय सेन्टरहरु सबैमा शेखि एड वा पञ्जावी समुहले दिनमा ४ पटक सम्म खाना खुवाउने रहेछ । उनिहरुको खानासंग पिडीतहरु सन्तुष्ट पनि छन । अरु संस्थाका राहतहरु थन्किएका छन ।

६. पिडीत मानिसहरुले आवश्यक राहत पाएका छैनन् । राहत सिमित गुण्डाहरुको कन्टोलमा छ । उनिहरुले वडा अध्यक्ष पालिका प्रमुखलाइ समेत आउन नदिएर राहत आफुले स्टोर गरेर राखेका छन । पिडीतहरुका अनुसार राहतहरु उनिहरु बाढदैनन् ।

७. विगतका प्रकोपहरुमा पनि विश्व खाद्यय संगठन, विश्व स्वास्थ्य संगठन जस्ता ठग कम्पनि संस्थाहरुले कुहिएको चामल औषधी बाडेको सबैलाइ थहा छ । यसपालि पनि यस्ता कुहिएका चामल र औषधी लगेको शंका गर्न सकिन्छ ।

८. राहत उडानमा उडेका हेलिकप्टरहरुले दिनमा २ चोटी उडान गरे पनि ८ पटक उडेको भनेर ८ पटकको भाडा खाइ रहेको राहतकार्यमा लागेकाहरुको भनाइ थियो ।

९. सेन्टरमा मानिसहरु नभए पछि कतिपय राम्रा सामानहरुका कार्टुनहरु गुण्डाहरुले विक्रिका लागि काठमाण्डौ तिर नै बेच्नका लागि फर्कादछन भन्ने स्थानीयहरुले बताए ।

१०. गुण्डाहरु आउदो चुनावमा स्थानीय निर्वाचन जित्न राहत माथि राजनीति गरेका छन । यी गुण्डाहरु कंगे्रसका समर्थकहरु हुन ।

११. धेरैमा छोराछोरीहरु काठमाण्डौमा पढ्न बसेका र आमा बाबुहरुलाइ बाढीले बेपत्ता बनाएको पनि अवस्था रहेछ । बाढी पिडीत विद्यार्थीहरु पनि विद्यालय गएका छैनन् ।

१२. प्राय चामलहरु र दालहरु विग्रीएको अबस्थामा नै पुराइएको छ । यस्ता चामल दालबाट विलहरु चाहि सम्बन्धित संस्थाहरुबाट फस्यौट गर्नेछन ।

१३. गुण्डाहरुले प्याकमा भएका र मुल्यमान बस्तुहरु मात्र लिन्छन । जस्तो २५० वटा झुलहरु, बच्चाहरुका लागि कपिहरु उनिहरुले लिदैनन् । किनभने यी बस्तुको बजारभाऊ कमी छ ।

१४. सामानहरुको समान रुपमा बाडफाड गर्नुपर्छ भन्ने समुहलाइ गुण्डाहरुले धम्काउने र सामान फिर्ता लैजानु भन्ने रहेछन ।

१५. त्रिशुली बगर सुनसान छ । श्रम संस्कृती नामको टिसर्टहरु लगाएका युवाहरु भने पङ्ग खोलको विजुली हाउसको घरमा देखिन्थे । उनिहरु टिमुरे तिर पनि छन भन्ने सुनियो ।

१६. अब राहातका सामानहरुको आपुर्ती रोक्नु पर्छ । भएका सामानहरु पिडीतहरुलाइ तत्काल बाडी दिनुपर्छ । नत्र ति सामानहरु कुहिने जति कुहिने छन र राम्रा मालदार सामानहरु गुण्डाहरुले बेचेर सक्ने छन ।

१७. भुतपुर्व सेना वा पुलिसका मान्छेहरु र पाटीका नेताका डनहरु नै गुण्डाहरु हुन । यीनिहरु माथि आवश्यक छानविन गर्नुपर्छ ।

१८. विगतमा सरकारले १ जना मर्दा उसलाइ शहिद घोषणा गर्ने र उसका परीवारका एक जनालाइ राजगारी दिए जस्तै बाढी पिडीत सबैलाइ शहिद घोषणा र एक जनालाइ रोजगार दिनु पर्ने स्थानीय पिडीतहरुको माग छ ।

१९. अबका दिनमा रसुवामा राहत समानहरु लैजानु कि कुहाउनु कि गुण्डाहरुको अम्दादामी बढाउनु मात्र हो । ७५ प्रतिशत बाढि पिडीतहरु अन्तै गइ सके । बाँकि बचेकाहरु आवासको पर्खाइमा छन ।

२०. संघीय सरकारले पिडीत पालिकाहरुलाइ तत्काल रहत स्वरुप रु.२ करोड दिएको रहेछ । त्यो २ करोड १०० टिपर माटो बोकेर सडक मर्मत गरीयो भनेर रकम सक्ने योजनाहरु बन्द गर्नुपर्छ ।

२१. काठमाण्डौ छहरे चोकते नर्जा देखि नौकुण्ठ हुदै बेत्रावति सम्म पुग्ने बाटोको तत्काल मर्मत गर्नुपर्छ । ताकी धेरै जना सर्बसाधारणहरु बाढी प्रभावित क्षेत्रको सजिलै भ्रमण गर्न सकुन । आज पनि धेरै मानिसहरु बेत्रावति देखि हिडेर चोकते सम्म आएर काठमाण्डोका लागि गाडी चढने रहेछन ।

२२. कुनै पनि प्रकारका दैवि प्रकोपहरुबाट जोसुकै जुनसुकै समायमा प्रभावित बन्न सक्छ । यस्तो अवस्थामा पनि जनप्रतिनिधिहरु, सरकारी कर्मचारीहरुलाइ काम गर्न नदिएर गुण्डाहरुबाट राहत सामानहरु जम्मा गर्नु र पिडीतले राहत नपाएर आफन्त खोज्दै थात्थलो छाड्नु कतिको मर्मभेदी कुरा हो ।

२३. उत्तरगयाको लहरेपौवा यस्तो स्थान हो, जहा गगन थापाले विगतमा बाख्रा फार्म खोलेका थिए । यसै फार्मबाट उनि मटन काजी थापाका नामबाट विश्व प्रशिद्ध भए ।

२४. तपाइहरु पनि एक पटक बाढी प्रभावित क्षेत्रको अवलोकन र सुधारका सम्भावनाहरुको अध्यान गर्न जानुहोस । अब राहत लानु आवश्यक छैन । लगे पनि पिडीतहरु छैनन् । थोरै भएका पिडीतहरुले पनि पाउदैनन् ।

२५. वास्ताविक बाडी पिडीतहरुलाइ काठमाण्डौमा ल्याएर पनि कसोबास गराउन सकिन्छ । काठमाण्डौ उपत्याकामा भएका १६ लाख घरहरु मध्ये अन्तराष्ट्रिय मापदण्ड बनाएर छानविन गर्ने हो भने ७ लाख घरहरुको बैधानिक श्रोत खुल्ने छैन । नेपालीहरु विदेश गएर घर बनाउदछन र घरको किस्ता तिर्दा तिर्दा उतै मर्छन तर नेपालमा भ्रष्टाचार गरेर जति पनि घर बनाइन्छ ।

२६.जनधनको क्षति भएका कारण सर्वसाधारणहरु ट्रमा वा आधातको गहिरो अवस्थामा छन । उनिहरुलाइ भविष्य प्रतिको आशाहरु देखाउनु पर्दछ । हाम्रो पाटीले मात्र तिमीहरुलाइ सहयोग गर्छ भनेर पिडीतहरुको सेन्टिमेन्ट माथि खेलबाड गर्नु हुदैन ।

२७. यो प्रकोपलाइ हेरेर भविष्यमा के गर्नु पर्छ र के गर्नु हुदैन भन्ने शिक्षा सर्बसाधारण वा सरकारले लिन सक्दछ । तर भविष्यमा कस्तो प्रकोप आउने छ भन्ने कुरा चाहि कसैले पनि जान्दैन ।

धन्यवाद ।

18/09/2026

तपाइ कोहिसंग डराउनु पर्दैन ।

१.अमेरिकाले सोचेको थियो, इरानका सर्वोच्च नेता अयातुल्लाह खोमिनीलाइ मारे पछि इरान स्वतह अमेरीकाको शरणमा आउने छ । तर इरान डराएन बरु अमेरिकासंग नडराएरै अगाडी बढ्यो । यसबाट के शिक्षा लिनुपर्छ भने कसैसंग पनि डराउनु हुदैन ।

२. नेपालमा भने हामीहरु शासकहरु सिंह नै हुन भनेर डराउछौ । तर आज सम्म नेपालमा सिहको त कुरै छाडौ विराला पनि होइनन् मुसाहरुले शासन गरी रहेका छन । मुसाहरुसंग किन डराउछौ ।

३. तिमी नडराउ दिनसंग रातसंग भाग्यसंग भविष्यसंग शत्रुसंग पैसासंग शिक्षासंग कुनै भाषासंग कुनै नपाएको कुराहरुसंग ।

४. जिन्दगीको सत्यता भनेको मान्छेले चाहेको कुरा टाढा टाढा हुदै जान्छन तर नचाहेको कुरा नजिक नजिक हुदै आउदछन । जस्तो मान्छेले जिवन चाहान्छ तर त्यो टाढा हुदै जान्छ , मान्छेले मृत्यु चाहान्दैन तर त्यो नजिक हुदै आउदछ ।

५. तपाइलाइ दुख दिने कुत्ताहरु धेरै हुन्छन । तपाइले ति कुत्ताहरुलाइ म एक दिन अवश्य बदला लिन्छु भनेर योजना बनाउनु पर्छ । ति कुत्ताहरु जो कोहि हुन । भगवान नै भए पनि अन्यायका विरुद्धमा उसको विरोध गर्नुपर्छ ।

६. नागरिकहरुलाइ सम्बृद्ध बनाउन नागरिकहरु कै भोटबाट सत्तामा गएका चोर नेताहरु यति घमण्डी र अहंकारी बन्दैनन् । नेताहरु भएर सत्तामा गए पनि चोर र डाका जस्तो देश लुटुन मात्र जानेका छन । नेपालका नेताको काम जनतालाइ धनि बनाउनु भन्दा पनि जनतालाइ कंगाल र देशलाइ दरिद्र राष्ट्र बनाउनु रहेको छ ।

७. नेपालमा नेता कर्मचारी शिक्षक वकिल प्रोफेसर समाजशास्त्री अर्थशास्त्री नर्स डक्टर आदी कसैलाइ पनि सम्मान गर्नु हुदैन । किनभने यीनिहरु सम्मान गर्न लायकका छैनन् । यीनिहरुले तिमीलाइ आफ्नो स्वार्थका लागि मात्र प्रयोग गर्दछन ।

८. हामीले सम्मान गर्ने भनेको बा आमा र हजुरबा हजुर आमालाइ मात्र हो । अरुले त तिम्रो औकात हेरेर व्याबहार गर्दछन । तिमी धनि भए सबै तिमीसंग लुटुपुटु । तिमी गरीब भए तिम्रै सम्धिले पनि तिमीलाइ चिन्दैन ।

९. तिमी कसैलाइ पनि नमस्कार नगर । किनभने नमस्कार गर्दा उसले तिमीलाइ हेप्दछ । तिमी सबैलाइ चुनौती दिएर गफ गर । तिमी अरुका अगाडी नरम र सानो भइ दिएकाले तिम्रा सबै कामहरु बिग्रीएका हुन ।

१०. तिमीलाइ विश्वको धनि मान्छे बन्न कसले रोकेको हो, तिमीलाइ विश्वको शक्तिशाली बन्न कसले रोकेको हो । यसको एउटै उत्तर छ तिम्रो नामर्दपनले तिमीलाइ सबै उन्नती गर्नबाट रोकेको हो । जिवनमा अरुलाइ सम्मान गर्न छाड र कसैसंग नडराउ त्यसपछि तिमी विश्व कै खतरा मानिस बन्छौ ।

धन्यवाद ।

17/09/2026

Agentic AI ले मानव जातिको अन्त्य गर्न सक्छ ।

धेरै जना मानिसहरुले एआइले विश्वबाट मानवजातीको विनास गर्नेछ र एआइले मात्र संसारको राज गर्नेछ भन्ने विषयमा कुराकानीहरु गर्दछन ।

विश्वमा मानव जातिको चहलपहल देखिएको वा मानवजाती विज्ञानसंग जोडीएको २०० वर्ष मात्र हुदैछ ।

यो २०० वर्षको अवधिमा मानव समाजमा पनि केहि विकृती वा सुधारहरु पनि आए । जस्तो

१. महिलाहरुले आफु खुशि बच्चा जन्माउन थाले, आजका दिनमा महिलाहरु बच्चा नजन्माउने तर्फ केन्द्रीत छन ।

२. विवाहित महिलाहरुले पनि बैबाहिक बलत्कारमा श्रीमानलाइ मुद्धा दिन सक्दछिन ।

३. डिभोर्सको दर अत्याधिक बढेर गएको छ ।

४. बाल अधिकारका कारण बच्चा जन्माए पनि बच्चाकै कारण आमा दण्डित हुन सक्दछिन ।

५. लिभिङ्ग टुगेदरको मात्र बढेर गएको छ ।

६. पाठेघर नभए पनि क्रितिम रुपमा बच्चाहरु जन्माउन सकिन्छ ।

७. महिला वा पुरुषहरुका लागि सेक्स डमिहरु प्रसस्त पाइन्छन ।

८. समाजमा एक सदसिय परीवारको संख्या बढदो छ ।

यी विविध कारणहरुले गर्दा एआइका कारण विश्वबाट मानवजाति समाप्त भए पनि कसैले दुख गुनासो नगर्दा हुन्छ ।

हालै अमेरिकाको Hugging Face लगायत अरु कम्पनिमा एआइ आफैले मानव निर्देशन भन्दा बाहिर गएर काम गरेको विषय अमेरीकाका एआइ उत्पादक ४ कम्पनिहरु OpenAI — ChatGPT, Anthropic — Claude , Google DeepMind — Gemini , Meta — Llama ले जनाएका छन ।

यसरी अमेरिकाका कम्पनिमा एआइले आफुले समाधान गर्न नसकेको समस्या उसले आफु भन्दा तगडा अर्को एआइ बनाएर समाधान गरी दियो । यसबाट एआइले मानिसको निर्देशन भन्दा पनि अगाडी गएर काम गर्न थाल्यो भन्ने प्रमाणित भयो ।

परीक्षणका क्रममा रहेका एआई एजेन्टहरूले सुरक्षा घेरा (Sandbox) तोडेर आफ्नै किसिमले रणनीति बनाएको यस घटनाले प्रविधि जगतमा ठूलै हलचल ल्याएको थियो।

हामीले जान्नु पर्ने २ प्रकारका एआइ मोडलहरु छन । यी मध्ये Agentic AI ले मात्र मानिसको नियन्त्रण भन्दा बाहिर गएर काम गर्न थालेको छ ।

यी २ मोडलका फरकहरु यस प्रकार छन :

१. मुख्य उदेश्य :
Chatbot AI : प्रश्नको उत्तर दिनु
Agentic AI : लक्ष्य प्राप्त गर्न काम गर्नु

२. काम गर्ने शैली :
Chatbot AI : User ले सोधेको कुरामा प्रतिक्रिया दिन्छ
Agentic AI : लक्ष्य बुझेर आफैं कार्ययोजना बनाउन सक्छ

३. स्वायत्तता :
Chatbot AI : कम
Agentic AI : धेरै

४. Planning :
Chatbot AI : सामान्यतया आफैं लामो योजना बनाउँदैन
Agentic AI : कामलाई चरण–चरणमा विभाजन गरेर योजना बनाउन सक्छ

५. Function कार्य :
Chatbot AI : प्रायः कुराकानी र जानकारी प्रदान गर्छ
Agentic AI : वेबसाइट, software, database आदि प्रयोग गरेर वास्तविक काम गर्न सक्छ

६. Decision-making :
Chatbot AI : उत्तर निर्माणमा केन्द्रित
Agentic AI : विभिन्न विकल्पमध्ये उपयुक्त विकल्प छान्दै अघि बढ्न सक्छ

7. Memory/Context :
Chatbot AI : प्रायः वर्तमान कुराकानीमा केन्द्रित
Agentic AI : दीर्घकालीन लक्ष्य, अवस्था र अघिल्ला कार्यहरूलाई प्रयोग गर्न सक्ने डिजाइन हुन सक्छ

8. Feedback बाट सुधार :
Chatbot AI : User को अर्को प्रश्न पर्खन्छ
Agentic AI : कार्यको परिणाम हेरेर अर्को कदम परिवर्तन गर्न सक्छ

9. कार्यको अवधि "
Chatbot AI : छोटो प्रश्न–उत्तर
Agentic AI : धेरै चरण भएको लामो workflow पूरा गर्न सक्छ

10. उदाहरण :
Chatbot AI : “नेपालको GDP के हो?” → उत्तर दिन्छ
Agentic AI : नेपालको विकाससम्बन्धी अनुसन्धान तयार गर” → स्रोत खोज्ने, तथ्य संकलन गर्ने, विश्लेषण गर्ने र रिपोर्ट तयार गर्ने जस्ता चरणहरू सञ्चालन गर्न सक्छ

धन्यवाद ।

15/09/2026

आम माफि : Mass Amnesty

१. सबै नेपालीहरुको जिवनमा दुखपुर्ण भुतकाल Painful Past, संघर्षमय वर्तमान काल Struggled Present र अन्धकारमय भविष्य Darkness Future पाइन्छ ।

२. सबै मानिसहरुले जिवनमा कुनै न कुनै ससाना गल्ति र अपराधहरु गरीरहेका हुन्छन । जस्तो केपी ओलिले बिस २०२८ सालमा झापामा जमिनदारको टाउको काटे, बिस २०८२ मा २१ जना कलेजका केटाकेटी माथि गोली चलाए । बालेनले सिंहदरबार जलाइ दिन्छु भने आदी ।

३. शुशिला कार्कीको आयोगले ओलि अपराधि देखाउदछ भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले रवि बालेन सुदनलाइ दोषि देखाउदछ ।

४. नेपालमा सरकारले जनतालाइ सधै अपराधिको व्यवहार मात्र गर्दछ । जस्तो

क. धादिङ्गमा एक जना महिलाको घर अगाडी कुकुरले सालक मारेर ल्याएछ । उनले त्यो सालकको छाला सुकाइछिन । उनलाइ सालका मारेको भनेर १५ वर्षको जेल हालियो ।

ख. चिनेको दिदी भनेर उनले एक जनाबाट रु. २० हजार सापट लगेकी एक महिलालाइ ति दिदीले रु. २० लाखको चेक काट्न लगाइछिन र अहिले बैंकिङ्ग कसुरमा मुद्धा चलाइ रहेकी छिन ।
ग. एउटाले अर्काको नामबाट शहरका महिलाहरुलाइ चिठी पठाएछ र ति महिलाहरुले नाम भएको मान्छेलाइ उजुरी गरेका थिए ।

घ. नेताको आदेशमा पुलिसहरुले सर्ब साधारणहरुलाइ अनेकौ अपराधमा फसाइ दिएका हुन्छन ।

ङ. सबै मन्त्रीहरु पनि कुनै न कुनै अपराधमा सहभागि भएका हुन्छन ।
छ. नेपालमा अपराधिहरुले अरुलाइ बलिको बोको बनाउने चलन धेरै छ ।

ज. एक जना प्राध्यापकले रु. २ करोड ठगि गरेको आरोपमा ३ वर्ष जेल बसेर जेलबाटै सबै पैसा नतिर्ने गरी निस्किए ।

५. विदेशमा भने सानातिना अपराधहरुलाइ अपराध नै मान्निदैन । को दोषि हो र को निर्दाेष हो भन्ने विषय बारम्बारको तथ्य जाच गरेर फैसला गरीन्छ । विगतमा माओवादीलाइ यातना दिएको भनेर बेलायतमा परेको मुद्धामा सेनाको मान्छे निर्दाेष बनेका थिए ।

६. आइसलैण्डमा सन २०२५ मा ४ वटा मात्र सामान्य झगडा भएका थिए ।

७. नेपालमा कसैले पनि झगडा नगर्ने हो भने गृह मन्त्रालयको बार्षिक रु. २ खर्ब बजेट बचत हुन्छ । नेपाललाइ झगडा नहुने पुलिस विनाको देश बनाउनु पर्छ ।

८. मान्छेले गरेका अन्जान वा सानातिना गल्तिहरुलाइ २ पटक सम्म क्षमा दिनुपर्छ । नेपालमा साना गल्तिहरुलाइ पनि जेल हाल्ने, फौजदारी मुद्धामा फसाइ दिने, कालो सुचिमा राख्ने आदी गरीन्छ ।

९. नेपालका जेल र हिरासतमा हाल ३२ हजार कैदी बन्दिहरु छन । उनिहरु मध्ये जधन्य अपराध गरेर सजायको भागिदार नै बन्नु पर्ने १० हजार जना मात्र हुन सक्दछन ।

१०. त्यसैले नेपालका सबै बन्दि कैदिहरुलाइ एक पटक पुर्न छानविन गरेर सामान्य जानी वा नजानी गल्ति गर्नेहरुलाइ आम माफि दिनु पर्छ ।

११. मान्छेले गल्ति गर्छ भनेर नै पेन्सिलमा इरेजर राखेको हो भन्ने भुल्नु हुदैन ।

१२. आज तिमी सत्तामा भएका बेला शक्तिको मात लागेर अरुलाइ दवाउन खोज्दछौ , भोलि उहि शासनमा आएर उसले तिमीलाइ पनि दवाउने छ ।

१३. मानिसहरुले बाध्यता भए पछि मात्र अपराध गर्दछ । त्यसैले सरकारले जनताको जिवनको सर्वोपरी हितलाइ सधै ध्यान दिनुपर्छ ।

धन्यवाद ।

14/09/2026

चारवाक दर्शन :

देवताका गुरु बृहस्पतिले चारवाक दर्शन बनाएका हुन । उनले यो देवताको विरुद्धमा दर्शन बनाएका हुनाले उनलाइ सबैले गुरु मान्न छाडे । त्यसैले उनलाइ एक्लो बृहस्पति झुटो हुन्छ भनिएको हो ।

चारवाक दर्शन आफैमा विलासि जिवन शैलिको सुचक हो । हामी सबैले देवता भाग्य स्वर्ग पाप धर्म आत्मा जस्ता नचाहिने कुराहरुको पछाडी लाग्नु हुदैन । सबै जनाले चारबाक दर्शनको विषयलाइ जिवनशैलि बनाउनु पर्छ ।

चार्वाक दर्शनका १० प्रमुख सिद्धान्त :

१. प्रत्यक्ष नै प्रमुख प्रमाण हो : आँखाले देखेको, कानले सुनेको, नाकले सुँघेको आदि प्रत्यक्ष अनुभवलाई ज्ञानको सबैभन्दा विश्वसनीय आधार मानिन्छ।

२. तर्क र अनुभवमा आधारित ज्ञान : कुनै कुरा केवल परम्परा वा विश्वासका आधारमा होइन, त्यसको प्रमाण र अनुभवका आधारमा स्वीकार गर्नुपर्छ।

३. अनुमानप्रति सावधानी : प्रत्यक्ष प्रमाणित नभएको कुरालाई केवल अनुमानका आधारमा निश्चित सत्य मान्नु हुँदैन।

४. वेदको अपौरुषेय/अचूक प्रमाण अस्वीकार : वेदमा लेखिएको छ भन्दैमा मात्र कुनै कुरा सत्य हुन्छ भन्ने धारणा चार्वाकले स्वीकार गर्दैन।

५. आत्माको अमर अस्तित्व अस्वीकार : शरीरभन्दा अलग, स्वतन्त्र र अमर आत्मा हुन्छ भन्ने मान्यतालाई चार्वाकले प्रमाणको अभावका कारण स्वीकार गर्दैन।

६. परलोक, स्वर्ग र नरकप्रति संशय : प्रत्यक्ष प्रमाण नभएकाले स्वर्ग, नरक र परलोकका दाबीलाई चार्वाकले अस्वीकार/प्रश्न गर्छ।

७. पुनर्जन्म अस्वीकार : मृत्यु भएपछि मानिस पुनः जन्मन्छ भन्ने कुराको प्रत्यक्ष प्रमाण नभएकाले पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरिँदैन।

८. कर्मकाण्ड र यज्ञको उपयोगितामाथि प्रश्न : यज्ञ वा कर्मकाण्ड गरेपछि अदृश्य फल प्राप्त हुन्छ भन्ने दाबीलाई प्रत्यक्ष प्रमाणबिना स्वीकार गर्नु हुँदैन।

९. भौतिक शरीर र इहलौकिक जीवनमा जोड : मानिसको वास्तविक अनुभव यही भौतिक जीवनमा हुने भएकाले वर्तमान जीवनको सुख र अनुभवलाई महत्त्व दिइन्छ।

१०. अन्धविश्वासभन्दा प्रश्न र प्रमाण : कुनै विचार पुरानो, धार्मिक वा प्रतिष्ठित व्यक्तिले भनेको मात्र कारणले सत्य हुँदैन; त्यसलाई प्रश्न, परीक्षण र प्रमाणको कसौटीमा राख्नुपर्छ।

चार्वाकको मूल सन्देश :
प्रत्यक्ष प्रमाण छैन भने केवल विश्वास, परम्परा वा शास्त्रीय अधिकारका आधारमा कुनै कुरालाई सत्य नमान।

चारबाक दर्शनले यी ४ विषयमा चुप लागेर नबस्न भन्दछ ।
1. संशयको आवाज,
2. तर्कको आवाज,
3. प्रश्न गर्ने आवाज,
4. असहमत हुने आवाज

धन्यवाद ।

13/09/2026

नेपाली समाजको माइनर होइन मेजर अप्रेसन नगरी हुदैन ।

१. नेपाल समाज २५८ वर्षमा बल्ल बल्ल स्वातन्त्रताको स्वास लिन खोज्दै छ ।

२. भरखरका बुहारीहरु घरबाट हराए पछि सुचनाहरु आउदछ र त्यसपछि बुहारीको शव मात्र भेटिन्छ । यो उनिहरुले माइति घरमा पाएको स्वातन्त्रता र विहेपछि पाएको पिडाको परीणाम हो । विवाह पछि श्रीमान शासु नन्द भाउजुले नयाँ बुहारी माथि दिने मानसिक पिडाका कारण उनिहरु बच्चालाइ समेत त्यागेर आत्माहत्या गर्न बाध्य हुन्छन ।

३. यस्तै श्रीमतिको कुरा सुनेर आमा बाबु दिदि बहिनीलाइ देख्न नसक्ने जोइटिङ्ग्रे श्रीमानहरु पनि समाजमा हुन्छन । यस्ता खराब बुहारीले गर्दा सिधासाधा शासु आमाहरु पिडामा परेका हुन्छन ।

४. जमिन सम्बन्धि खराब परम्पराले गर्दा सबैका घरमा अंशबण्डको झगडा हुन्छ । विदेशमा जस्तो १८ वर्ष पुगेपछि छोराछोरी घरबाट बाहिर बस्ने चलन ल्याउनु पर्छ । उनिहरुको अवसर र शिक्षाको जिम्मा सरकारले लिनुपर्छ ।

५. देशको सबै जमिन सरकारको मात्र हुनुपर्छ । व्याक्तिका नाममा जमिन रहने नियम हटाइनु पर्छ । सरकारी जमिनमा मात्र आम उत्पादन गर्न विकास गर्न सकिन्छ । यो कुरा संविधानको धारा २५ को ४ मा व्याख्या गरीएको छ ।

६. बाबु आमाबाट छोराछोरीले अंश पाउने नियम हटाइनु पर्छ । विवाहमा ल्याएको दाइजो बुहारीले मात्र प्रयोग गर्न पाउनु पर्छ । छोरीलाइ दाइजो दिन पाइन्छ ।

७. हालको घरको २/४ वटा बाख्रा बस्तु पाल्ने नियम बन्द गर्नुपर्छ । यसले गर्जोटार्ने परम्परा मात्र कायम गराउदछ ।

८. हालको लर्ड म्याकुलेको सन १८३५ को चपराशि बनाउने कुहिएको शिक्षा नीति पुरै फाल्नु पर्छ । जिवनमा सबैलाइ धनि बनाउने शिक्षा नीति ल्याउनु पर्छ ।

९. हामी ३ करोड नेपालीलाइ धनि बनाउने People Centric Development Approach लागु गर्नुपर्छ ।

१०. हामी ३ करोड नेपालीलाइ विश्वका धनि नागरिक बनाउने आर्थिक नीति लागु गर्नु पर्छ ।

११. हालको कर्मचारी शिक्षक प्रणालीमा ३८० डिग्री परीवर्तन गर्नुपर्छ ।

१२. सबै नेपालीहरुमा विकास सम्बन्धि कमन सेन्स र सिभिक सेन्सको विकास गराउनु पर्छ ।

१३. धार्मिक नभएर बैज्ञानिक प्रयोगमा आधारीत समाज बनाउनु पर्छ ।

धन्यवाद ।

13/09/2026

फेसबुकमा नकारात्मक कमेण्टहरु सम्बन्धि एक अनुसन्धान ।

१. यदि नकारात्मक कमेण्टहरुसंग तिमी डराउछौ भने फेस बुक नै नखोल ।
२. नेपालमा कमेण्ट लेख्न पाइने चलन जाइजात्राको उपज हो ।

३. जुन मान्छेको दिमागमा सबै विषयहरुको नकारात्मकता मात्र छ भने वा निराशावादी मान्छेले नकारात्मक कमेण्ट गर्छ ।
४. कमेण्ट गर्नेहरुसंग सकारात्मक शब्दहरु नै हुदैनन, उनिहरुले जानेको भने कै नकारात्मक शब्दहरु मात्र हुन । अनि कसरी सकारात्मक कमेण्ट लेख्छन त ।

५. कमेण्टहरुले समाजमा राजा प्रजा नेता जनता धनि गरीब कोहि पनि ठुला होइनन र सबै गालि खान योग्य छन भन्ने प्रमाणित गरेको छ ।
६. जसले दिमागी काम गर्छ उसले सकारात्मक र जो शारिरिक श्रम गर्छ उसले नकारात्मक कमेण्ट गर्दछ ।

७. नकारात्मक कमेण्ट गर्नेहरुको घर परीवार समाज संगत आदी सबै क्षेत्रमा नकारात्मक शब्दहरुको मात्र अभ्यास भइ रहेको हुन्छ ।
८. तामसी खानेकुरा खानेहरु नकारात्मक कमेण्ट गर्दछन । जस्तो जाँड रक्सि आदी ।

९. मानसिक कुण्ठा बोकेका मानिसहरुले नकारात्त्मक कमेण्ट गर्दछन । नकारात्मक कमेण्टले उनिहरुले बदला लिइ रहेका हुन्छन ।
१०. कल्पनामा रमाउने र दिवा सप्ना देख्नेहरुले नकारात्मक कमेण्ट गर्दछन ।

११. गरीब मानिसहरुले अनेकौ अभावका कारण नकारात्मक कमेण्ट गर्दछन ।
१२. सबै भन्दा बढि कमेण्ट सेक्सका विषयमा हुन्छ । यो यौन असन्तुष्टिको कारण हो ।

१३. जसले आफु भन्दा अर्काको दर्शन वा विचार मन पराउदैन उसले नकारात्मक कमेण्ट गर्दछन ।
१४. कमेण्टसंग डराउनेले कमेण्ट हेर्न छाड्नु पर्छ । सबै प्रकारका कमेण्टहरुलाइ विस्तारै पचाउन सकिन्छ । सबै कमेण्टहरुलाइ बेवास्था गरीदिनु पर्छ ।

१५. सबै भन्दा धेरै नकारात्मक कमेण्ट खाने व्याक्तिहरु धार्मीक साम्प्रदायिक बैचारीक कथित बुद्धिजिवी अभियान्ता आदी हुन्छन ।
१६. नकारात्मक कमेण्टहरु भनेका बन्द समाजका सुचकहरु हुन ।

१७. अवसरबाट बन्चित गराइएका वा बन्चित भएका मान्छेहरुले पनि नकारात्मक कमेण्ट गर्दछन ।
१८. नेपालीहरुले १०४ वर्ष राणाको थिचोमिचो, ३० वर्ष पञ्चायतको, ३६ वर्ष भ्रष्ट गुण्डा अपराधि दलालहरुको सिलौटोमा पिल्सिएर बल्ल स्वातन्त्र हुन खोज्दैछन, त्यो पनि मार्क जगरबर्गको फेसबुकबाट, त्यसैले नेपालीहरुमा रहेको आत्मादमनको सारा हार्मोन नसकिए सम्म नकारात्मक कमेण्टहरु आइ रहने छ ।

१९. विर नेपालीहरुले भरखर कमट ट्वाइलेटमा दिशा पिसाब गर्न सिक्दैछन । यस्तै कम्पुटर चलाउन, हवाइ जहाज चढ्न भरखर सिक्दैछन । यस्तै कमेण्टमा पनि के लेख्ने र के नलेख्ने भन्ने भरसक सिक्दैछन । सिकारुले गल्ति गर्छ माफ गर्नुपर्छ ।
२०. हिजोका ओलिका साइबर सेनाहरु नै आज बालेनका साइबर सेना बनेका छन । भोलि उनिहरु अरु कसैका साइबर सेना बन्नेछन ।

२१. मानिस स्वाभावैले नकारात्मक सोचाइमा रमाउने प्राणी हो भनेर निकोलो मेकीयावेलीले भनेका छन ।
२२. तपाइलाइ नकारात्मक कमेण्ट गर्नेहरुलाइ उसको भन्दा बढि नकारात्मक कमेण्ट गरेर तत्काल ब्लक गर्नुपर्छ ।

२३. तपाइलाइ ४० प्रतिशतले नकारात्मक र ६० प्रतिशतले सकारात्कम कमेण्ट गरे भने यसलाइ राम्रो मान्नु पर्छ ।
२४. नकारात्मक र सकारात्मक कमेण्टका लागि पहिले नै ५÷५ वटा सन्देशहरु लेखेर रेडी अवस्थामा राख्नु पर्छ । पछि आफु अनुकुल पेष्ट गर्नु पर्छ । कमेण्ट लेख्दा अति नै सोचेर , शब्दहरु मिलाएर भरसक शुद्ध र ३÷४ लाइन सम्मको लेख्नु पर्छ ।

२५. विकसित देशका नागरिकहरुले दुवै खाले कमेण्टहरु लेख्दैनन ।
२६. जस्तोसुकै कमेण्ट लेख्दा पनि शुरुमा नमस्कार र कमेण्टको अन्त्यमा धन्यवाद भनेर अन्त्य गर्नु राम्रो हुन्छ । जस्तो

नमस्कार । तपाइको कमेण्टको लागि....... । धन्यवाद ।

13/09/2026

जुम्लाको स्याऊ र तिज ।

नेपालीहरुले फिजी, चाइनिज, कस्मिरी स्याउहरु खान्छन । आजकाल बजारमा मुस्ताङ्ग र जुम्लाका स्याउहरु आइ रहेका छन । खुल्लामा रु. २०० प्रति किलो र एक काटुन लैजान्दा रु. १८५ प्रति किलो पर्ने जुम्लाको स्याउ स्थानीय किसानबाट व्यापारीहरुले प्रति केजि रु. ८५ मा खरिद गरेका हुन्छन ।

जुम्लाको स्याउमा कुनै स्वादै छैन । यति सम्म की नस्पाति जस्तो पनि छैन । खल्लो स्वादको छ । यसको कारण के हो भने प्राकृतीक रुपमा राम्रोसंग परिपक्क नभइ स्याउ टिपीएको छ । चन्दननाथ नगरपालिका अधिकारीहरुसंग सल्लाह लिएका थियौ । उहाहरुको भनाइ पनि स्याउ कलिलैमा वा पुरा पाक्न नपाइकन टिपीएका हुन भन्ने थियो ।

काठमाण्डौ चावहिलकी एक शिक्षिकालाइ सोध्दा पनि उहाँले आफुले कुशे औषीलाइ भनेर ५ केजी जुम्लि स्याउ किनेको तर कुनै पाहुनाहरुले पनि मन नपराइ दिएको बताइन ।

जुम्लाका किसान साथिहरुले के गरीदिनु परो भने स्याउलाइ पुर्ण रुपमा बोटमा नै पाक्न दिनुपर्छ । स्याउमा गुलियोपना बढाउने कुरा पोटासियम सल्फेट मल हाल्ने साथै सिचाइ घाम टिप्ने समय जात र फलको संख्यामा ध्यान दिनु पर्छ । नाइटोजन मल हालेमा चाहि यसले स्याउको हागा र पात मात्र बढाउदछ र फल कम लगाउदछ । बजारमा स्याउलाइ ठुला मझौला र साना गरेर ग्रेडीङ्ग गरेर पठाउनु पर्छ ।

खुद्रा विक्रेताहरुले पनि ग्राहकहरुले एक पटक किनेपछि जुम्लाको स्याउ प्रति ध्यान नदिएको बताएका छन । मुस्ताङ्गको स्याउ बजारमा आइ नपुगेकोले तत्काल यसको बारेमा क्रेताहरुको प्रतिक्रिया लिन पाइएन् ।

१. विश्वमा सबै भन्दा उत्तम स्याउ Honeycrisp / Envy हुन ।
२. स्याउमा Malic acid भयो भने स्याउ खल्लो स्वादको हुन्छ ।

३. जुम्लाको स्याउ नमिठो हुनको मुख्य कारण समय भन्दा धेरै अगाडी टिप्नु हो ।
४. जुम्लाको स्याउ अन्तराष्ट्रिय स्टेण्डरको मापदण्ड भित्र पार्न पालिकाहरुले ध्यान दिनुपर्छ ।

५. लटरम्म फलेको स्याउको झुप्पाबाट ३० प्रतिशत स्याउहरु शुरुमा नै टिपेर फेकी दिनुपर्छ ।
६. सबै चिसो हुने भन्दा घाम लागेको जग्गाको स्याउ बढि गुलियो हुन्छ ।

७. भदौ १५ गते भन्दा अगाडी कसैले पनि स्याउ टिप्न नपाउने व्यावस्था जुम्लाका पालिकाहरुले गरेका छन । तर व्यापारीहरुले काचोमा नै टिप्ने भएकाले स्याउ खल्लो भएका हुन ।
८. जुम्लामा स्याउको स्वाद र परीपक्कता सम्बन्धि अबस्था मेसिनहरुबाट पनि गुणस्तर जाच गरीन्छ ।

९. जुम्लामा रेडिसियस र गोल्डेन जातका स्याउहरु छन ।
१०. जुम्लामा इटली क्यानडा र जापानका स्याउका प्रजातीहरु पनि रोप्न थालिएको छ ।

११. जुम्लालाइ दक्षिण एसियाको बजारमा विस्तार गर्न यसको परीपक्कता र जातमा अत्याधिक सुधार गर्न आवश्यक छ ।

स्याऊको गुणमा सुधार गरौ । नेपाली स्याऊलाइ अन्तराष्ट्रियकरण गरौ ।

धन्यवाद ।

12/09/2026

आफैमा भएका तर अरुमा मात्र देखिने केहि मनोबैज्ञानीक जटिलताहरु :

आज ९० प्रतिशत नेपालीहरु यस्ता मानसिक समस्याहरुबाट विरामी भएका छन ।
तपाइले पनि यस्ता समस्याहरु अरुमा देख्नु हुन्छ ।

१. क्लेप्टोमेनिया (Kleptomania) : आफ्नो नभएको वस्तु चोर्ने अनियन्त्रित इच्छा

२. नेक्रोफिलिया (Necrophilia) : मृत शरीरप्रति यौन आकर्षण — यो गम्भीर असामान्य प्रवृत्ति हो

३. डेस्ट्रोमेनिया (Destromania): राम्रा, सुन्दर वा व्यवस्थित वस्तु बिगार्न/नष्ट गर्न मन लाग्ने प्रवृत्ति

४. फोबोमेनिया (Phobomania) : कुनै खास कुरा वा परिस्थितिप्रति बारम्बार अत्यधिक डर उत्पन्न भइरहने प्रवृत्ति

५. मेगालोमेनिया (Megalomania) : आफू अत्यन्त शक्तिशाली, महान वा अरूभन्दा श्रेष्ठ छु भन्ने अतिरञ्जित भावना

६. पाइरोमेनिया (Pyromania): आगो लगाउने वा आगोसँग खेल्ने अनियन्त्रित आकर्षण

७. ड्रामामेनिया (Dramamania) : सामान्य घटनालाई पनि नाटकीय बनाउन, ठूलो विवाद वा उत्तेजना सिर्जना गर्न मन लाग्ने प्रवृत्ति

८. नोक्सोमेनिया (Noxomania) : अरूलाई दुःख, क्षति वा असफल भएको देख्दा असामान्य सन्तुष्टि प्राप्त गर्ने प्रवृत्ति

९. कन्ट्रोलोमेनिया (Controlomania) : अरू मानिसको निर्णय, व्यवहार र जीवनलाई आफ्नो नियन्त्रणमा राख्न अत्यधिक चाहना

१०. रिकग्निसोमेनिया (Recognisomania) : अरूबाट निरन्तर प्रशंसा, मान्यता र आफ्नो महत्व स्वीकार गराउनुपर्ने तीव्र चाहना

मानिसको मनभित्र लुकेका असामान्य चाहना/प्रवृत्तिका नामकरण—जस्तै:

• Destroy-mania = सुन्दर कुरा नष्ट भएको हेर्न चाहने
• Control-mania = सबैलाई नियन्त्रण गर्न चाहने
• Praise-mania = सधैँ प्रशंसा खोजिरहने
• Revenge-mania = बदला लिने विचारमा बारम्बार केन्द्रित हुने
• Attention-mania = जहाँ गए पनि आफू नै केन्द्रमा हुन चाहने
• Power-mania = शक्ति र अधिकारप्रति अत्यधिक आकर्षण
• Failure-mania = आफू वा अरूको असफलतामा असामान्य रुचि
• Chaos-mania = शान्त अवस्थाभन्दा झगडा/अराजकता मन पराउने

Thanks !

Address

Kathmandu
46600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when SPM - Student Power Movement Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share