Hari Narayan Chaudhary

Hari Narayan Chaudhary A motivational political leader

07/09/2026
28/08/2026

जनै पूर्णिमा र रक्षाबन्धनको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

साथीहरुसंग भेट्घाट@धनपा.१४,खुटी११ भाद्र
27/08/2026

साथीहरुसंग भेट्घाट@धनपा.१४,खुटी११ भाद्र

26/08/2026

आज बिहान रसुवाको भोटे कोशीमा अकस्मात आएको बाढिले टिमुरे, स्याफ्रुबेसी सहितरसुवा, नुवाकोट,धादिङ्गलगायत नदिको तल्लो तटिय क्षेत्रमा भएको अकल्पनीय महाबिपत्तिले अत्यन्तै ठूलाे जन-धनको क्षति भएको छ। अहिलेसम्म मानबिय र भौतिक क्षतिको यथार्थ विवरण आइसकेको छैन । यो राष्ट्रिय शोकमा दिबङ्गत सबै प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको खोजी र उपचारमा लागी पर्नु हामी सबैको दायित्व र कर्तव्य हो।
यो राष्ट्रिय बिपदमा सरकार सङ्ग मिलेर, उद्दार र राहतमा लाग्नु हामी सबैको दायित्व र जिम्मेवारी हो । ।

31/07/2026

आदरणीय जनसमुदाय,
सुनसरी जिल्लाको देवानगञ्जबाट भड्किएको सम्प्रदायिक हिंसामा ओम प्रकाश मेहता, जयप्रकाश मेहता र सिराहा गोलबजारमा गणेश यादवको दुखद निधन भएको छ। दर्जनौं युवाहरू घाइते भएका छन् मृतक युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवार जनमा गहिरो संवेदना व्यक्त गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निजहरूको सम्पूर्ण सुनसरी र सिराहाका हालसालका घटनाहरूले सबैलाई दुखित बनाएको छ। अहिलेसम्म ज्यान गुमाउने सबैप्रति श्रद्धा सुमन प्रकट गर्छु। सरकारले सहिद घोषणा गर्नै पर्छ। घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। सरकार छ भन्ने उपस्थिति नै देखिएको छैन। पुलिसले चलाएका गोलीहरू हेर्दाखेरि मानवीयताको कोणबाट पनि तालिम प्राप्त छैनन् कि भन्ने प्रश्नहरु उठेका छन्, यथोचित जवाफ आउला नै। कम्मर माथि गोली चलाएकाहरूको विवरणले त्यही भन्छ। कर्फ्यु समाधान होइन। जनप्रतिनिधिहरूले पनि यो बेलामा आफ्नो अस्तित्व प्रकट गर्नुपर्छ। सामाजिक सद्भावको लागि राजनीतिक दल र जनसमुदाय एकसाथ भएर अगाडि बढ्नुको विकल्प छैन। धार्मिक उन्माद ,जातीय अहंकार र साम्प्रदायिकता फैलाउन उद्दत आफ्ना पार्टीका कार्यकर्ताहरुलाई पार्टीहरूले पनि नियन्त्रणमा लिन जरुरी छ। सामाजिक सत्तासँग सम्बन्धित भएका संघसंस्थाहरुले पनि ठिक ढंगले परिस्थितिलाई बिग्रन जान दिनुहुँदैन। विगतमा यस्ता घटना भएका ठाउँहरूको म्यापिङ गरेर सरकारले यथाशीघ्र नयाँ ढङ्गले पाइलाहरु चालोस्। व्यवस्था गर्न सरकारसँग माग गर्दछु।
सरकारको लापरवाहीले सम्प्रदायिकताको आगो भड्किएको छ। देशका विभिन्न स्थानमा देखिएको हिंसा, तोडफोड तथा आगजनीप्रति गम्भीर चिन्ता व्यक्त गर्दछु। हिन्दु, मुस्लिम तथा सबै धर्म जाति र समुदायबीचको सामाजिक सद्भावको लागि राजनीतिक दल र जनसमुदाय एकसाथ भएर अगाडि बढ्न अपिल गर्दछु।

हरिनारायण चौधरी
पूर्व नगर प्रमुख
धनगढीमाई नगरपालिका, सिराहा

11/05/2026

आज कमरेड निर्मल लामाको २६ औँ स्मृति दिवस। नेपाली कम्युनिस्ट आन्दोलनका एक शिखर व्यक्तित्व क. निर्मल लामा कम्युनिस्ट, बाम र लोकतान्त्रिक आन्दोलनको लागि मात्र होइन देशभक्ति र युवाहरूको आन्दोलनको लागि पनि एक प्रेरणादायी व्यक्तित्व हो। आजको पुस्ताका लागि क. निर्मल लामाको सन्देश स्पष्ट छ—राजनीति केवल सत्ता केन्द्रीत चुनाव जित्ने माध्यम होइन; समाज परिवर्तनको अभियान हो। यदि नेता विलासी भए, कार्यकर्ता अध्ययनविहीन भए, पार्टी जनताबाट टाढियो र राजनीति केवल सत्ता केन्द्रित बन्यो भने क. निर्मल लामाको नाम लिइरहनुको कुनै अर्थ रहँदैन। उहाँलाई साँचो श्रद्धाञ्जली भनेको स्वच्छ राजनीति गर्नु हो, जनताको पक्षमा उभिनु हो, अन्यायविरुद्ध संघर्ष गर्नु हो, विचार र नैतिकताको राजनीति पुनर्जीवित गर्नु हो।
नेपालको युवा विद्रोहले स्पष्ट रूपमा देखायो कि Gen-Z को आन्दोलन जति नै शक्तिशाली र उत्साही किन नहोस्, यदि त्यसमा सिद्धान्तनिष्ठा, स्पष्ट दिशा र संरचना नभएमा त्यो सजिलै सत्ताको भर्याङ बन्न सक्छ। आन्दोलनको ऊर्जालाई अवसरवादी राजनीतिक दल र व्यक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गरेर मूल मागहरूलाई कमजोर बनाउने र आन्दोलनलाई आफ्नो राजनीतिक लाभको साधन बनाउने खतरा रहन्छ। यस्तो परिस्थितिमा निर्मल लामाले देखाएको बाटो नै एक मात्र विकल्प हो — अटल सिद्धान्तनिष्ठा, इमानदारी, जनतासँगको गहिरो सम्बन्ध र निरन्तर संघर्ष मार्फत मात्र नयाँ पुस्ताको आन्दोलन सच्चा जनपक्षीय बन्न सक्छ। नत्र, जति नै ठूलो भीड र डिजिटल तीव्रता किन नहोस्, आन्दोलन अन्ततः केही व्यक्तिहरूको सत्तारोहणको भर्याङ बन्ने जोखिम रहन्छ।
नरबहादुर कर्माचार्यको सादगी र निर्मल लामाको सहकार्य यस सन्दर्भमा अत्यन्त प्रेरणादायी छ। दुवै नेताले जीवनभर पद, सत्ता र व्यक्तिगत लाभलाई होइन, सिद्धान्त र जनसेवालाई प्राथमिकता दिए। नरबहादुरजीको सरल र सादगीपूर्ण जीवनशैली तथा निर्मल लामाको अटल क्रान्तिकारी निष्ठाले गरेको सहकार्यले प्रमाणित गर्छ कि सच्चा परिवर्तनकारी आन्दोलन व्यक्तिगत महत्वाकांक्षा वा गुटबाट होइन, सामूहिक समर्पण, नैतिक दृढता र जनकेन्द्रित सोचबाट मात्र निर्माण हुन्छ। आजको Gen-Z पुस्ताले यही विरासतलाई आत्मसात् गरेमा मात्र उनीहरूको आन्दोलन सडकबाट सत्तासम्मको भर्याङ बन्नेछैन, बरु साँच्चिकै जनताको मुक्ति र समाज परिवर्तनको शक्ति बन्न सक्छ।

क.निर्मल लामा एउटा व्यक्ति मात्र होइनन्; एउटा राजनीतिक संस्कार हुन्। एउटा नैतिक मापदण्ड हुन्। एउटा अधुरो सपना हुन्। उहाँको सम्झना भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। काम गरेर, संघर्ष गरेर, जनताको पक्षमा उभिएर र राजनीति सफा बनाएर मात्र उहाँप्रति साँचो सम्मान व्यक्त गर्न सकिन्छ। “मेरो सम्झना गरि खाने वर्गले गरोस्, काम गरेर, क्रान्ति गरेर” भन्ने उहाँको सन्देश आज पनि नेपाली राजनीतिका लागि मार्गदर्शन बनेर उभिएको छ।

धनगढीमाई न पा को जिरोमाईल सर्रे हुदै कटारी न पा ५ को भोर्ले मदनभण्डारी मार्गमा जोडने सडक को अवलोकन गरियो ।
09/05/2026

धनगढीमाई न पा को जिरोमाईल सर्रे हुदै कटारी न पा ५ को भोर्ले मदनभण्डारी मार्गमा जोडने सडक को अवलोकन गरियो ।

Good morning
08/05/2026

Good morning

Address

Lokmarg
Lahan
56500

Website

Alerts

Be the first to know and let us send you an email when Hari Narayan Chaudhary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share