01/11/2026
🙏 जय ठाकुर बाबा! जय लोहजारा दह!
झण्डाको विषयमा एक विचार मात्र साझा गरिएको हो, कृपया कसैले पनि यसलाई अन्यथा नलिनुहोला आअफ्नो तर्क होला। कसैको आस्था, भावना वा योगदानमा चोट पुर्याउने हाम्रो उद्देश्य होइन।
लोहजारा दह हामी सबैको साझा सम्पत्ति हो। यसको विकास तपाईं–हामी सबैको सहकार्य र अगुवाइबाटै सम्भव छ। सार्वजनिक सम्पत्तिको संरक्षण, सदुपयोग र व्यवस्थापन गर्नु पनि हामी सबैको साझा जिम्मेवारी हो।
हामी व्यक्ति, समूह वा कुनै संस्थाको विरोधमा होइनौँ। हाम्रो उद्देश्य लोहरजारा दहको धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय महत्त्वलाई देश–विदेशसम्म चिनाउनु हो।
दह परिसरको व्यवस्थापनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्ने जिम्मेवारी दह समितिमा नै छोडाैं|
त्यसैले व्यक्तिगत विचार र मतभेदभन्दा माथि उठेर सार्वजनिक हितलाई प्राथमिकता दिऔँ। सकारात्मक सुझावलाई सम्मान गरौँ र लोहजारा दहको समग्र विकासका लागि हातेमालो गरौँ।
यस पेजको मुख्य उद्देश्य लोहजारा दह तथा समग्र लोहरजारा पर्यटन क्षेत्रको प्रचार–प्रसार, विकास र प्रवर्द्धन गर्नु मात्र हो। 🌿🙏
हाम्रो उद्देश्य एउटै हो—लोहजारा दह तथा अन्य पर्यटनको पहिचान, संरक्षण र पर्यटन प्रवर्द्धन। 🤝🌿
🚩 जय ठाकुर बाबा!