Manish K Yadav

Manish K Yadav Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manish K Yadav, Siraha.

17/08/2026

सम्पूर्णमा नाग पञ्चमीको हार्दिक शुभकामना।

30/07/2026

सम्पूर्ण साथीहरूमा अनुरोध छ आफैं संयमित रहनुहोस्, शान्ति, सद्भाव र सामाजिक सुरक्षाको वातावरण कायम राख्न सहयोग गरौं।

यो देशमा सबैभन्दा सस्तो यदि केही छ भने  त्यो आम नागरिकको ज्यान हो जस्तो देखिन थालेको छ।सरकार जुनसुकै दलको होस् गोली खाने...
27/07/2026

यो देशमा सबैभन्दा सस्तो यदि केही छ भने त्यो आम नागरिकको ज्यान हो जस्तो देखिन थालेको छ।

सरकार जुनसुकै दलको होस् गोली खाने त आखिर जनता नै हुन्। यही हो लोकतन्त्रको मूल्य?

सरकारसँग गम्भीर प्रश्न छ।मधेशमा एउटा सानो घटनामा पनि टाउको र छाती जस्ता संवेदनशील अंगलाई लक्षित गरेर गोली चलाउने आदेश कसले दियो? यस्तो निर्णयको जिम्मेवारी कसले लिने?

प्रत्येक नागरिकको जीवन समान रूपमा मूल्यवान छ। राज्यले शक्ति प्रदर्शन होइन, संयम, संवाद र कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्छ। दोषी जो भए पनि निष्पक्ष छानबिन होस् र आप्रधि लाई कानुनको दायरामा ल्याइयोस् र कडा भन्दा कडा कारवाही गरियोस्।

एक थोपा रगत कसैको आशा बन्न सक्छ,एक युनिट रगत कसैको जीवन बन्न सक्छ। रगत अभावका कारण कुनै पनि बिरामीले जीवन गुमाउन नपरोस् ...
25/06/2026

एक थोपा रगत कसैको आशा बन्न सक्छ,
एक युनिट रगत कसैको जीवन बन्न सक्छ।

रगत अभावका कारण कुनै पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ आयोजित बृहत रक्तदान कार्यक्रम २०८३ मा सहभागी भई मानवताको सेवामा योगदान गरौं।

आजको रक्तदान, भोलिको जीवनदान

कमला नदीले सिराहा र धनुषालाई छुट्याएको छ, तर वर्षौंदेखिको सरकारी बेवास्ताले यहाँका जनताको पीडा अझ गहिरो बनाएको छ।हरेक दि...
19/06/2026

कमला नदीले सिराहा र धनुषालाई छुट्याएको छ, तर वर्षौंदेखिको सरकारी बेवास्ताले यहाँका जनताको पीडा अझ गहिरो बनाएको छ।

हरेक दिन हजारौं नागरिक जोखिम मोलेर नदी पार गर्न बाध्य छन्। किसानले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सास्ती भोगिरहेका छन्। वर्षायाममा त यो पीडा झन् भयावह बन्छ कहिले बाढीले बाटो रोक्छ, कहिले जीवन नै जोखिममा पर्छ।

विकासका भाषण धेरै सुनिए, आश्वासनका शब्द धेरै आए, तर कमला पुल अझै सपना नै बनेको छ। जनताको दुःख, आँसु र संघर्षलाई कति वर्षसम्म बेवास्ता गर्ने?

सिराहा र धनुषाका बासिन्दाले विलासिता होइन, आफ्नो मौलिक अधिकार मागिरहेका छन् । सुरक्षित आवतजावत, सहज शिक्षा, पहुँचयोग्य स्वास्थ्य सेवा र सम्मानजनक जीवन।

अब कमला पुल केवल विकासको परियोजना होइन, लाखौं जनताको आवश्यकता र अधिकारको विषय बनेको छ। सम्बन्धित निकायले जनताको पीडा बुझेर तत्काल ठोस कदम चालोस्।

जनताको जीवनभन्दा ठूलो कुनै राजनीति हुँदैन, र विकासभन्दा ठूलो कुनै वाचा हुँदैन।

16/06/2026

Budget of provinces, how much of your province:🇳🇵
• Koshi - 40 billion 44 crores
• Madhes: 41 billion 13 crores
• Bagmati: 66 billion 93 crores
• Gandaki: 32 billion 99 crores
• Lumbini: 37 billion 38 crores
• Karnali: 35 billion 39 crores
• Far West: 37 billion 70 crores

15/06/2026

यो भिडियो केवल एउटा बालकको पीडादायी अवस्थाको चित्रण मात्र होइन, हाम्रो समाज र राज्य प्रणालीको गम्भीर असफलताको संकेत पनि हो।

आज देश र मधेशका धेरै बालबालिका गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पोषण र सुरक्षित वातावरणबाट वञ्चित भइरहेका छन्। जसका कारण उनीहरू गलत बाटोतर्फ धकेलिँदै छन्। जुन उमेरमा बालबालिकाको हातमा किताब, कलम र सपनाहरू हुनुपर्ने हो, त्यही उमेरमा नशालु पदार्थ पुग्नु अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो।

यस समस्यालाई सामान्य घटनाको रूपमा होइन, गम्भीर सामाजिक र मानवीय संकटको रूपमा लिएर राज्यले तत्काल ध्यान दिन आवश्यक छ। मधेशका बालबालिका देशको भविष्य हुन्। उनीहरूलाई दोषी ठहर गर्नु होइन, संरक्षण, शिक्षा, उपचार र अवसर प्रदान गर्नु आजको आवश्यकता हो।

राज्य अब मौन बस्न मिल्दैन। बालबालिकाको भविष्य सुरक्षित गर्नु राज्य, समाज र हामी सबैको साझा जिम्मेवारी हो।

Address

Siraha
56500

Telephone

+9779810322007

Website

Alerts

Be the first to know and let us send you an email when Manish K Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manish K Yadav:

Shortcuts

Share