Ghunsa foundation

Ghunsa foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghunsa foundation, Faktalung gaupalika ward no 6, Taplejung.

घुन्सा फाउन्डेसन नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न काम गरिरहेको एक गैर–नाफामूलक संस्था हो, विशेष गरी ग्रामीण तथा दुर्गम समुदायहरूमा। यस संस्थाले SEE परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन SEE कक्षा, शैक। सेवा नै धर्म हो ।

26/08/2026

रसुवा, नुवाकोट तथा भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा रहनुभएका सम्पूर्णमा , बाढी पूर्वानुमान महाशाखाका अनुसार चीनतर्फ नदी थुनिएको स्थानमा ताल अझै पूरा नखोलिएकाले यस क्षेत्रमा बाढीको उच्च जोखिम कायमै छ। त्यसैले अर्को आधिकारिक सूचना नआउञ्जेल कृपया नदी आसपासका क्षेत्रमा नजाऔं र सुरक्षित स्थानमा बसौं। यतिबेला बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना मान्छेहरूको अवस्थालाई लिएर घरपरिवारका सदस्यहरू निकै चिन्तित हुनुहुन्छ; त्यसैले यदि तपाईं प्रभावित क्षेत्रमा हुनुहुन्छ भने तुरुन्त आफ्नो परिवारलाई आफू सुरक्षित रहेको जानकारी गराउनुहोला र कसैले चिनेजानेका व्यक्तिलाई देख्नुभएको छ भने उहाँहरूका आफन्तलाई पनि स्थितिबारे खबर गरिदिनुहोला।

यस अप्ठ्यारो परिस्थितिमा फोन वा इन्टरनेट नभएकाहरूलाई सूचना पुर्‍याउन, बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सहयोग गर्न, प्रभावितहरूलाई ओत र खानेकुरामा सहजीकरण गर्न तथा अनावश्यक अफवाह नफैलाई एक-अर्काको साथ दिऔं। आफू पनि बचौं, अरूलाई पनि बचाऔं!

24/08/2026

हामीले दिँदै आएको Motivation session र Free Online Class ले विद्यार्थीहरूलाई साँच्चै कतिको असर पार्छ त?
सुनौं आयुष्माकै अनुभव — ज्योति एकेडेमी, SEE 2083 Batch। Motivation Session पछि उनको मन कस्तो छ, हेरौं यही भिडियोमा❤️

विद्यार्थीको सपना र अभिभावकको विश्वास ❤️घुन्सा फाउन्डेसनको कार्यालयमा हाम्रा प्यारा विद्यार्थी र अभिभावकहरूसँगको विशेष भ...
23/08/2026

विद्यार्थीको सपना र अभिभावकको विश्वास ❤️

घुन्सा फाउन्डेसनको कार्यालयमा हाम्रा प्यारा विद्यार्थी र अभिभावकहरूसँगको विशेष भेटघाट।

विद्यार्थीहरूको आँखामा देखिएको उत्साहले हाम्रो अभियानलाई अझ ऊर्जा दिएको छ। ❤️ज्योति एकेडेमी, नागार्जुनका भाइबहिनीहरूसँग ...
22/08/2026

विद्यार्थीहरूको आँखामा देखिएको उत्साहले हाम्रो अभियानलाई अझ ऊर्जा दिएको छ। ❤️
ज्योति एकेडेमी, नागार्जुनका भाइबहिनीहरूसँग बिताएको अविस्मरणीय क्षण! 📖

❤️ हामी घुन्सा फाउन्डेसन परिवार, श्री सीतापाइला माध्यमिक विद्यालयमा आउन पाउँदा निकै खुसी भयौँ ।प्यारा विद्यार्थीहरूसँग भ...
21/08/2026

❤️ हामी घुन्सा फाउन्डेसन परिवार, श्री सीतापाइला माध्यमिक विद्यालयमा आउन पाउँदा निकै खुसी भयौँ ।
प्यारा विद्यार्थीहरूसँग भेटघाट गर्दै Motivation Session मार्फत जीवनमा केही गर्ने सपना देख्न, आफ्नो लक्ष्य पहिचान गर्न र निरन्तर मेहनत गर्दै अगाडि बढ्न प्रेरित गर्न पाउँदा अझै खुसी लागेको छ। ✨
आजको सानो प्रेरणाले भोलिको ठूलो सफलता जन्माउन सकोस्। 🙏

20/08/2026

यदि तपाईं भविष्यमा डाक्टर बन्ने सोचमा हुनुहुन्छ वा चिकित्सा क्षेत्रबारे नजिकबाट बुझ्न चाहनुहुन्छ भने यो संवाद तपाईंको लागि अत्यन्तै उपयोगी हुनेछ। 🩺

⏰ भोलि बेलुकी ५:०० बजे Yangzome Sherpa को YouTube च्यानलमा पूर्ण भिडियो आउँदैछ।
🔔 भिडियो हेर्नका लागि अहिले नै Channel लाई Subscribe गर्नुहोला!
Link : www.youtube.com/

19/08/2026

नयाँ उमङ्ग, नयाँ सिकाइ र असीम सम्भावनाहरू! 🌟
ललितपुरको श्री आदर्श शौल उच्च मा.बिका विद्यार्थीहरूसँगको "Motivation Session & Free SEE Classes" को बसाइ असाध्यै उत्कृष्ट र फलदायी रह्यो। भाइबहिनीहरूको अनुहारको मुस्कान र अठोटले हाम्रो यात्रालाई अझ अर्थपूर्ण बनाएको छ। ❤️

17/08/2026

बिरेन्द्रोदय मा.वि., सोलुखुम्बुका प्रधानाध्यापकज्यू लगायत समस्त शिक्षकवृन्दलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
विशेष गरी श्री Parbung Rai सरलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु, जसले आफ्नो गाउँका विभिन्न कक्षामा अध्ययनरत १० का विद्यार्थीहरूलाई अनलाइन कक्षामा जोडिन सहयोग पुर्‍याउनुभयो। ❤

संकल्प, गोरखा संस्थाद्वारा Ghunsa Foundation का संस्थापक अध्यक्ष श्री याङजोम शेर्पाज्यूलाई सामाजिक योगदानको कदर गर्दै प्...
16/08/2026

संकल्प, गोरखा संस्थाद्वारा Ghunsa Foundation का संस्थापक अध्यक्ष श्री याङजोम शेर्पाज्यूलाई सामाजिक योगदानको कदर गर्दै प्रदान गर्नुभएको सम्मानप्रति हार्दिक आभार।

एउटा संस्थाले अर्को संस्थाको योगदानलाई सम्मान गर्नु सहकार्य र सद्भावको सुन्दर उदाहरण हो। 🤝

हाम्रो कार्यालयमै आएर सम्मान गर्नुभएकोमा संकल्प, गोरखा परिवारलाई हार्दिक धन्यवाद।

📢 SPECIAL ANNOUNCEMENT | SEE 2083 BATCH 📅 Shrawan 31, Sunday⏰ 6:15 PM onwards📲App link: https://tny.ws/Ambition📞 : 01-59...
15/08/2026

📢 SPECIAL ANNOUNCEMENT | SEE 2083 BATCH

📅 Shrawan 31, Sunday
⏰ 6:15 PM onwards
📲App link: https://tny.ws/Ambition
📞 : 01-5970295

Don’t miss this special session!

Address

Faktalung Gaupalika Ward No 6
Taplejung
32907

Alerts

Be the first to know and let us send you an email when Ghunsa foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share