Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari

  • Home
  • Nepal
  • Itahari
  • Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari

Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari This is the Official page of Nepal Police Highway Security and Traffic Management Office, Itahari. Control : 9852090161
Hotline: 103

06/08/2026
प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण, ट्राफिक नियमको क...
06/08/2026

प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन ।
सुनसरी, २०८३\ ०४\ २१ गते ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । श्रावण २१ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
वहाँले सडक अनुशासन कायम राख्न ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउदै दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिनु भएको छ । त्यसैगरी भीडभाड तथा दुर्घटनाको जोखिम बढी हुने स्थानहरूको पहिचान गरी विशेष ट्राफिक योजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिनु भएको छ । वहाँले समुदायस्तरमा ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउन तथा नागरिकसँग शिष्ट व्यवहार, कानुन कार्यान्वयनमा निष्पक्षता कायम राखी कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।
प्रदेश प्रहरी प्रमुख खनालले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दिपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनको बारेमा अवगत गराउनु भएको थियो ।उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरुका साथै ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

03/08/2026

सडकको लेन अनुशासनले यात्रा सुरक्षित र व्यवस्थित बनाउँछ। आफ्नो लेनमा चलौं, दुर्घटनाबाट बचौं। #

आवश्यक कागजात नभएको सवारी साधन नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएकोइटहरी  श्रावण  १५ गते ……………… । विशेष सूचनाको आधा...
31/07/2026

आवश्यक कागजात नभएको सवारी साधन नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको
इटहरी श्रावण १५ गते ……………… ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीबाट खटिएको टोलीले आफुखुशी नक्कली नम्बर प्लेट जडान गरी सञ्चालन गरेको प्रदेश ३-०१-०२३ च ९६३५ नम्बरको रातो रङको महिन्द्रा XUV कार तथा उक्त सवारीसँग सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई नियन्त्रणमा लिइएको सवारी साधन यातायात व्यवस्था कार्यालयमा बुझ्दा आफुखुशी नक्कली नम्बर प्लेट लगाई सञ्चालन गरेको पाईएको र सम्बन्धित आयातकर्ता कम्पनिलाई इन्जिन नम्बर र चेसिस नम्बरको विवरण यकिन गर्दा सो विवरणसँग मेल खाने सवारी साधन नेपालमा आयात नै नभएको जानकारी प्राप्त भएकोले उक्त सवारी साधन र मानिषलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय, सेतुबन्ध कोशी ब्यारेज, सुनसरीमा बुझाइएको छ ।

30/07/2026

हाल केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा "ट्राफिक प्रहरीले जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्" भन्ने आशयका समाचारहरूका सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

30/07/2026

ट्राफिक गतिबिधी कोशी प्रदेश कार्यक्रम भाग ५४
२०८३ श्रावण १३ गते

30/07/2026
डाईभर्सन सम्बन्धी जानकारी ।इटहरी, श्रावण १३ गते ।
29/07/2026

डाईभर्सन सम्बन्धी जानकारी ।
इटहरी, श्रावण १३ गते ।

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari:

Shortcuts

Share