Nepal Academy of Fine Arts

Nepal Academy of Fine Arts Nepal Academy of Fine Arts (NAFA) situated at Naxal, Ktm Nepal . Contact PH: +977 01-4530251

Introduction
Nepal Academy of Fine Arts (NAFA) is established by the government of Nepal during 2067 (2009AD) for the purpose of leading entire Nepalese art field towards its excellence with effective involvement of every individual concerned. Nepal Academy of Fine Arts (NAFA), an autonomous focal body in Nepal with sole intension of promoting Arts (Lalitkala) of the country. This Nepal Academy of

Fine Arts worked under Minister for Culture, Tourism and Civil Aviation. If feels proud in bringing every artist under one roof for the overall growth of their profession along with individual growing. The Academy is an outcome of continued devotions, discussions and a consensus backed by the experiences of numerous personalities from Nepal and abroad alike. Main Objectives of Nepal Academy of Fine Arts.
• Promote Nepalese Art and Artist in international Arena
• Organizing and supporting various art related activities like workshops and competitions.
• Personally/ leadership development initiatives according to the nature of art concerned
• Enabled Artists for the public speaking, team building activities.
• Conduct and co-operate for research, documentation and publication of art/artists/critics.
• Provide or help to provide Merit-based research Grant for prospective individuals.
• Exclusive interaction with the artist from abroad, inviting them to share their views, sending the Nepalese artist abroad for interaction programs, art learning & exhibition.
• Organize National & International exhibition. About Academy & Panel of Academician
Nepal Academy of Fine Arts is located in Naxal, Kathmandu Nepal. There are several eminent personalities working in Fine Art Field in different department of Art sector. These Academicians are handed over the responsibility to lead the Academy in a successful way. Nepal Academy of Fine Arts consists:
• National Museum where there are collection of national and International eminent artists' artwork
• Araniko Art gallery where Group and one-man show Exhibition can be performed
• 50 person capacity Program Hall especially for Talk Program
• Sculpture Workshop Area,
• Print –Making Studio,
• There are 10 Residency Studios


From the very beginning of the inception member of Academy in general involved in many other training & interaction program as resource persons & participants alike. The experiences brought from such involvement provide enough impetus in designing modulus to move Academy ahead.

सूचना !
27/05/2026

सूचना !

सूचना !संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रसाथ प्राप्त Sharjah International Award for Cultural Heritage ...
06/05/2026

सूचना !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रसाथ प्राप्त Sharjah International Award for Cultural Heritage 2025-2026 सम्बन्धी सूचना यसै साथ छ । बेहोरा सोही पत्रबाट अवगत गर्नुभई इच्छुक व्यक्ति वा संस्थाले विस्तृत विवरणका लागि पत्रमा दिइएको टेलिफोन नम्बरमा सम्पर्क गर्नुहुन आग्रह गरिन्छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कर्ण कायस्थ महिला समाजको सहकार्यमा बिहीबार २ दिने  ‘मिथिला चित्रकला प्रशिक्षण कार्यक्...
30/04/2026

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कर्ण कायस्थ महिला समाजको सहकार्यमा बिहीबार २ दिने ‘मिथिला चित्रकला प्रशिक्षण कार्यक्रम’ प्रतिष्ठानमा सम्पन्न भएको छ । प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, कर्ण कायस्थ महिला समाजका अध्यक्ष पुनम देवी दासलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको प्रशिक्षक प्राज्ञ एससी सुमन रहनुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सि...
30/04/2026

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर’ मोड्युलको तालिममा सहभागी विद्यार्थीद्वारा सिर्जना गरिएका कलाकृतिलाई समेटेर गरिएको शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ को बिहीबार अवलोकन गर्नुहुँदै जनकल्याण मा.वि.का विद्यार्थीहरू ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सि...
30/04/2026

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर’ मोड्युलको तालिममा सहभागी विद्यार्थीद्वारा सिर्जना गरिएका कलाकृतिलाई समेटेर गरिएको शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ को बिहीबार अवलोकन गर्नुहुँदै सरस्वती निकेतन मा.वि.का विद्यार्थीहरू ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सि...
29/04/2026

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर’ मोड्युलको तालिममा सहभागी विद्यार्थीद्वारा सिर्जना गरिएका कलाकृतिलाई समेटेर गरिएको शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ बुधवारबाट प्रतिष्ठानमा सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिभाशाली नवप्रतिभाको सिर्जना प्रदर्शनीमा देख्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ विगतमा महानगरप्रमुख रहँदा हालका सम्माननीय प्रधानमन्त्री बालेन शाह र अहिलेका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले पनि यसको कन्सेप्टमार्फत सिजर्नशील अतिरिक्त क्रियाकलापलाई शिक्षासँग जोडेर विशेष प्राथमिकता दिई अघि बढाउनुभएको हो । यसको जस उहाँहरूलाई पनि जान्छ ।’ हार्तम्छालीले भन्नुभयो, ‘आगामी दिनमा देशको नेतृत्व गर्ने युवा प्रतिभा तथा भविष्यका कर्णधारहरूमा शिक्षा र सिपलाई जोडेर सिर्जनशील अभिव्यक्ति कला कसरी अघि बढाउनुपर्छ भन्ने कुराको कन्सेप्ट बनाउनु ठुलो कुरा हो ।’
कार्यक्रम संयोजक प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर’ कार्यक्रम सुरुवाती वर्षदेखि झन झन राम्रो हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाठ्यक्रम सबै एउटै हो तर विद्यार्थीहरूको रचनात्मक क्षमता, कार्यकुशलता चाहिँ फरक छ । यस कार्यक्रममार्फत एउटा विद्यार्थीले पढ्दै गर्दा आफ्नो सोचाइ, भावना के हो भनेर थाहा पाउँछ ।’ साथै उहाँले विद्यालय तहबाटै दिइने ललितकला शिक्षाले विद्यार्थीहरूको सिर्जनशील, रचनात्मक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले प्रतिष्ठान र महानगरबिचको सहकार्यमा भएको यस कार्यक्रमले विद्यार्थीमा निहित सिर्जनशीलतालाई उजागर गर्न सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ भोलिका दिनमा सिकेका सिपलाई अझ बढोत्तरी गर्दै लैजानुहोला । यसलाई तपाईंहरूले भविष्यमा पेसाका रूपमा पनि अघि बढाउन सक्नुहुने छ । आगामी दिनमा यस कार्यक्रमलाई अझ परिष्कृत गर्दै लैजाने छौँ ।’
समारोहमा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, काठमाडौँ महानगरपालिका शिक्षा विभागका वरिष्ठ सहायक अधिकृत सुशील सुवेदी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहसंयोजक केशवराज खनाल र सम्झना राजभण्डारी रहनुभएको थियो ।
प्रदर्शनीमा राखिएका श्री शहिद शुक्र मा.वि, विजय स्मारक मा.वि, पद्मकन्या विद्याश्रम मा.वि, भानु मा.वि, महेन्द्र बौद्ध मा.वि, नील बाराही मा.वि, ज्ञानोदय मा.वि, तरुण मा.वि, गीतामाता मा.वि, जुुद्धोदय मा.वि, जनकल्याण मा.वि, विश्व निकेतन मा.वि, शितला मा.वि, शारदा मा.वि, सरस्वती निकेतन मा.वि, नेपाल आदर्श मा.वि, रत्नराज्य मा.विका कलाकृतिमध्येबाट उत्कृष्ट हुनुभएका क्रमशः सोनिया तामाङ, एलिसा मगर, आकृति कुमारी चौधरी, यामिमा तामाङ, पुष्पाञ्जलि कुमारी, यम मगर, सेलिना घर्तिमगर, प्रमिल खनाल, विनोद चलाउने, सुदीक्षा चौधरी थारु, कोमल विश्वकर्मा, सङ्गम कुमार, सुहसा तामाङ, अदिश बोहरा, ईशा श्रेष्ठ, अजितकुमार, पुष्पाञ्जली कुमारी ठकुरीलाई जनही ३ हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । विद्यालयमा प्रशिक्षकका रूपमा करुणा श्रेष्ठ, जया शर्मा, रिता मानन्धर, सरिना लमिछाने, धु्रवराज शर्मा, कमला खड्का, महेश तामाङ, उमा खड्का, मनरा प्रजापति, किशोर नकर्मी, न्हुज श्रेष्ठ, यशस चन्द्र अर्याल, रतिना वज्राचार्य, विनय हुमागाईं, भीम सुब्बा तामाङ, सुरज श्रेष्ठ, रितु थापा मगर तथा सहायक प्रशिक्षकका रूपमा रोजिन तामाङ, करिना जोशी, ममता गुप्ता, सिजल स्थापित, विशााल थामि, कर्मा टासी गुरुङ, दीपक आउजी, जयराम मर्हजन, रमिला महर्जन, अन्जना श्रेष्ठ, आस्मा राई, उसिना महर्जन, सिद्धि, सौरभ श्रेष्ठ, सुस्मिता मोक्तान, आशामाया लामा, गङ्गा वस्ती रहनुभएको थियो । प्रदर्शनी वैशाख १८ गतेसम्म चल्ने छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा शुक्रवारबाट प्रतिष्ठानमा ‘क्यानभासमा टेम्केमैयुङ’ कल...
24/04/2026

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा शुक्रवारबाट प्रतिष्ठानमा ‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रमुख अतिथि माननीय राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले उद्घाटन गर्नुभयो । उहाँले भोजपुरलाई सामाजिक, सांस्कृतिक, प्राकृतिक रूपमा चिनाउन यस प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले कलाकृतिको अवलोकन गर्दा भोजपुर नै पुगेको आभास भएको धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलालाई हामीले दृष्यचित्र, दर्शनचित्र र सांस्कृतिक चित्रका रूपमा हेर्दै आएको बताउँदै यसलाई अबको अवस्थामा दर्शनसँग जोडेर पनि हेर्न आवश्यक रहेको बताउनुभयो । सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले देशका ६० भन्दा बढी जिल्ला तथा १८० भन्दा बढी पालिकामा पुगेर त्यहाँको कलाको उत्थान, प्रवर्धन तथा विकासमा विभिन्न कार्यक्रम गरिसकेको बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा चिनिएको बताउँदै कलालाई पर्यटन र संस्कृतिसँग जोड्नुपर्ने बताउनुभयो । पूर्वमन्त्री एसपी कोइरालाले नेपाली ललितकलाका क्षेत्रमा प्रतिष्ठानले गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानको बहुआयामिक भूमिकाका बारेमा चर्चा गर्नुभयो । पूर्वमन्त्री हेमराज राईले कलाको माध्यमबाट भोजपुरको विविध क्षेत्रको प्रवर्धनका लागि गरेको कार्य उत्कृष्ट रहेको धारणा राख्नुभयो । प्राज्ञ रमेशनाथ खनालले प्रदर्शनीमा राखिएका कलाकृतिले पर्यटनलाई प्रवर्धन गर्न थप सहयोग गर्ने बताउनुभयो । टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले कला सिर्जनाको मूल स्रोत रहेको र टेम्केमैयुङलाई क्यानभासमा उतार्ने काम भएकोमा असाध्य खुसी लागेको बताउनुभयो । उहाँले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण संवर्धन तथा प्रवर्धनमा स्थानीय सरकार काम गर्न तत्पर रहेको बताउनुभयो । २०८२ जेठ ५ गतेदेखि ७ गतेसम्म भोजपुरमा प्रतिष्ठान र टेम्केमैयुङ गाउँपालिकाको सहकार्यमा भएको कार्यशालामा कलाकारहरू नारदमणि हार्तम्छाली, संजय वान्तवा, अरुणा हिङमाङ, सुस्मा श्रेष्ठ, सुनिता राणा, शिव छाङ्छा राई, बिनोदकुमार गुप्ता, विवेक मुकारुङ, बिजेन राई, विष्णु थापा, विद्यमान तामाङ, धिरज राई, गणेश लामा, कान्छाकाजी भासिमा, किशोर नकर्मी, महेन्द्र राई, सगुन पोखरेल, सुमन श्रेष्ठ, तारा राई, तिलक राई, युशोदाकुमारी लम्सालले सिर्जना गर्नुभएको ४२ कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी वैशाख १४ गतेसम्म चल्ने छ । समारोहमा राष्ट्रिय सभा सदस्य मा. दुर्गा गुरुङ, राष्ट्रिय सभा सदस्य मा. श्रीकृष्ण अधिकारी, प्रतिष्ठानका पदाधिकारी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य राजन मुकारुङ, भोजपुर सेवा समाजका अध्यक्ष पासाङ दोर्जे शेर्पा, चोमोलुङ्मा युनेस्को समाजका अध्यक्ष हरिवंश किराँत, किराँत रुङ्गमाहाङ समाजका अध्यक्ष नवीनकुमार राई, कलाकार,पत्रकारलगायतको सहभागिता रहेको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा शिवाता लभ फाउन्डेसनको आयोजनामा बुधवारबाट प्रतिष्ठानमा ‘शिवाता ३१’ कला प्र...
22/04/2026

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा शिवाता लभ फाउन्डेसनको आयोजनामा बुधवारबाट प्रतिष्ठानमा ‘शिवाता ३१’ कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । वैशाख १५ गतेसम्म चल्ने प्रदर्शनीमा ३१ जना युवा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा सोमवारबाट ‘घरपझोङ राष्ट्रिय मूर्तिक...
20/04/2026

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा सोमवारबाट ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला २०८३’ सुरु भएको छ । कार्यशालाको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले घरपझोङको समृद्धिमा कृषि र पर्यटनसँगै ललितकला पनि जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूले यहाँको ऐतिहासिक विषयवस्तुमा आधारित रहेर कला गर्नुहुने छ । यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको सङ्गमस्थल भएकाले यहाँ रहेका पवित्रस्थानसम्बद्ध विषयमा कला सिर्जना गर्दै इतिहास रच्ने मौका पाउनुभएको छ । तपाईँहरूको कला यस ठाउँमा आउने प्रत्येक मानिसहरूले हेरेका हुन्छन् । तसर्थ यस कामलाई सफल बनाउनका लागि शुभकामना दिन चाहन्छु ।’
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकलगायतका विविध विषय समेटिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले घरपझोङमा विभिन्न आकारमा रहेका ढुङ्गाहरूलाई मूर्तिको रूप दिने छौँ । मुस्ताङको सांस्कृतिक पर्यटन प्रवर्धनमा यस कार्यशालाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’
घरपझोङका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद बस्नेतले प्रतिष्ठानसँगको सहकार्यले पालिकालाई उत्साहित बनाएको बताउँदै ललितकला पर्यटनको प्रवर्धनका लागि गाउँपालिकाले कार्यशालाको आयोजना गरेको धारणा राख्नुभयो । कार्यक्रममा गाउँपालिका, प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, वडाका प्रतिनिधि, समाजसेवी, स्थानीय, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । १५ दिनसम्म चल्ने कार्यशालामा ३० जना कलाकारहरूले सहभागिता जनाउनुभएको छ ।

हार्दिक निमन्त्रणा
20/04/2026

हार्दिक निमन्त्रणा

Address

Naxal
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714530251

Alerts

Be the first to know and let us send you an email when Nepal Academy of Fine Arts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Academy of Fine Arts:

Share