Kiran Babu Pun

Kiran Babu Pun General Manager of सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation. Lyricist, musician.

General Manager of Cultural Corporation Nepal, lyricist, musician.

प्राकृतिक पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा आरोग्य पर्यटनलाई गीति कृति मार्फत प्रवर्द्धन गर्ने उद्देश्यका सा...
25/09/2026

प्राकृतिक पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा आरोग्य पर्यटनलाई गीति कृति मार्फत प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेरो र प्यारो भाइ शक्ति चन्दको आवाजना विगतमा जस्तै माया, साथ र सद्भावको अपेक्षा सहित विविधतायुक्त नेपालको पहिचानलाई अभिव्यक्त गर्ने मौलिक सिङारू गीत "स्यान्दाइ" को श्रव्यदृश्य सामग्री प्रकाशन गरिएको छ ।

गीति कृतिभित्रको एक शब्दांश:
"मौराखारा लेक घुमौला घोगा रोटा खाउँला ।
दाजुभाइले ठगान राखौं डिग्रे मन्दिर जाउँला ।।"

प्रस्तुत गीति शब्दांशमा ठेट नेपाली शब्दहरूको प्रयोग गरी आरोग्य पर्यटनभित्रको एक अवयव सात्विक भोजन "घोगा रोटा (मकैको रोटी)" को वर्णन, प्राकृतिक पर्यटन तथा आरोग्य ध्यान केन्द्रका लागि उपयुक्त गन्तव्य मौराखारा लेकको वर्णन र धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्य प्रसिद्ध स्थल डिग्रे साइकुमारी मन्दिरको वर्णन गरिएको छ । यसैगरी यस मौलिक गीति कृतिमा हरेक शब्दांशमा नवजागरणमूलक विम्बहरू समावेश गरिएको छ ।
मौलिक सिङारू गीत "स्यान्दाइ"
स्वर : किरण बाबु पुन र शक्ति चन्द
शब्द तथा भाका सङ्कलन : किरण बाबु पुन
Kiran Babu Pun Shakti Chand

Presenting new Nepali Typical Singaru song Syan Dai by Kiran Babu P...

इन्द्रजात्राको शुभकामना ।।
25/09/2026

इन्द्रजात्राको शुभकामना ।।

मेरो प्यारो भाइ हरि पुन मगरलाई जन्मदिनको अनगिन्ती शुभकामना एवम् सदा आरोग्यमय जिन्दगीको कामना सहित शुभ आशीर्वाद छ ।Hari P...
22/09/2026

मेरो प्यारो भाइ हरि पुन मगरलाई जन्मदिनको अनगिन्ती शुभकामना एवम् सदा आरोग्यमय जिन्दगीको कामना सहित शुभ आशीर्वाद छ ।
Hari Pun Magar

आदरणीय मामा Samrat Kusari ज्यू लाई जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछु ।
21/09/2026

आदरणीय मामा Samrat Kusari ज्यू लाई जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछु ।

“नेपालमा झाँक्री उपचार पद्धति र आरोग्य पर्यटन” नामक पुस्तक विमोचनःमगर सांस्कृतिक अध्ययन नेपालले औपचारिक रूपमा नयाँ सङ्कल...
21/09/2026

“नेपालमा झाँक्री उपचार पद्धति र आरोग्य पर्यटन” नामक पुस्तक विमोचनः
मगर सांस्कृतिक अध्ययन नेपालले औपचारिक रूपमा नयाँ सङ्कल्पका साथ आफ्ना क्रियाकलाप अगाडि बढाउने शुभारम्भ गरेको यस परिवेशमा नेपाली संस्कृतिलाई प्राज्ञिक तवरले नयाँ उचाईमा पुर्याउन सकोस् भन्ने शुभेच्छा सहित हार्दिक बधाई एवम् ऐतिहासिक सफल यात्राको शुभकामना व्यक्त गर्दछु । साथै, उक्त कार्यक्रममा विमोचन गरिएको, एक जीवन्त मानव सम्पदा एवम् आदिवासी जनजाति आयोगका सदस्य मा.डा.मीन श्रीस मगर ज्यू द्वारा लिखित “नेपालमा झाँक्री उपचार पद्धति र आरोग्य पर्यटन” नामक पुस्तकको ऐतिहासिक सफलताको शुभकामना व्यक्त गर्दछु ।

मानव सभ्यताको इतिहासकालदेखि वर्तमानसम्मको सामाजिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, वैज्ञानिक एवम् डिजिटल युगको प्रभावलाई निकै गहन ढंगले अनुसन्धान गरी विशिष्ट साधनाले भरिपूर्ण कृति स्वरूप यो पुस्तक विमोचन हुनुले यस संस्थाले शुभारम्भमै अत्यन्तै गर्विलो कार्यको शिलान्यास गरको पुष्टि भएको छ ।

यो पुस्तकबाट नेपाली माटोको मौलिक सौन्दर्यशास्त्र र दर्शनका लागि कोशेढुंगा साबित हुनेछ भन्ने मैले विश्वास लिएको छु । मेरो दृष्टिकोणबाट पुस्तकमा समावेश गरिएका मुख्य चारवटा सबल पक्षहरू:
१. पाश्चात्य सौन्दर्यशास्त्र र जलवायु परिवर्तनको प्रभावलाई नेपाली माटोको सुगन्धयुक्त ‘आदिवासी सौन्दर्यशास्त्र’ को माध्यमबाट नवजागरण
२. आदिवासी समुदायको इतिहासको ऐतिहासिक दस्तावेजीकरण
३. नेपाल सरकारको गौरवको योजना अभौतिक सांस्कृतिक सम्पदा (ICH) सूचीकरणका लागि दस्तावेजीकरण
४. नेपाल सरकारको दीर्घकालीन परियोजना “राष्ट्रिय आरोग्य पर्यटन रणनीति (२०२६–२०३५)” सफल पार्नका लागि ऐतिहासिक मार्गदर्शन


Man Bahadur Pun Magar Min Shris

संविधान दिवसको शुभकामना ।।
19/09/2026

संविधान दिवसको शुभकामना ।।

उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली ।।
16/09/2026

उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली ।।

राष्ट्रिय बाल दिवसको शुभकामना: डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले भू-संस्कृति हाबी हुनाले बालबालिकाहरूमा नेपाली संस्कृत...
14/09/2026

राष्ट्रिय बाल दिवसको शुभकामना:
डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले भू-संस्कृति हाबी हुनाले बालबालिकाहरूमा नेपाली संस्कृति प्रतिको चिन्तन ह्रास हुँदै गएको परिवेशमा हरेक अभिभावकले आफ्नो सन्ततिलाई मौलिक संस्कृति सम्बन्धी ज्ञान सम्प्रेषण गर्नु अपरिहार्य छ ।

यस दिवसले बालबालिकाहरूलाई नैतिक संस्कृतिले सुसज्जित गराई राष्ट्रका धरोहरका रूपमा परिचित हुने सत्मार्ग प्रदान गर्न सकोस् भन्ने शुभेच्छा सहित "राष्ट्रिय बाल दिवस - २०८३" को शुभकामना व्यक्त गर्दछु ।

किरण बाबु पुन
महाप्रबन्धक
सांस्कृतिक संस्थान

सांस्कृतिक पर्व तीजको शुभकामना ।।
14/09/2026

सांस्कृतिक पर्व तीजको शुभकामना ।।

Address

Jamal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kiran Babu Pun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kiran Babu Pun:

Shortcuts

Share