Simta Gaupalika

Directions Website Contact the organization

Simta Gaupalika सिम्ता गाउँपालीका-राकम,सुर्खेत

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना !
26/10/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना !

“प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बालविकास शिक्षकहरुको २ दिनको घुम्ति बैठक तथा अभिमुखिकरण कार्यक्र...
13/10/2026

“प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बालविकास शिक्षकहरुको २ दिनको घुम्ति बैठक तथा अभिमुखिकरण कार्यक्रम" सिम्ता गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धि बहादुर गौतमको अध्यक्षता तथा सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द र उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को प्रमुख आथित्यतामा सम्पन्न भएको छ । कार्यक्रम प्राविधिक सहयोग सेतो गुराँस बालविकास सेवा प्राविधिक सहयोग, समाज जागरण केन्द्र स्याक नेपालको सहजिकरण र सिम्ता गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न।विश्व मानसिक स्वास्थ्य दिवस हरे...
10/10/2026

विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न।
विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० मा मनाइन्छ। यसै अवसरमा सिम्ता गाउँपालिका, सुर्खेतमा मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतबाट आउनुभएकी मनोविद् श्री लक्ष्मीमाया तामाङज्यूले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री धनीराम शर्माज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा मानसिक स्वास्थ्यको महत्त्व, मनोसामाजिक समस्याको पहिचान, तनाव व्यवस्थापन, भावनात्मक स्वास्थ्य तथा मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणा र विभेद न्यूनीकरणका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
स्वस्थ मन, स्वस्थ जीवन। 💚

सिम्ता गाउँपालिका ,हेल्भेटास नेपाल र सुन्दर नेपाल संस्थाको साझेदारीमा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको पालि...
08/10/2026

सिम्ता गाउँपालिका ,हेल्भेटास नेपाल र सुन्दर नेपाल संस्थाको साझेदारीमा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको पालिका स्तरीय वार्षिक योजना तर्जुमा ,समीक्षा तथा समन्वयात्मक बैठक गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा रेग्मी ,प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको आतिथ्यतामा सम्पन्न भएको छ।

सिम्ता गाउँपालिका र सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशकाे साझेदारीमा आ ब ०८२/०८३ मा विद्यालयको चाैघेरामा पुग्न नसकेक...
05/10/2026

सिम्ता गाउँपालिका र सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशकाे साझेदारीमा आ ब ०८२/०८३ मा विद्यालयको चाैघेरामा पुग्न नसकेका पुर्व ज्ञान र सीप भयका सर्बसाधारण नागरिकहरूलाई पुर्ब सिकाई मान्यता बिधिबाट प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद (CTEVT) कर्णाली प्रदेश कार्यालय विरेन्द्रनगर सुर्खेतबाट सीप परिक्षण गरि Level 2 सम्मकाे मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरियकाे छ । सफल सम्पूर्णमा शुभकामना तथा चालू आ ब ०८३/०८४ मा पनि सीप परिक्षण भई प्रमाणपत्र बितरण गरिने कार्यक्रम रहेको जानकारी गरिन्छ ।

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धि सूचना !
01/10/2026

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धि सूचना !

सिम्ता गाउँपालिका भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सहजीकरण समितिको बैठक समितिका अध्यक्ष ऐन बहादुर च...
01/10/2026

सिम्ता गाउँपालिका भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सहजीकरण समितिको बैठक समितिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा विभिन्न निर्णय गरी सम्पन्न भएको छ।

सिम्ता गाउँपालिकाको समन्वय ,हेल्भेटास नेपाल,र काठमाडौ विश्वविद्यालयको समन्वय र सुशासन पर्वद्धनको लागि युवा (YGGP) को आयो...
30/09/2026

सिम्ता गाउँपालिकाको समन्वय ,हेल्भेटास नेपाल,र काठमाडौ विश्वविद्यालयको समन्वय र सुशासन पर्वद्धनको लागि युवा (YGGP) को आयोजनामा स्थानीय अनुकूलन कार्ययोजना LAPA २०७९ सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को उपस्थितिमा सम्पन्न भएको छ।

सिम्ता गाउँपालिका वडा न ९ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निस्शा वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष ऐन बहादुर...
28/09/2026

सिम्ता गाउँपालिका वडा न ९ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निस्शा वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,वडा अध्यक्ष कविराज योगी ,विभिन्न राजनीतिक दलका प्रतिनिधि र वडा सदस्यहरुको उपस्थितिमा निस्शा वितरण गरिएको छ।

निशुल्क कृत्रिम हात उपलब्ध गराउने सम्बन्धि सूचना !
25/09/2026

निशुल्क कृत्रिम हात उपलब्ध गराउने सम्बन्धि सूचना !

Address

Rakam
Surkhet
21700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Simta Gaupalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Simta Gaupalika:

Shortcuts

Share