Bhaktapur Municipality

Bhaktapur Municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhaktapur Municipality, Government Organization, व्यासी, Bhaktapur.

उपत्यकाको खानेपानी व्यवस्थापनको लागि भन्दै सरकार एसियाली विकास बैङ्कबाट झन्डै २४ अर्ब ऋण लिन तयार !काठमाडौँ, १९ साउन । क...
04/08/2026

उपत्यकाको खानेपानी व्यवस्थापनको लागि भन्दै सरकार एसियाली विकास बैङ्कबाट झन्डै २४ अर्ब ऋण लिन तयार !

काठमाडौँ, १९ साउन । काठमाडाँै उपत्यका खानेपानी व्यवस्थापनमा सुधार गर्न नेपाल सरकारले एसियाली विकास बैङ्कसँग १७० मिलियन डलर (झन्डै २४ अर्ब) रुपैयाँ ऋण लिन लागेको छ । २०८१ पुस २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल सरकार र एसियाली विकास बैङ्कबिच सम्झौता भएको थियो ।
उक्त सम्झौताअनुसार मिति २०८२/९/५ गते तत्कालीन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतामा वर्तमान बोर्डका कार्यकारी निर्देशक डोलप्रसाद चापागाईले पनि हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताको हस्ताक्षरलाई अनुमोदन गर्न मङ्गलबार बसेको बोर्डको कार्यकारी समितिमा प्रस्तुत गरेपछि त्यसको विस्तृत विवरण प्रस्तुत गर्नुपर्ने बोर्ड सदस्यहरूले माग गर्नुभयो ।
बैठकमा नेपालका बैङ्कमा खर्बाैँ रुपैयाँ लगानी योग्य रकम हुँदा हुँदै एसियाली विकास बैङ्कसँग त्यत्रो पैसा लिन सरकार किन लालायित भयो भन्ने प्रसङ्ग उठेको थियो । “नेपाली बैङ्क र सहकारी संस्थाहरूमा सबैको मौज्दात भएकोले ब्याज दर घटाउँदै छ तर सरकार विदेशी बैङ्कबाट ऋण लिन खोज्दै छ । के यो सरकारले देशलाई विदेशी बैङ्कहरूको ऋणको पासोमा फसाउन खोजेको त होइन ?” समितिका सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रश्न गर्नुभयो ।
कार्यकारी निर्देशक चापागाईले यसअघिका कार्यकारी निर्देशकले हस्ताक्षरसमेत गरेको सम्झौता भनी अनुमोदनको लागि आग्रह गर्नुभयो ।
मेलम्ची खानेपानी २०/२२ अर्बमा सम्पन्न हुने भनिएकोमा अहिले ६० अर्बभन्दा बढी खर्च भइसक्दा पनि सम्पन्न हुन नसकेको बेला पानी मिनरल वाटरभन्दा महँगो पर्ने अवस्था आएको भन्दै विदेशी बैङ्कको ऋण लिन सचेत हुनुपर्ने उहाँले बताउनुभयो
काठमाडौँ उपत्यकाको खानेपानी अभाव न्यून गर्न सिस्नेरी खानेपानी आयोजनाअन्तर्गत बाँध डिजाइनको लागि अन्तर्राष्ट्रिय परामर्श दाता छनौट गरी कार्य अगाडि बढाउन ने.रु. झन्डै ३० करोडको अनुदान प्राप्त हुने बैठकमा जानकारी गराइयो । सहभागीहरूले त्यो अनुदान स्वीकारेको खण्डमा उक्त बाँध निर्माणको लागि विश्व बैङ्कसँग ऋण लिन बाध्य हुनपर्ने, सबै रिपोर्ट उनलाई थाहा हुने हुँदा अनुदान नेपाललाई फसाउने अर्को जालसाजी हुन सक्ने र त्यो रकम नेपाल सरकारले नै व्यहोर्नुपर्नेमा जोड दिनुभयो ।
“नेपाल सरकारले महानगरपालिकाहरूलाई एक अर्बभन्दा बढी वार्षिक अनुदान दिन सक्छ भने ३० करोड रुपैयाँको लागि विदेशीसामु हात थाप्नु लज्जाको विषय हो”, समिति सदस्य प्रजापतिले भन्नुभयो । भनपाले २०७२ सालको विनाशकारी भूकम्पपछि जर्मन सरकारले अनुदानस्वरूप दिएको १ अर्ब २० करोड (१ करोड युरो) फिर्ता गरेको जानकारी पनि उहाँले दिनुभयो । लामो छलफलपछि एसियाली विकास बैङ्कको ऋण र विश्व बैङ्कको अनुदानबारे विस्तृत प्रस्तुतिसहित अर्काे बैठक बस्ने गरी बैठक टुङ्ग्याइएको थियो ।
बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्ण डंगोलसहित बोर्डका अन्य सदस्यहरूको उपस्थिति थियो । बैठक काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको थियो ।

सीप विकास र शिक्षामार्फत सिर्जनशीलता, संस्कृति र सम्भावनालाई सशक्त बनाउने उद्देश्यले आयोजित ‘Cultural and Creative Indus...
03/08/2026

सीप विकास र शिक्षामार्फत सिर्जनशीलता, संस्कृति र सम्भावनालाई सशक्त बनाउने उद्देश्यले आयोजित ‘Cultural and Creative Industries Friends Group’ सम्बन्धी छलफल तथा कार्यक्रममा भाग लिनहुँदै भनपाका उपप्रमुख रजनी जोशी
मिति २०८३ श्रावण १८ गते सोमबार ।

वातावरण संरक्षण सबैको साझा कर्तव्य हो
03/08/2026

वातावरण संरक्षण सबैको साझा कर्तव्य हो

वातावरण संरक्षण सबैको साझा कर्तव्य हो ।त्रिचन्द्र बहुमुखी क्याम्पस...

‘परम्परागत औद्योगिक सम्पदाः परम्परादेखि नवप्रवर्तनसम्म’ कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न२०८३ साउन १८ भक्तपुर घरेलु ...
03/08/2026

‘परम्परागत औद्योगिक सम्पदाः परम्परादेखि नवप्रवर्तनसम्म’ कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न
२०८३ साउन १८
भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समितिले गो लोकल अभियानअन्तर्गत मिति २०८३ जेठ १४ गते सम्पन्न ‘परम्परागत औद्योगिक सम्पदा ः परम्परादेखि नवप्रवर्तन सम्म’ अन्तरसंवाद कार्यक्रमको समीक्षा कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ‘१०० वर्षपछिको भक्तपुर’ पुस्तकलाई आधार मानेर दीर्घकालीन योजना तथा विकासका कार्यक्रम अघि बढाइरहेको बताउँदै भक्तपुरका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले आन्तरिक पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै विभिन्न गतिविधि सञ्चालन भइरहेको जानकारी दिँदै भक्तपुरमा रहेका जात्रा, पर्व र सांस्कृतिक परम्पराहरूलाई स्थानीय समुदायसँगको सहकार्यमा संरक्षण र प्रवद्र्धन गर्दै आएको बताउनुभयो । हरेक वर्ष सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने तथा भक्तपुर महोत्सवलाई पनि मूर्त र अमूर्त सम्पदा संरक्षणकै अभियानका रूपमा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरका सांस्कृतिक सम्पदाको व्यवस्थित दस्तावेजीकरण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै स्थानीय मौलिक सम्पदालाई राष्ट्रिय सूचीकरणमा समावेश गराउने क्रममा जुजुधौ, तःकाः तपुली, कवाङचा प्याखं, घाँतु म्ये, कसिमला पाय्लाई मौलिक परम्परा तथा उत्पादनलाई सूचीकरणको प्रक्रियामा अघि बढाइएको जानकारी दिनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय इतिहास, संस्कृति, परम्परा र मौलिक पहिचान समेटिएको स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा पठनपाठन गराइरहेको बताउँदै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र सम्पदाप्रति सचेत बनाउनका साथै सीपमूलक शिक्षामार्फत धेरै युवालाई विभिन्न परम्परागत तथा व्यावसायिक सीप प्रदान गरिएको जानकारी दिनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले पर्यटन प्रवद्र्धनसँगै स्थानीय संस्कृति, परम्परा र मौलिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले युवालाई उद्यमशीलता कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउन संघीय सरकारबाट आवश्यक नीतिगत, प्राविधिक तथा आर्थिक सहजीकरण आवश्यक रहेको बताउँदै स्थानीय तहका प्रयासलाई केन्द्र सरकारको सहयोग थप सशक्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगर प्रमुख प्रजापतिले स्थानीय उत्पादन र परम्परागत उद्योगको संरक्षण तथा प्रवद्र्धनका लागि विदेशी वस्तुको अनियन्त्रित आयातमा आवश्यक नियमन गर्न केन्द्र सरकारले प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने र स्थानीय उद्योग, शिल्प र मौलिक उत्पादनलाई प्रोत्साहन गर्न अनुदान, सहुलियतपूर्ण कर्जा तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय कला संग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठले कार्यक्रममा विविध क्षेत्रका व्यक्तित्वहरूको सहभागितिले छलफललाई थप प्रभावकारी बनाएको बताउँदै कार्यक्रमको मुख्य उद्देश्य भक्तपुरलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्नु रहेको उल्लेख गर्दै वर्तमान सन्दर्भमा राज्यका सेवा–सुविधाको अधिकतम उपयोग गर्दै स्थानीय कला, संस्कृति र उत्पादनलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख नवराज अधिकारीले वर्तमान समाज व्यापार, वाणिज्य र उद्योगतर्फ तीव्र रूपमा अग्रसर भइरहेको उल्लेख गर्दै यस परिवेशमा सांस्कृतिक सम्पदाको मौलिकता जोगाउनु चुनौतीपूर्ण भए पनि अपरिहार्य रहेको बताउनुभयो ।
सामाजिक उद्यमी अनिल चित्रकारले विश्वभर ११ सयभन्दा बढी विश्व सम्पदा स्थल रहेको उल्लेख गर्दै मूर्त र अमूर्त सम्पदा एकअर्कासँग अन्तरसम्बन्धित रहेको बताउनुभयो । उहाँले अमूर्त सम्पदाको संरक्षणसँगै मूर्त सम्पदाको महत्व अझ बढ्ने बताउँदै भक्तपुरमा अमूर्त सम्पदा संरक्षणका प्रशस्त सम्भावना रहेको र त्यसका लागि स्थानीय नेतृत्व सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
उद्यमी नीलकृष्ण ताम्राकारले धेरै परम्परागत हस्तकलाहरू लोप हुने अवस्थामा पुगेको भन्दै तिनलाई पुनर्जीवित गर्न औद्योगिक ढाँचामा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अमूर्त सम्पदाको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसको प्रतिफल स्थानीय नेवार समुदायले पनि पाउनुपर्ने धारणा व्यक्त व्यक्त गर्नुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले ‘गो लोकल’ कार्यक्रमअन्तर्गत १५ वटा मौलिक उत्पादनलाई सूचीकृत गरिएको जानकारी दिँदै ती उत्पादनलाई नवप्रवर्तन, बजार विस्तार र आधुनिक प्रविधिसँग कसरी जोड्ने भन्ने विषयमा संघले निरन्तर छलफल गरिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले नेवार समुदायको परम्परा र पेशालाई जीवित राख्न सके स्वरोजगारका प्रशस्त अवसर सिर्जना हुने बताउँदै औपचारिक शिक्षासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीप र ज्ञानको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले स्थानीय उत्पादन र उद्यमसँग सम्बन्धित आर्थिक गतिविधि विस्तार भए नयाँ पुस्ताले प्रत्यक्ष लाभ लिन सक्ने बताउँदै उत्पादनलाई व्यावसायिक, प्रतिस्पर्धी र बजारमुखी बनाउन सके युवापुस्ता यस क्षेत्रमा आकर्षित हुने धारणा राख्नुभयो ।
स्टोरी साइकलका सौरभ ढकालले सम्पदा संरक्षणमा दस्तावेजीकरण अत्यन्त महत्वपूर्ण पक्ष भएको बताउँदै अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्दै क्राउड सोर्सिङको अवधारणालाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
ख्वप कलेजकी प्राध्यापक सुनिता गाइसीले शिक्षालाई श्रम र उद्यमशीलतासँग जोड्ने उद्देश्यले कलेजमा इन्क्युबेसन सेन्टर सञ्चालन गरिएको जानकारी दिँदै विद्यार्थीलाई उद्यम र परम्परागत पेशासँग जोड्ने लक्ष्यसहित कलेजमा हाटबजार सञ्चालन गर्दै उनीहरूलाई उत्पादन, बजार र व्यवसायबारे व्यावहारिक अनुभव प्रदान गरिएको बताउनुभयो ।
बागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजले विद्यार्थीमा उद्यमशीलता विकास गर्ने उद्देश्यले उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै नयाँ पुस्तालाई रोजगारी खोज्ने मात्र होइन, उद्यमी बन्न प्रेरित गर्न शिक्षा, संस्कृति र नवप्रवर्तनबीचको सम्बन्धलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो ।
‘गो लोकल’ अभियानका संयोजक वीरेन्द्र जतिले धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा भएको गहन र सार्थक छलफलले स्थानीय उत्पादन, परम्परागत सीप तथा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि स्पष्ट मार्गदर्शन गरेको बताउनुभयो ।
उहाँले छलफलमा उठाइएका सुझावलाई कार्यान्वयनमा लैजान स्पष्ट, प्रभावकारी र व्यवहारिक नीतिको निर्माण तथा कार्यान्वयन अत्यावश्यक रहेको उल्लेख गर्दै मूर्त र अमूर्त सम्पदाको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि सबै सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर विकास तथा पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्माले कार्यक्रमको उद्देश्य भक्तपुरका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई आधुनिक सोच र नवप्रवर्तनसँग जोड्दै आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनु रहेको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा ‘गो लोकल’ अभियानअन्तर्गत २०८३ जेठ १४ गते आयोजित कार्यक्रमको प्रतिवेदन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिका वडा न ९ कार्यालयको आयोजनामा डिजिटल मार्केटिङ तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमभक्तपुर, साउन १...
02/08/2026

भक्तपुर नगरपालिका वडा न ९ कार्यालयको आयोजनामा डिजिटल मार्केटिङ तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
भक्तपुर, साउन १७ गते ।
भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजनामा वडावासी युवा विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल मार्केटिङसम्बन्धि एक महिने तालिमको आइतबार एक समारोहबीच समापन तथा प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासी युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिमहरु संचालन गर्दै आएको जानकारी दिँदै तालिमबाट प्राप्त सीपलाई आप्mनो व्यक्तित्व विकाससंगै समाज र देशको प्रगतिमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले पूँजीवादी समाजमा आर्थिक असमानताको खाडल गहिरिँदै जाने उल्लेख गर्दै योग्यता अनुसार काम र काम अनुसार ज्यालाको बन्दोबस्त हुने समाजवादी व्यवस्थाको विशेषताबारे युवाहरुलाई प्रशिक्षित गर्नुभयो । उहाँले भन्नुभयो, ‘समाजवादमा हरेक नागरिकलाई शिक्षा र स्वास्थ्य उपचारसंगै हातमा सीप प्रदान गरेर सम्मानपूर्वक जिउने र सामाजिक उत्तरदायित्वबोध गराइन्छ ।’
नयाँ पुस्ताले पढाइसंगै देशको राजनैतिक अवस्थाको बारेमा जानकारी लिनुपर्ने प्रमुख प्रजापतिले बताउनुभयो । विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका उपलब्धीहरु समाप्त हुने र देशमा निरंकुशता जन्मने खतरा रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले सचेत नागरिकले देशलाई खरानी हुनबाट र सार्वभौमिकता कमजोर हुनबाट जोगाउँछ भन्नुभयो ।
वडाध्यक्ष रविन्द्र ज्याख्वले तालिमबाट सिकेको सीपको उपयोग गर्दै डिजिटल प्लाटफर्ममार्पmत भक्तपुरलाई संसारसामू चिनाउन सबैलाई अनुरोध गर्नुभयो । भक्तपुरको आर्थिक, सामाजिक र शैक्षिक उन्नयनमा अग्रजहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले भक्तपुरको इतिहासबाट सिकेर सुसंस्कृत र अनुशासित समाज निर्माणमा युवाहरु जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखूले डिजिटल मार्केटिङको तालिमले युवाहरुलाई रोजगारीको नयाँ अवसर प्रदान गरेको बताउनुभयो ।
प्रशिक्षक रश्मी शाक्यले प्रशिक्षणको अनुभव सुनाउँदै सिर्जनशील कार्य र व्यवसाय प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विवेक कोजूले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट जयराम कोजू र कृपा प्रजापतिले तालिमबाट सिकेका जीवनोपयोगी सीपहरु सदुपयोग गर्ने उल्लेख गर्दै तालिम संचालन गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
तालिममा वडाका २१ जना युवाहरुले तीस दिनसम्म डिजिटल मार्केटिङका विभिन्न आयामहरुबारे सैद्धान्तिक तथा व्यवहारिक सीप सिकेको आयोजकले बताएको छ ।

विद्यालयको शैक्षिक स्तर उठाउन सामूहिक भावना राखेर काम गर्नुपर्नेभक्तपुर, १७ साउन । गणेश माध्यमिक विद्यालयले स्वेच्छिक अव...
02/08/2026

विद्यालयको शैक्षिक स्तर उठाउन सामूहिक भावना राखेर काम गर्नुपर्ने
भक्तपुर, १७ साउन । गणेश माध्यमिक विद्यालयले स्वेच्छिक अवकाश लिनुभएका पूर्वप्रधानाध्यापक गणेशराम थुसालाई आइतबार एक विशेष कार्यक्रमबिच बिदाइ गर्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलका अग्रज, समाजसेवी र शिक्षाप्रेमीहरूले विद्यालय स्थापना गर्न, विद्यालय भवन बनाउन चन्दा, सहयोग र साथ दिएकै कारण आज शिक्षकहरूले अध्यापन गर्न पाएको उल्लेख गर्दै विद्यार्थीको शैक्षिक ज्ञान अभिवृद्धि गर्न र व्यक्तित्व विकास हुने अतिरिक्त क्रियाकलाप गर्न आइतबारलाई उपयोग गर्न सुझाव दिनुभयो ।
विद्यालयको शैक्षिक स्तर उठाउन सामूहिक भावना राखेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो कमी कमजोरी औँल्याएर काम गरेमा उद्देश्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले नयाँ प्रधानाध्यापकले थप जिम्मेवारी सम्हालेर काम गर्नुपर्नेमा जोड दिँदै निवृत्त शिक्षकले आफ्नो शिक्षण अनुभवबारे लेख लेखेर अरूलाई प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पूर्वप्रअ गणेशराम थुसाले सेवा अवधि ३० महिना बाँकी भए पनि स्वेच्छाले अवकाश लिएको उल्लेख गर्दै असल कामको अनुकरण गर्ने र कमीकमजोरी सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यालयका अभिभावक, समुदायका अग्रज र शिक्षाप्रेमीहरूको सहयोग र सुझावले विद्यालय अघि बढिरहेको उल्लेख गर्दै उहाँले भक्तपुर शिक्षा क्षेत्रमा नमुनाको रूपमा अघि बढिरहेको छ भन्नुभयो ।
विद्यालयका संस्थापक सदस्य एवं पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुले विद्यालयको विकास र स्थापनबारे जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीसुन्दर सुवालले विद्यालय सञ्चालनमा अथक प्रयास गर्ने पूर्वप्रअ गणेशराम थुसा एक कर्तव्यनिष्ठ शिक्षक हुनुहुन्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षक सुशीला न्याइच्याईले पनि बोल्नुभएको थियो ।

ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा विद्यार्थी बिदाइ तथा सांस्कृतिक कार्यक्रम सम्पन्नभक्तपुर, १६ साउन २०८...
01/08/2026

ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा विद्यार्थी बिदाइ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
भक्तपुर, १६ साउन २०८३ – भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ को संयुक्त आयोजनामा आर्किटेक्चर २०७७ तथा इन्जिनियरिङ २०७८ भर्ना समूहका विद्यार्थीहरूको बिदाइ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिजुक्छेंले पानसमा दीप प्रज्ज्वलन गरी मंगलधुनका साथ गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले जनतामा नागरिक भावनाको कमी रहेको बताउँदै देश र समाजको निःस्वार्थ रूपमा सेवा गर्ने भावना विकास गर्न आवश्यक रहेको औँल्याउनुभयो। उहाँले स्नातक तहको इन्जिनियरिङ शिक्षा पूरा गरेका विद्यार्थीले आफूले आर्जन गरेको ज्ञान, सीप, दक्षता र क्षमताको प्रयोग गरी आफ्नै देशलाई समृद्ध बनाउन योगदान पुर्याउनुपर्ने बताउनुभयो। उहाँले इन्जिनियरिङ शिक्षा हासिल गरेपछि विदेशमा सस्तो ज्यामीका रूपमा श्रम गर्न जान नहुनेतर्फ विद्यार्थीलाई सचेत गराउँदै स्वदेशमै आफ्नो ज्ञान र दक्षताको उपयोग गरी देश विकासमा योगदान पुर्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापति ले सभापतिको आसनबाट बोल्दै विश्वविद्यालयबाट सैद्धान्तिक ज्ञान प्राप्त गरे पनि विद्यार्थीले व्यावहारिक ज्ञान सिक्न अझै बाँकी रहने बताउनुभयो। उहाँले समाजमा परम्परागत सीप भएका दक्ष डकर्मी, सिकर्मी तथा अनुभवी प्राविधिकबाट पनि धेरै कुरा सिक्न सकिने उल्लेख गर्नुभयो।
भक्तपुरका ५५ झ्याले दरबार, पाँचतले मन्दिर, स्वर्णद्वार लगायतका ऐतिहासिक सम्पदाहरू इन्जिनियरिङ सीप र कलाका उत्कृष्ट नमुना भएको उल्लेख गर्दै उहाँले औपचारिक इन्जिनियरिङ शिक्षाको विकास नभएको समयमा निर्माण गरिएका ती सम्पदाहरू आजको आधुनिक इन्जिनियरिङका लागि समेत चुनौती र अध्ययनका महत्वपूर्ण विषय रहेको बताउनुभयो। उहाँले पुर्खाले विकास गरेका परम्परागत सीप, ज्ञान र कौशलबाट सिक्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
अर्को प्रसङ्गमा प्रमुख प्रजापतिले विकास निर्माणमा इन्जिनियरहरूको महत्वपूर्ण भूमिका हुने बताउँदै प्राविधिक कमजोरीका कारण कमजोर संरचना निर्माण भएमा त्यसको असर धेरै नागरिकले भोग्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले भक्तपुरका विभिन्न सम्पदाको संरक्षण तथा पुनर्निर्माण र अन्य विकास निर्माणका कार्यमा नगरपालिकाद्वारा सञ्चालित दुवै इन्जिनियरिङ कलेजको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।
ख्वपका शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीमा समाजसेवाको भावना रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीमा इमानदारिता, नैतिकता र सामाजिक उत्तरदायित्व उच्च रहेको बताउनुभयो। अनुशासन, इमानदारिता र सेवाभाव नै ख्वपको पहिचान भएको उहाँको भनाइ थियो।
भक्तपुर नगरपालिकाले निर्माण कार्यमा कुनै पनि प्रकारको प्राविधिक कमजोरी स्वीकार नगर्ने स्पष्ट पार्दै उहाँले विद्यार्थीलाई पनि आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्दा इमानदार, जिम्मेवार र व्यावसायिक मर्यादाप्रति प्रतिबद्ध भएर काम गर्न सुझाव दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई ले विद्यार्थी बिदाइको अवसरलाई भावनात्मक तथा महत्वपूर्ण क्षणका रूपमा उल्लेख गर्दै देशले असल, सक्षम र समर्पित नागरिक खोजिरहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई परिवर्तनको संवाहक आफैँ बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू सामूहिक प्रयासको परिणाम भएको बताउँदै उहाँले ठूलो वा धनी व्यक्ति बन्नुभन्दा असल नागरिक बन्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। देशमा नागरिक भावना र अनुशासनको कमी रहेको तथा जनताको चाहनाअनुसार अपेक्षित परिवर्तन हुन नसकेको उल्लेख गर्दै उहाँले जनअपेक्षाअनुसार सन्तुलित विकास हुन नसकेको, सबै नागरिकले समान अवसर नपाएको, विभिन्न क्षेत्रमा भागबन्डा र नातावाद कायम रहेको तथा बौद्धिक पलायन रोक्न नसकिएको बताउनुभयो।
यस्ता विकृतिविरुद्ध सचेत र सक्रिय हुनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीले अनुशासन कायम गर्नुका साथै संघर्षशील भावना विकास गर्नुपर्ने बताउनुभयो। प्रत्येक व्यक्तिमा फरक–फरक योग्यता र क्षमता हुने भएकाले योग्यताको उचित कदर गर्नुपर्ने तथा सभ्य, दक्ष र जिम्मेवार नागरिक बन्न निरन्तर प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा कलेज सञ्चालक समितिका उपाध्यक्ष आ. रजनी जोशी ले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रका रूपमा विकास गर्न नगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई कार्यस्थलमा प्रवेश गरेपछि आफ्नो पेशागत मर्यादा कायम राख्दै इमानदारिता, जिम्मेवारी र व्यावसायिक अनुशासनका साथ कार्य गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाही ले देशभर सञ्चालनमा रहेका ६१ वटा इन्जिनियरिङ कलेजमध्ये ख्वप उत्कृष्ट कलेजमध्ये एक रहेको बताउनुभयो। उहाँले देश विकासका लागि आफूले कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा स्नातक विद्यार्थीले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
इन्जिनियरिङ पेशामा सिक्नुपर्ने विषय धेरै रहेको उल्लेख गर्दै उहाँले चार वर्षको कक्षाकोठाको सिकाइबाट मात्र पूर्ण दक्षता हासिल नहुने बताउनुभयो। विद्यार्थीले आफ्नो विषयगत क्षमता र रुचिअनुसार निरन्तर ज्ञान तथा सीप आर्जन गर्दै देश र समाजमा योगदान पुर्याउनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक ले ख्वपबाट हालसम्म करिब ३,५५० जना विद्यार्थीले अध्ययन पूरा गरिसकेको जानकारी दिँदै ती विद्यार्थीले विभिन्न क्षेत्रमा रहेर देश र जनताको सेवा गरिरहेको बताउनुभयो। कक्षाकोठाको सीमित संसारबाट अब वास्तविक व्यावसायिक संसारमा प्रवेश गर्दै गर्दा विद्यार्थी अझ इमानदार, अनुशासित र जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल ले प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथि, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई स्वागत गर्दै इन्जिनियरिङ शिक्षाका लागि ख्वप रोजेकोमा विद्यार्थीलाई धन्यवाद दिनुभयो। उहाँले ख्वपको भावना, मर्म र मूल्यअनुसार आफ्नो कार्यक्षेत्रमा इमानदारिता, अनुशासन र सेवाभावका साथ काम गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिलगायतले पाँचवर्षे आर्किटेक्चर तथा चारवर्षे इन्जिनियरिङ अध्ययन पूरा गरेका २८७ जना विद्यार्थीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।
कार्यक्रममा दुवै कलेजका पूर्वविद्यार्थी समाजका संयोजकद्वय ई. नरेश खत्री र ई. गौरव ताम्राकार तथा उत्कृष्ट विद्यार्थीहरू बसन्त पोखरेल र रोहित कुमार शर्मा ले आफ्नो अध्ययनकालका अनुभव सुनाउनुभएको थियो।
कार्यक्रममा कलेज प्रशासन शाखा प्रमुख श्री सञ्जय मानन्धर ले पनि बोल्नुभएको थियो। बिदाइ कार्यक्रमअन्तर्गत student Quality Circleले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक, आकर्षक तथा उल्लासमय बनाएको थियो।

नगर प्रमुख सुनिल प्रजापतिद्वारा सिद्धपोखरी पुननिर्माण कार्यको स्थलगत  निरिक्षण। परम्परागत शैली अनुसार सुर्की-चुनाको प्रय...
31/07/2026

नगर प्रमुख सुनिल प्रजापतिद्वारा सिद्धपोखरी पुननिर्माण कार्यको स्थलगत निरिक्षण। परम्परागत शैली अनुसार सुर्की-चुनाको प्रयोग गरी पुननिर्माण कार्य भइरहेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिसँग यूनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटबीच शिष्टाचार भेट२०८३ साउन १५ भक्तपुर नगरपालिकाका नग...
31/07/2026

नगर प्रमुख सुनिल प्रजापतिसँग यूनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटबीच शिष्टाचार भेट
२०८३ साउन १५
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग नेपालका लागि यूनेस्कोका प्रतिनिधि जाको डु टोइटले शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा भक्तपुरको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र भावी पुस्तामा हस्तान्तरणका विषयमा छलफल भयो ।
भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभयो । सम्पदा क्षेत्रलाई असर पर्ने कन्सर्ट तथा सवारीसाधनहरूको प्रवेशलाई क्रमशः नियन्त्रण गरिएको, पुरानो नगर क्षेत्रभित्र परम्परागत तथा मौलिक शैलीमा घर निर्माण गर्न नागरिकलाई प्रेरित गर्नुका साथै अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
उहाँले अमूर्त सम्पदाको संरक्षणका लागि युवापुस्तालाई विभिन्न सीपमूलक तालिम सञ्चालन, दाफा प्रदर्शन, बाजा प्रतियोगिता तथा परम्परागत ज्ञान र सीपको पुस्तान्तरण एवं हस्तान्तरणमार्फत संरक्षणको कार्य भइरहेको बताउनुभयो । साथै, भक्तपुरको जुजु धौ, माटोका कला, काष्ठकला, धातुकला तथा प्रस्तरकलाजस्ता सिर्जनात्मक कार्यहरुको संरक्षण र प्रवद्र्धनमा नगरपालिकाले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले नयाँ पुस्तालाई स्थानीय सम्पदा, संस्कृति र इतिहासबारे जानकारी गराउन स्थानीय पाठ्यक्रममार्फत अध्ययन–अध्यापन गराइँदै आएको र सांस्कृतिक नगर भक्तपुरमा वर्षभरि सञ्चालन हुने विभिन्न जात्रापर्वले अमूर्त सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटले सम्पदा संरक्षणका क्षेत्रमा युनेस्को र भक्तपुर नगरपालिकाबीच सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सिर्जनात्मक उद्योगको विकासका लागि तालिम सञ्चालन, नेपालका सातै प्रदेशमा अमूर्त सांस्कृतिक सम्पदाको सूचीकृत गर्ने कार्य तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालनमा युनेस्कोले सहकार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँले समुदायमा आधारित सम्पदा संरक्षणले स्थानीय आयआर्जन, रोजगारी सिर्जना तथा दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै सम्पदाको संरक्षणसँगै यसको दिगो उपयोगमा पनि जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भेटका अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित सम्पदा, इतिहास, संस्कृति तथा विकास निर्माणसम्बन्धी विभिन्न प्रकाशनहरू युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटलाई उपहारस्वरूप प्रदान गर्नुभयो ।
भेटमा युनेस्को नेपालको संस्कृति क्षेत्र राष्ट्रिय कार्यक्रम कार्यालयकी नाभा बस्न्यात थापा तथा भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति रहेको थियो ।

जनताको अस्पताल-ख्वप अस्पतालको जिम्मेवारी अझ बढ्दै
30/07/2026

जनताको अस्पताल-ख्वप अस्पतालको जिम्मेवारी अझ बढ्दै

मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लसँग विशेष अन्तरसंवाद ।पूर्वाधा...

Address

व्यासी
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhaktapur Municipality:

Shortcuts

Share