Ministry of Law, Justice and Parliamentary Affairs

Ministry of Law, Justice and Parliamentary Affairs कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

४ भाद्र २०८३ (20 August 2026) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सञ्चालित “Law Ministry for Law Students” का...
20/08/2026

४ भाद्र २०८३ (20 August 2026)
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सञ्चालित “Law Ministry for Law Students” कार्यक्रम अन्तर्गत मन्त्रालय भ्रमण गर्नुभएकोमा विद्यार्थीहरु दिक्षा चालिसे (नेशनल ल कलेज), कामना काफ्ले (ख्वप कलेज अफ ल) लाई हार्दिक आभार व्यक्त गर्दछौँ ।
तपाईंहरूले प्राप्त गर्नुभएको अनुभव उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ भने कृपया हाम्रो Bio मा रहेको Link बाट Form भर्नुहोस्।

अंक ४: मृत्यु पछि आफ्नो अन्तिम संस्कारको विधि आफैँ रोज्न पाइन्छ!
20/08/2026

अंक ४: मृत्यु पछि आफ्नो अन्तिम संस्कारको विधि आफैँ रोज्न पाइन्छ!

अंक ३ः आजीवन कैद हुने गम्भीर कसुर के-के हुन्?
19/08/2026

अंक ३ः आजीवन कैद हुने गम्भीर कसुर के-के हुन्?

२ भदौ २०८३ (18 August 2026)कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको ‘कानून सुधार तथा कानून निर्माण वर...
18/08/2026

२ भदौ २०८३ (18 August 2026)
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको ‘कानून सुधार तथा कानून निर्माण वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा सङ्घीय संसदलाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले सरकारले निर्धारण गरेका १६६ वटा विधेयक समयमै तर्जुमा, स्वीकृति तथा संसदमा प्रस्तुत गर्न आवश्यक तयारीका विषयमा सबै मन्त्रालयका कानून शाखा/महाशाखा प्रमुखहरूसँग दोस्रो बैठक तथा छलफल सम्पन्न भयो।

अंक २: २० वर्ष उमेर नपुगी विवाह गरेमा कानूनले के भन्छ?
18/08/2026

अंक २: २० वर्ष उमेर नपुगी विवाह गरेमा कानूनले के भन्छ?

आज भदौ १ गते मुलुकी संहिता दिवस, २०८३ को अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रम सम्पन्न ...
17/08/2026

आज भदौ १ गते मुलुकी संहिता दिवस, २०८३ को अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रम सम्पन्न भएको छ। मुलुकी संहिताको निर्माणदेखि हालसम्मको अभ्यास र उपलब्धिको समीक्षा गर्दै कार्यान्वयनका क्रममा देखिएका चुनौती, सुधारका आवश्यकता तथा आगामी दिशाबारे कार्यक्रममा महत्वपूर्ण विचार, अनुभव र सुझाव आदानप्रदान भयो ।
कार्यक्रममा गरिमामय उपस्थिति जनाउनुहुने सम्माननीय प्रधानन्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति तथा सदस्यज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, नेपाल बार एशोसिएशनका अध्यक्षज्यू, मुख्यरजिस्टारज्यू, सचिवज्यूहरू, राष्ट्रसेवक कर्मचारी, संहिता निर्माण कार्यदलका सदस्य, कानूनविद्, कानून व्यवसायी, प्राध्यापक, विज्ञ तथा सम्पूर्ण सहभागी महानुभावहरूप्रति मन्त्रालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

२०८३ भाद्र १ (2026 August 17)भाद्र १ अर्थात् संहिता दिवसको अवसरमा कानूनसम्बन्धी जानकारीलाई अझ सरल र पहुँचयोग्य बनाउने उद...
17/08/2026

२०८३ भाद्र १ (2026 August 17)
भाद्र १ अर्थात् संहिता दिवसको अवसरमा कानूनसम्बन्धी जानकारीलाई अझ सरल र पहुँचयोग्य बनाउने उद्देश्यले भदौ महिनाभरी “Law of the Day” शृङ्खला प्रस्तुत गर्दैछौँ। यस शृङ्खलाअन्तर्गत प्रत्येक दिन विभिन्न संहितामा रहेका महत्वपूर्ण कानूनी व्यवस्थामध्ये एउटा विषयलाई सरल भाषामा प्रस्तुत गरिनेछ।
अंक १ : बेपत्ता व्यक्ति कानूनी रूपमा कहिले मृत मानिन्छ?

17/08/2026
२०८३ साउन २९ (2026 August 14) “कानून सुधार तथा कानून निर्माण वर्ष” लाई प्रभावकारी कार्यान्वयन गर्न  उच्चस्तरीय समितिको द...
14/08/2026

२०८३ साउन २९ (2026 August 14)
“कानून सुधार तथा कानून निर्माण वर्ष” लाई प्रभावकारी कार्यान्वयन गर्न उच्चस्तरीय समितिको दोस्रो बैठक सम्पन्न गरिएको छ।

२८ साउन २०८३ (13 August 2026)कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सञ्चालित “Law Ministry for Law Students” कार...
13/08/2026

२८ साउन २०८३ (13 August 2026)
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सञ्चालित “Law Ministry for Law Students” कार्यक्रम अन्तर्गत मन्त्रालय भ्रमण गर्नुभएकोमा विद्यार्थीहरु प्रतिभा रिजाल (मेगा कलेज अफ ल) र सुप्रिया अधिकारी (नेपाल ल क्याम्पस) लाई हार्दिक आभार व्यक्त गर्दछौँ ।
तपाईंहरूले प्राप्त गर्नुभएको अनुभव उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ भने कृपया हाम्रो Bio मा रहेको Link बाट Form भर्नुहोस्।

Address

Singhadurbar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ministry of Law, Justice and Parliamentary Affairs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share