Ministry of Information and Communication- Nepal

Ministry of Information and Communication- Nepal Official page
Ministry of Information & Communication, Government of Nepal

भाद्र १३ गते १६:३० सम्मको अपडेट अनुसार
29/08/2026

भाद्र १३ गते १६:३० सम्मको अपडेट अनुसार

भाद्र १२ गते १९:३० सम्मको अपडेट अनुसार
28/08/2026

भाद्र १२ गते १९:३० सम्मको अपडेट अनुसार

27/08/2026

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा नुवाकोट विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा भएको उच्चस्तरीय बैठक तथा बैठकबाट भएका निर्णय र निर्देशनबारे जानकारी दिनुहुँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना।

उक्त उच्चस्तरीय बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, प्रधानसेनापति अशोक सिग्देल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।

भाद्र ११ गते १८:२१ सम्मको अपडेट अनुसार
27/08/2026

भाद्र ११ गते १८:२१ सम्मको अपडेट अनुसार

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।उक्त बाढीका कारण...
26/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।

उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।

बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ। बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।

यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।

तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

अत्यन्त जरूरी सूचना !!
26/08/2026

अत्यन्त जरूरी सूचना !!

26/08/2026

भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ।

सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ।

रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।

नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीलाई पालना गर्नुहोस्।

यो अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरौँ, एकअर्कालाई सचेत गरौँ र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराऔँ।

- डा. विक्रम तिमिल्सिना, सूचना तथा सञ्चारमन्त्री

25/08/2026

Hon’ble Minister for Information and Communication Dr. Bikram Timilsina delivered the keynote address at the 24th AIBD General Conference in Kathmandu today.

In his address, the Hon’ble Minister highlighted Nepal’s rich broadcasting tradition, the remarkable strength of its community radio movement, the evolving role of public service media, and the opportunities presented by artificial intelligence and digital transformation.

He emphasized a clear vision for the future of media: embracing innovation while safeguarding responsibility, credibility, freedom and public trust.

Innovation with responsibility. Media with credibility. Technology in the service of people and the public interest.

24/08/2026

विकटता भौगोलिक दूरीमा हुन सक्छ, तर डिजिटल पहुँचमा दूरी हुनु हुँदैन।

आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण बडीमालिका भौतिक रूपमा टाढा रहे पनि अब डिजिटल रूपमा नजिकिएको छ।

समुद्री सतहबाट ४,२०० मिटरभन्दा माथि, सडक पहुँचसमेत नभएको बडीमालिकामा आजबाट नेपाल टेलिकमको 4G टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। यस कार्यमा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको प्रत्यक्ष चासो, निगरानी र निरन्तर प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको छ।

करिब एक महिनाको निरन्तर प्रयास, नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण ढुवानी तथा कठिन उच्च हिमाली भूगोलमा नेपाल टेलिकमको प्राविधिक टोलीको अथक मेहनतपछि बडीमालिकाको लौरीविनायकमा टावर स्थापना गरी सेवा सुरु गरिएको हो।

अब बडीमालिका क्षेत्रका स्थानीयवासी, तीर्थयात्री तथा पर्यटकले आफ्ना परिवारसँग सहज सम्पर्क गर्न, सूचना आदानप्रदान गर्न र आवश्यक पर्दा सहायता प्राप्त गर्न सक्नेछन्।

यस वर्षको जनैपूर्णिमा तथा बडीमालिका मेलालाई यो डिजिटल कनेक्टिभिटीले अझ विशेष बनाउनेछ। श्रद्धा, संस्कृति र प्रविधिको संगमका रूपमा यसपटकको मेला थप सुरक्षित, व्यवस्थित र जोडिएको अनुभव बन्ने विश्वास लिएको छु।

नेपाल सरकार देशका प्रत्येक नागरिकसम्म गुणस्तरीय सञ्चार सेवा पुर्‍याउने प्रतिबद्धतामा दृढ छ।

Address

Singhadurbar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851323945

Alerts

Be the first to know and let us send you an email when Ministry of Information and Communication- Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ministry of Information and Communication- Nepal:

Shortcuts

Share