22/09/2026
माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूबाट आगामी कृषि यामका समयमा कृषक वर्गका लागि आवश्यक पर्ने रासायनिक मलखादको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न विशेष पहलकदमी अगाडि बढाइएको छ।
आगामी यामको निमित्त अत्यावश्यक रासायनिक मल खरिद गर्ने प्रयोजनार्थ, अर्थ मन्त्रालयबाट रु. १० अर्ब बराबरको स्रोत सुनिश्चितताको सहमति प्राप्त भइसकेको छ। उक्त बजेट स्रोतको सहमति प्राप्त भएसँगै सोही रकम परिचालन गरी मल खरिदका निमित्त यथाशीघ्र बोलपत्र (टेन्डर) आह्वान गर्ने प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।
कृषकहरूले खेतीपातीको मुख्य समयमा मलको अभाव सामना गर्न नपरोस् भन्ने उद्देश्यअनुरूप, माननीय मन्त्रीज्यूले समयमै मलखादको उचित प्रबन्ध मिलाउन खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन समेत दिनुभएको छ।