Nepal Academy

Nepal Academy The official FB page of Nepal Academy

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा दिवङ्गत व्यक्तित्व लोकप्रिय कवि, गीतकार तथा प्रतिष्ठानका मानार्थ सदस्य श्री दुर्गालाल श्र...
21/08/2026

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा दिवङ्गत व्यक्तित्व लोकप्रिय कवि, गीतकार तथा प्रतिष्ठानका मानार्थ सदस्य श्री दुर्गालाल श्रेष्ठ र संस्कृतिविद् डा राजेन्द्र विमलको स्मृतिमा आयोजित 'विमल-दुर्गा शब्दाञ्जली कार्यक्रम'का तस्वीरहरु ।

आदरणीय सम्पूर्ण महानुभावहरूमा सहभागिताका लागि सादर अनुरोध गर्दछौँ ।
19/08/2026

आदरणीय सम्पूर्ण महानुभावहरूमा सहभागिताका लागि सादर अनुरोध गर्दछौँ ।

मितिः २०८३-०५-०१                          शोक वक्तव्यनेपाली साहित्यका विशिष्ट स्रष्टा, कवि, गीतकार, संस्कृतिकर्मी तथा ने...
17/08/2026

मितिः २०८३-०५-०१

शोक वक्तव्य

नेपाली साहित्यका विशिष्ट स्रष्टा, कवि, गीतकार, संस्कृतिकर्मी तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका मानार्थ सदस्य दुर्गालाल श्रेष्ठको निधनको खबरले नेपाल प्रज्ञा–प्रतिष्ठान परिवार स्तब्ध भएको छ । उहाँको निधनसँगै नेपाली साहित्य, भाषा, संस्कृतिको क्षेत्रमा एक सशक्त र विशिष्ट आवाजको पनि अवसान भएको छ ।

वि.सं. १९९२ मा काठमाडौँमा जन्मिनुभएका कवि श्रेष्ठले सम्पूर्ण जीवन नेपाली भाषा, साहित्य र संस्कृतिको सेवामा समर्पित गर्नुभयो । सरल, सरस र जनजीवनसँग अभिन्न किसिमले जोडिएका उहाँका गीतले नेपाली समाजका सुख–दुःख, शोषण–उत्पीडन, प्रेम, मानवीय संवेदना, सामाजिक न्याय र परिवर्तनको आकाङ्क्षालाई सशक्त अभिव्यक्ति दिएको छ । कविता, गीत तथा अन्य साहित्यिक सिर्जनामार्फत उहाँले नेपाली साहित्यलाई समृद्ध तुल्याउनुभएको छ ।

उहाँका ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ जस्ता सिर्जनाले नेपाली समाजमा सामाजिक सद्भाव र परिवर्तनको चेतना निर्माणमा असाध्यै महङ्खवपूर्ण योगदान पु¥याएका छन् । उहाँका साहित्यमा मानवीय मुक्ति, समानता, स्वतन्त्रता र न्यायप्रति गहिरो प्रतिबद्धता अभिव्यक्त भएको छ । ती सिर्जना नेपाली साहित्य–इतिहासमा मात्रै नभई समाजको सांस्कृतिक स्मृतिमा पनि दीर्घकालसम्म जीवित रहनेछन् । नेपाली संस्कृति र सामाजिक चेतनाका अग्रणी अभियन्ता दुर्गालाल श्रेष्ठ बहुआयामिक योगदान पु¥याउने एक स्मरणीय र अनुकरणीय स्रष्टाका रूपमा सदा जीवित रहिरहनुहुनेछ ।

उहाँको निधनबाट नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्य–संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुगेको अनुभूत गरेको छ । यस दुःखद घडीमा दिवङ्गत कवि दुर्गालाल श्रेष्ठप्रति नेपाल प्रज्ञा–प्रतिष्ठान हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजन, आफन्तजन, सहकर्मी तथा उहाँका असङ्ख्य पाठक–शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछ । दुर्गालाल श्रेष्ठको सिर्जनशील व्यक्तित्व र योगदान नेपाली साहित्यमा सदैव अमर रहनेछ ।

कुमार नगरकोटी
कुलपति

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को मिति २०८३ साउन २८ गते बसेको पहिलो बैठकमा देहायबमोजिमका प्रस्तावहरूमाथि छलफल ...
14/08/2026

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को मिति २०८३ साउन २८ गते बसेको पहिलो बैठकमा देहायबमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निम्न निर्णयहरू गरियो :

१. विभागीय जिम्मेवारी बाँडफाँड सम्बन्धमा

देहायबमोजिम विभागीय जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरियो :

उपकुलपति श्री अविनाश श्रेष्ठ — गद्य तथा प्रकाशन
सचिव डा. रोशन शेरचन — दर्शन
प्राज्ञ श्री प्रतिसरा सायमि — लोकसाहित्य तथा नारी लेखन
प्राज्ञ डा. कृष्णराज सर्वहारी — सामाजिक शास्त्र तथा इतिहास
प्राज्ञ श्री सिता तुम्खेवा — मातृभाषा तथा लिपि
प्राज्ञ श्री तीर्थ गुरुङ — अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्ध
प्राज्ञ श्री रूपा झा धीरू — बाल तथा किशोर साहित्य
प्राज्ञ श्री नवीन अभिलाषी — दलित साहित्य, युवा लेखन तथा डिजिटलाईजेसन
प्राज्ञ श्री दीपक सापकोटा — काव्य, संस्कृति तथा डिजिटलाईजेसन
प्राज्ञ डा. दुर्गाबहादुर घर्ती — समालोचना, भाषा, व्याकरण तथा कोश

२. मोती जयन्ती मनाउने सम्बन्धमा

हरेक वर्ष मोती जयन्ती (कुशे औँसी) लाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरियो।

३. साहित्य महोत्सव गर्ने सम्बन्धमा

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूसँग सहकार्य गरी मंसिर महिनाभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरियो ।

नेपाली साहित्यको प्रमुख धरोहर: नेपाल प्रज्ञा–प्रतिष्ठाननेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँप्रज्ञा-परिषद् तथा प्रा...
12/08/2026

नेपाली साहित्यको प्रमुख धरोहर: नेपाल प्रज्ञा–प्रतिष्ठान

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँ

प्रज्ञा-परिषद् तथा प्राज्ञ-सभाका सदस्यज्यूहरूलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना!

नेपाली साहित्यको लामो इतिहास र गरिमा बोकेको धरोहर नेपाल प्रज्ञा–प्रतिष्ठानले कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ र सदस्य–सचिवमा रोशन शेरचनसहितको नयाँ प्राज्ञ-परिषद् र प्राज्ञ-सभा पाएको छ।

मिति २०८३/०४/२६ गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित कार्यक्रममा कुलपति कुमार नगरकोटीले उपकुलपति अविनाश श्रेष्ठ, सदस्य–सचिव रोशन शेरचन लगायत परिषद् तथा सभाका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराई पदभार समेत ग्रहण गराउनुभयो।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ आख्यानकार गीता केसरीज्यू  ओम अस्पताल चाबहिलमा उपचारका क्रममा  कीर...
02/07/2026

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ आख्यानकार गीता केसरीज्यू ओम अस्पताल चाबहिलमा उपचारका क्रममा कीर्तिशेष हुनुभएको छ।उहाँ लामो समयदेखि विस्मृत लगायतका रोगसँग जुध्न विवश हुनुहुन्थ्यो।उहाँ प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।

राष्ट्रिय कविता महोत्सव २०८३ स्थगन
19/06/2026

राष्ट्रिय कविता महोत्सव २०८३ स्थगन

28/05/2026
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९जना स्रष्टालाई  प्रज्ञा पुरस्कार-२०८२  समर्पणकाठमाडौँ ,कमलादी।२०८३ वैशाख १७ गते ,बिहीवा...
30/04/2026

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १७ गते ,बिहीवार•भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानलेप्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।• प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको उक्त समारोहमा पुरस्कृत स्रष्टालाई पुष्पमाला नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले गर्नुभएको थियोे ।•प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले जनही १,०००००/ (एक लाख )राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई र ७ जनालाई रू ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार समर्पण गर्नुभएको थियोे ।प्रज्ञा पुरस्कार-२०८२ मा समालोचनातर्फ प्रा.डा.अभि सुवेदी,दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,गद्यसाहित्यतर्फ आहुति,
भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा,बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,अनुवादतर्फ डा.सर्वोत्तम श्रेष्ठ,अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत),मातृभाषा (हिमाली पहाडी) तर्फ
बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई)तर्फ
अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण गर्नुभएको थियोे ।
• प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक स्थापना गरेको ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार- २०८२ कुलपति राईले १ नम्बर प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ),मधेस प्रदेशतर्फ मुना चौधरी,बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना,गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ,लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर,कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारी'लाई समर्पण गरिएको थियोे।
• सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले समारोहलाई सम्बोधन गर्दै भाषा ,साहित्य ,संस्कृति र समाजशास्त्र लगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियोे ।उहाँले प्रज्ञा पुुरस्कारबाट पुरस्कृत स्रष्टा आहुतिले भने जस्तै पुरस्कार भनेको वर्गीय राजनीति नै हो भन्ने ठोकुवा गर्नुभएको थियोे ।
•नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा बारे बधाई मनतव्य राख्नुभएको थियोे ।
•यस्तै , प्रज्ञा पुरस्कारबाट पुरस्कृत व्यक्तित्व प्रा.डा. अभि सुवेदी ,आहुति ,डा. डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले आआफ्नो मनतव्य प्रस्तुत गर्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको उद्घोषण रहेको थियोे ।
•प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले प्रज्ञा पुरस्कारका बारेमा,प्राज्ञ परिषद् सदस्य तथा समालोचना , साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टाका बारेमा मनतव्य राख्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य तथा पद्य /काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मनतव्य राख्नुभएको थियोे ।

पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक  अन्तरक्रिया सम्पन्न ।पोखरा ।•नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखरा...
28/04/2026

पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न ।
पोखरा ।•नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियोे ।
• नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख उपस्थितिमा उक्त कार्यक्रम भएको थियोे ।उहाँले प्रगतिशील साहित्य लेखन समाज रूपान्तरणको मूल प्रवृत्ति भएको बताउनु भएको थियोे।अबको पुस्ताले सांस्कृतिक रूपान्तरणमा प्रगतिशील साहित्यको भूमिका महत्त्वपूर्ण छ भन्ने बुझ्नु जरुरी भएको बताउँदै कवितासमेत वाचन गर्नुभएको थियो।
•विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले मार्क्सवादी साहित्य र संस्कृतिले मात्रै समुन्नत समाज निर्माण गर्न सकिने बताउनुभएको थियोे ।उहाँले नेपाल जस्तो बहुजातीय र बहुभाषिक समाजमा 'सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान'भन्ने उद्घघोष सार्थक भएको बताउँदै प्रतिष्ठानका कार्यहरू बारे प्रकाश पार्नु भएको थियोे ।
•विशेष अतिथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली 'अगिब'ले कार्यक्रममा गीत प्रस्तुत गर्दै
भाषा ,साहित्य र संस्कृतिको उन्नायन बारे चित्रण गर्नुभएको थियोे ।
• गोष्ठीमा प्रा.डा. यदुनन्दन उपाध्यायले ‘प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्ति’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।यस बारे नेपाल संस्कृत विश्व विद्यालयका अध्यापक ,कवि ,समालोचक
तेजविलास अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियोे ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा मगरभाषा साहित्यका अध्येता लोकबहादुर थापा मगरले ‘गण्डकी प्रदेशको भाषिक अवस्था’का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।यस बारे डा. यमनाथ तिमिल्सिनाले समीक्षात्मक टिप्पणी गर्नु भएको थियोे ।
•त्रिविका अध्यापक तथा दर्शनशास्त्रका अध्येता समीर सिंहले ‘वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।यस बारे राजनीतिक विश्लेषक सावित्री दुराले टिप्पणी गर्नुभएको थियोे ।
•कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, झलकपाणी तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला, छवि सुवेदीले कार्यपत्रहरूमाथि पूरक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।
•गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकालले स्वागत मनतव्य प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य नारायण मरासिनीले कार्यक्रमको उद्घोषण गर्नुभएको थियोे ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Academy:

Shortcuts

Share