Nepal Electricity Authority

Call Directions Website Contact the organization

Nepal Electricity Authority Nepal Electricity Authority Official Page Board Chairman: Minister for Energy, Water Resources and Irrigation.

17/11/2026

Pay online and get 2 % + 0.5% off

06/11/2026

शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना!

दीपावलीको उज्यालोसँगै खुसी र उमङ्ग साटौँ, नयाँ वर्षले नयाँ उत्साह र उमङ्ग थपोस्। साथै, पर्व मनाउने क्रममा विद्युत् सुरक्षालाई पनि विशेष प्राथमिकता दिऔँ।

दीर्घायु कुमार श्रेष्ठ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण

#शुभदीपावली #नेपालसंवत्११४७ #छठपर्व #विद्युतसुरक्षा #नेपालविद्युतप्राधिकरण

Mention safe lighting practicesMake the safety message stronger

06/11/2026

झिलिमिली बत्ती बाल्नुअघि तार, प्लग र सकेटको अवस्था जाँच गरौँ। गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोग गरौँ र क्षतिग्रस्त तार, प्लग तथा स्विचबाट टाढै रहौँ। एकै सकेटमा धेरै विद्युतीय उपकरण जोड्ने जोखिमबाट पनि बचौँ।

याद राखौँ, हाम्रो सानो सावधानीले ठूलो दुर्घटना हुनबाट जोगाउन सक्छ।

यस दीपावली, घर आँगन मात्र होइन, हाम्रो उत्सव पनि सुरक्षित बनाऔँ।

नेपाल विद्युत प्राधिकरण

#शुभदीपावली #विद्युतसुरक्षा #नेपालविद्युतप्राधिकरण

04/11/2026
04/11/2026

दिपावली तथा छठ पर्वको अवसरमा आवश्यक सतर्कता अपनाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरणको सर्वसाधारणमा अनुरोध ‼️

04/11/2026

दीपावलीको उज्यालोमा, विद्युत सुरक्षालाई पनि प्राथमिकता दिऔँ।

घर झिलिमिली बनाउन पुराना बत्ती प्रयोग गर्नुअघि तार, प्लग र इन्सुलेसन राम्रोसँग जाँच गरौँ। काटिएका, गुज्रिएका वा इन्सुलेसन उप्किएका तार प्रयोग नगरौँ। साथै, बिग्रिएका सकेट र स्विचबाट सावधान रहौँ।

सानो सावधानीले ठूलो दुर्घटना रोक्न सक्छ। यस दीपावली, उज्यालोसँगै सुरक्षा पनि सुनिश्चित गरौँ।

नेपाल विद्युत प्राधिकरण
सुरक्षित रहौँ, सुरक्षित दीपावली मनाऔँ।

#नेपालविद्युत्प्राधिकरण #दीपावली

**सूचना**भोलि मिति २०८३/०७/१७ गते बिहान ५:०० बजेदेखि ८:०० बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर आकस्मिक मर्मतसम्...
02/11/2026

**सूचना**

भोलि मिति २०८३/०७/१७ गते बिहान ५:०० बजेदेखि ८:०० बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर आकस्मिक मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा चाबहिल सबस्टेसनबाट वितरण हुने सम्पूर्ण फिडरहरूको विद्युत आपूर्ति बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

निर्धारित समयअगावै मर्मतसम्भार कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिनेछ।

यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ।

31/10/2026

🚨 अत्यन्त जरुरी सूचना: कुलेखानी जलाशय (इन्द्रसरोवर) तल्लो तटीय क्षेत्रका बासिन्दाहरूमा विशेष अनुरोध 🚨

आज मिति २०८३/०७/१४ गते दिउँसो १२:०० बजेको रेकर्ड अनुसार कुलेखानी जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा आज साँझ ४:०० बजेसम्म जलसतह १५२९.०० मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

जलसतह १५२८.५ मिटर पुगेपछि पूर्वसतर्कता स्वरूप पहिलो साइरन बजाउने र SMS Alerts प्रवाह गर्ने तयारी भइसकेको छ।

मौसममा क्रमिक सुधार हुँदै गए पनि जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा हुन गएमा बाँधको सुरक्षाका लागि मुख्य गेटहरू (Spillway Gates) खोल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ।

⚠️ तल्लो तटीय क्षेत्र (सिस्नेरी खोला तथा बागमती नदी किनार) का बासिन्दाहरूमा अनुरोध:

* आज रात्रिकालीन समयमा उच्च सतर्कता अपनाउनुहोस्।

* नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजानुहोस्।

* स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना र निर्देशनलाई पालना गर्नुहोस्।

गेटहरू खोल्नुपरेमा निर्धारित अवस्था अनुसार दोस्रो र तेस्रो चरणको आपतकालीन साइरन बजाइने र SMS Alert पठाइनेछ। केन्द्रको प्राविधिक टोली हिजो (कार्तिक १३) देखि नै फिल्ड तथा कन्ट्रोल रुममा पूर्ण तयारीका साथ परिचालन भएको छ।

तसर्थ, सबैले सतर्कता अपनाऔं, सुरक्षित रहौं र यो सूचना धेरै भन्दा धेरै शेयर गरी सबैमा पुर्‍याउन सहयोग गरौं! 🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Electricity Authority posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Electricity Authority:

Shortcuts

Share