Nepal Police Hospital

Call Directions Website Contact the organization

Nepal Police Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Police Hospital, Government Organization, Maharajgunj, Kathmandu.

Nepal Police Hospital
Maharajgunj , Kathmandu , Nepal
PO Box – 21147
Tel: 977-01- 4512530, 5971940, 5971941, 5971945
Blood Bank: +977-01-5971944
Email:[email protected]

प्राज्ञिक पदवी तथा सम्मान समारोह कार्यक्रम सू-सम्पन्न ।******************************************************नेपाल प्रहर...
06/11/2026

प्राज्ञिक पदवी तथा सम्मान समारोह कार्यक्रम सू-सम्पन्न ।
******************************************************
नेपाल प्रहरी अस्पताल‍द्वारा आयोजित प्राज्ञिक पदवी तथा सम्मान समारोह कार्यक्रम प्रमुख अतिथि श्रद्धेय श्रीमान प्र.म.नि. डा. मनोज कुमार के.सी.ज्यू तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. विवेक आचार्य लगायतका पदाअधिकारीहरू द्वारा सह-प्रध्यापक तथा सहायक प्रध्यापकज्यूको प्रमाणपत्र वितरण कार्यक्रम सू-सम्पन्न भयो ।

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न************************************मिति २०८३/०७/११ गते नेपाल प्रहरी अस्पतालका ...
28/10/2026

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
************************************
मिति २०८३/०७/११ गते नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुज्यू र प्रा. प्रहरी नायव महानिरीक्षक डा. संजय विक्रम श्रेष्ठज्यूले संयुक्त रूपमा प्रा.प्र.ज. पदबाट प्रा.प्र.स.ह. पदमा बढुवा हुनु भएका यस अस्पतालमा कार्यरत प्र.क. जय बहादुर चनाराज्यूलाई दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न ।

वृक्षारोपण कार्यक्रम सम्पन्न------------------------------------“७१ औं प्रहरी दिवस,२०८३” को अवसरमा आज मिति २०८३।०६।२८ गत...
14/10/2026

वृक्षारोपण कार्यक्रम सम्पन्न
------------------------------------
“७१ औं प्रहरी दिवस,२०८३” को अवसरमा आज मिति २०८३।०६।२८ गते, नेपाल प्रहरी अस्पतालको परिसरमा यस अस्पतालका मेडिकल डाईरेक्टर प्रा.प्र.अ.म.नि. डा. सुन्दर प्रसाद ह्योजु लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु तथा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा विभिन्न जातका फलफुल तथा अन्य विरुवाहरु वृक्षारोपण गरी कार्यक्रम सम्पन्न गरियो ।

रक्तदान कार्यक्रम मिति २०८३।०६।२३ गते ******************************“७१ औं प्रहरी दिवस, २०८३” को अवसरमा आज  मिति २०८३।०६...
09/10/2026

रक्तदान कार्यक्रम मिति २०८३।०६।२३ गते
******************************
“७१ औं प्रहरी दिवस, २०८३” को अवसरमा आज मिति २०८३।०६।२३ गते शुक्रबार बिहान ०९:०० बजेदेखि यस अस्पतालको हाताभित्र संचालन गरिएको रक्तदान कार्यक्रमा पुरुष-३८ जना महिला-७ जना गरी जम्मा-४५ जनाले रक्तदान गर्नुभएको छ ।

08/10/2026
  Policeबिदाई कार्यक्रम सम्पन्न ।****************नेपाल प्रहरीको अनिवार्य अवकाशका आधारमा अवकाश भई जान लाग्नु भएका प्राविध...
18/09/2026

Police
बिदाई कार्यक्रम सम्पन्न ।
****************
नेपाल प्रहरीको अनिवार्य अवकाशका आधारमा अवकाश भई जान लाग्नु भएका प्राविधिक प्रहरी निरीक्षक पुनमाया काफलेज्यू र प्रहरी कार्यालय सहयोगी खेम कुमारी श्रीसज्यूको आज मिति २०८३।०६।०२ गते यस नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर डा. सुन्दर प्रसाद ह्योजुज्यूको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

विपद व्यवस्थापनका लागि नेपाल प्रहरी अस्पताल, महाराजगंज काठमाण्डौं द्वारा अस्थायी फिल्ड अस्पताल बिदुर चेकपोष्ट   मिति २०८...
05/09/2026

विपद व्यवस्थापनका लागि नेपाल प्रहरी अस्पताल, महाराजगंज काठमाण्डौं द्वारा अस्थायी फिल्ड अस्पताल बिदुर चेकपोष्ट मिति २०८३/०५/१८ गतेबाट सञ्चालनमा रहेको साथैं भोटेकोशी नदीमा आएको भिषण बाढीमा हराईरहेका नागरिकहरुको DNA परीक्षणको लागि Blood sample collection केन्द्र समेत सञ्चालनमा रहेको छ ।

  Policeमिति २०८३ भदौं १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदीमा आएको भिषण बाढीब...
31/08/2026

Police
मिति २०८३ भदौं १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदीमा आएको भिषण बाढीबाट हालै उत्पन्न भएको/हुन सक्ने विपद्जन्य परिस्थितिका कारण प्रभावित नागरिक, सुरक्षाकर्मी तथा अन्य सम्बन्धित व्यक्तिहरूमा आकस्मिक स्वास्थ्य समस्या, चोटपटक, संक्रमणजन्य रोग तथा अन्य स्वास्थ्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विपद् प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउनुपर्ने अपरिहार्य देखिएको हुँदा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी अस्पतालबाट निम्‍नानुसारको व्यवस्थापन मिलाईएको छ ।
१. नेपाल प्रहरी अस्पताल, महाराजगंजमा ५० शैय्याको ट्रमा वार्ड स्थापना गरि उपचार सेवा प्रदान गर्दै आईरहेको ।
२. अस्पतालले ८ वटा शवगृह तयारी हालतमा राखेको थप निर्माणका लागि आवश्यक पहल भईरहेको ।
३. अस्पतालमा हेल्प डेस्क स्थापना गरी घाइते विरामी तथा निजहरूको आफन्तहरूलाई समन्वय गरिरहेको ।
४. विपद् व्यवस्थापन टिमले आवश्यक उपचार तथा व्यवस्थपनका कार्य गरिरहेको ।
५. अस्पतालाई आवश्यक पर्ने औषधी तथा औषधीजन्य सामाग्रीहरूको व्यवस्थापन मिलाई स्वास्थ्यकर्मीद्धारा नुवाकोट तथा रसुवाका विभिन्न स्थानमा गई फिल्डमा अस्थायी अस्पताल स्थापना गरि बाढी पिडितहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको ।

रक्तदान कार्यक्रम मिति २०८३।०५।११ गते******************************भोटेकोशी नदीमा आएको भिषण बाढिबाट घाइते भएकाहरुको उपचा...
27/08/2026

रक्तदान कार्यक्रम मिति २०८३।०५।११ गते
******************************
भोटेकोशी नदीमा आएको भिषण बाढिबाट घाइते भएकाहरुको उपचार व्यवस्थापनको लागि नेपाल प्रहरी अस्पतालले आज मिति २०८३।०५।११ गते, बुधबार बिहान ०९:०० बजेदेखि यस अस्पतालको हाताभित्र संचालन गरिएको रक्तदान कार्यक्रमा १२० जनाले रक्तदान गर्नुभएको छ ।

मिति २०८३।०४।२७ गते नेपाल प्रहरी अस्पतालमा पहिलो पटक मष्तिस्कको क्यान्सर (Pituitary Macroadenoma) को (Transnasal Endosco...
26/08/2026

मिति २०८३।०४।२७ गते नेपाल प्रहरी अस्पतालमा पहिलो पटक मष्तिस्कको क्यान्सर (Pituitary Macroadenoma) को (Transnasal Endoscopic) प्रविधिबाट नाकको माध्यम हुँदै बाह्य चिरफार नगरी सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ। नेपाल प्रहरी अस्पताल नाक, कान, घाँटी विभागका विभागीय प्रमुख प्रा.प्र.उ. डा. नवीन लागेजु तथा न्यूरोसर्जरी चिकित्सक डा. सुरेश सापकोटाको संयुक्त प्रयासमा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो। शल्यक्रियापश्चात् आवश्यक उपचार तथा चिकित्सकीय निगरानीमा राखी स्वास्थ्यमा सुधार भएपछि मिति २०८३।०५।०९ गते अस्पतालबाट डिस्चार्ज भई जानुभएको छ। नेपाल प्रहरी अस्पतालमा पहिलो पटक आधुनिक इन्डोस्कोपिक प्रविधिबाट सफलतापूर्वक गरिएको उक्त शल्यक्रिया विशेषज्ञ स्वास्थ्य सेवा विस्तारतर्फको महत्वपूर्ण उपलब्धि हो।

Address

Maharajgunj
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Police Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police Hospital:

Shortcuts

Share