HEOC

HEOC HEOC will operate under Secretary and function as a secretariat of Ministry of Health and Food Safety

Overall information and coordination HUB during health emergency and disaster

सूचना !स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्...
26/08/2026

सूचना !

स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हटलाइन नम्बर “१११५” मा सम्पर्क गर्नुहुन अनुरोध छ।

स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा
28/07/2026

स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा

आज सुदूरपश्चिम प्रदेशका प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति का सदस्यहरूका लागि ...
24/07/2026

आज सुदूरपश्चिम प्रदेशका प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति का सदस्यहरूका लागि एम्बुलेन्स सेवा निर्देशिका, २०८२ सम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

11/07/2026
📞 विपद् जोखिम न्यूनीकरणका लागि समयमै सूचना दिऔँ। निःशुल्क १२३४ मा सम्पर्क गरौँ।
08/07/2026

📞 विपद् जोखिम न्यूनीकरणका लागि समयमै सूचना दिऔँ। निःशुल्क १२३४ मा सम्पर्क गरौँ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को आयोजना तथा ...
02/07/2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा काठमाडौं, बागमती प्रदेशका आठवटा विशेषज्ञ अस्पतालहरूको Hospital Disaster Preparedness and Response Plan (HDPRP) विकास सम्बन्धी दुईदिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको समापन सत्रमा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा नवराज जोशी जैसीज्यूले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथीका रूपमा वीर अस्पतालबाट डा प्रकाश बुढाथोकीज्यू, निजामती कर्मचारी अस्पतालबाट डा रमेश पन्त ज्यू, विश्व स्वास्थ्य संगठन वटा डा विज्ञान प्रजपतिज्यूकाे उपस्थिती रहेको थियो

१७ - १८ असार २०८३ | काठमाडौँ | स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इ...
02/07/2026

१७ - १८ असार २०८३ | काठमाडौँ | स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा बागमती प्रदेशका आठ वटा विशेषज्ञ सेवा प्रदान गरिरहेका अस्पतालहरूको अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (Hospital Disaster Preparedness and Response Plan: HDPRP) विकास सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँ, बागमती प्रदेशमा हिजो देखि सुरू भएको छ।
कार्यशालामा बागमती प्रदेशका आठ वटा स्याटेलाइट अस्पतालहरू– शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल; शहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्र; मानसिक अस्पताल, लगनखेल; शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र; भक्तपुर क्यान्सर अस्पताल; कान्ति बाल अस्पताल; नेपाल आँखा अस्पताल; परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालबाट स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीसहित ३२ भन्दा बढी सहभागीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा यस मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठज्यूको अध्यक्षता रहेको थियो। उद्घाटन सत्रमा विश्व स्वास्थ्य संगठन (WHO) का WHO-WHE Ag. टिम लिड प्रा. डा. अरुणकुमार गोविन्दकर्णावर; स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) का प्रमुख डा. नबराज जोशी (जैसी) तथा विज्ञ प्रशिक्षक डा. आशिष श्रेष्ठज्यूको उपस्थिति रहेको थियो।
कार्यशालाका क्रममा सहभागीहरूले विज्ञ प्रशिक्षकहरूको मार्गदर्शनमा Hospital Safety Index Plus (HSI+) App को प्रयोग गरी आ-आफ्ना अस्पतालहरूको HDPRP तयार गरेका थिए। साथै, जनस्वास्थ्य आपतकालीन अवस्थाको व्यवस्थापनका लागि आवश्यक समन्वय तथा सञ्चार संयन्त्र, स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) सञ्जाल, तथा हब र स्याटेलाइट अस्पताल सञ्जाल सम्बन्धी विषयमा प्रस्तुतीकरणहरू सञ्चालन गरिनुका साथै योजनाको प्रभावकारिता परीक्षणका लागि टेबलटप अभ्याससमेत सम्पन्न गरिएको थियो।
कार्यशालामा विकास गरिएका योजनाहरू सम्बन्धित अस्पतालहरूमा कार्यान्वयन गरिने तथा कर्मचारीहरूको नियमित अभिमुखीकरण र योजनाको आवधिक अद्यावधिकमार्फत प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ। यसबाट अस्पतालहरूको विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता थप सुदृढ भई जनस्वास्थ्य आपतकालीन अवस्थाहरूमा प्रभावकारी सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वछता मन्त्रालय /Health Emergency Operation Center (HEOC) र विश्व स्वास्थ्य संगठनको सहकार्यमा राष्ट...
25/06/2026

स्वास्थ्य तथा खाद्य स्वछता मन्त्रालय /Health Emergency Operation Center (HEOC) र विश्व स्वास्थ्य संगठनको सहकार्यमा राष्ट्रिय अक्सिजन रोडम्याप अन्तर्गत सम्पन्न भएका विभिन्न क्रियकलापहरूकाे Sharing/ Finding Dissemination बैठक यस मन्त्रालयका श्रीमान् अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठ ज्यू र स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रीमान् डा अनुज भट्टचन ज्यूको समुपस्थितिमा सम्पन्न भएको छ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईको आयोजनामा हब तथा स्याटेलाइट अस्पत...
25/06/2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईको आयोजनामा हब तथा स्याटेलाइट अस्पताल सञ्जाल र प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (PHEOCs) बीच नियमित समन्वयात्मक बैठक सम्पन्न भएको छ।
बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ अन्तर्गत स्वास्थ्य क्षेत्रका तयारी तथा जिम्मेवारी सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो। साथै मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि उपलब्ध स्रोत–साधन तथा आपत्कालीन सम्पर्क विवरणको अद्यावधिक, अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (HDPRP) को अद्यावधिक, तथा हब–स्याटेलाइट अस्पताल सञ्जाल र PHEOCs बीचको नियमित समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा प्रस्तुतीकरण तथा विस्तृत छलफल गरिएको थियो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ/स्वास्थ्य आपत्कालीन कार्...
19/06/2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ/स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) नेपालको प्राविधिक सहयोगमा आयोजित दुई दिने “Strengthening Cross-Sectoral Information Management and Coordination” विषयक कार्यशाला आज बागमती प्रदेशको भरतपुरमा सम्पन्न भएको छ।
अन्तरक्षेत्रीय सरोकारवालाहरूबीच सूचना व्यवस्थापन, सञ्चार तथा समन्वय प्रणालीलाई अझ प्रभावकारी, व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले आयोजित उक्त कार्यशालामा बागमती र गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरू, Hub तथा Satellite Hospitals, EOCs, HEOCs, विकास साझेदार संस्थाहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यशालाका क्रममा आपत्कालीन तथा विपद्का समयमा आवश्यक सूचना तथा तथ्याङ्कको संकलन, विश्लेषण, आदान–प्रदान र प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउने विषयमा प्रस्तुतीकरण तथा समूहगत छलफल गरिएको थियो। साथै, विभिन्न निकायहरूको भूमिका, जिम्मेवारी तथा सूचना प्रवाह प्रणालीलाई स्पष्ट पार्ने उद्देश्यले Data Responsibility and Reporting Matrix सम्बन्धी साझा समझदारी र सहकार्यको खाका तयार गरिएको छ।
कार्यक्रमको समापन समारोहको अध्यक्षता HEOC प्रमुख डा. नवराज जोशी जैसीले गर्नुभएको थियो। समारोहमा अतिथिका रूपमा जनस्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख बसन्त अधिकारी, प्रादेशिक स्वास्थ्य तालीम केन्द्र, बागमती प्रदेशबाट दीपक प्रसाद तिवारी तथा विश्व स्वास्थ्य संगठन नेपालबाट डा. गौरव देवकोटा को उपस्थिति रहेको थियो। कार्यशालाले स्वास्थ्य तथा अन्य सम्बन्धित क्षेत्रहरूबीचको सूचना व्यवस्थापन, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Address

Ram Shah Path
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714250845

Alerts

Be the first to know and let us send you an email when HEOC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HEOC:

Shortcuts

Share