Guthi Sansthan, Janakpur

Website

Guthi Sansthan, Janakpur गुठी संस्थान, शाखा कार्यालय, जनकपुरधाम

19/10/2026

सलामी

🌺 शुभ विजयादशमी २०८३ 🌺समस्त जनकपुरवासी लगायत सम्पूर्ण देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनी , आमा बुबाहरुमा...
19/10/2026

🌺 शुभ विजयादशमी २०८३ 🌺

समस्त जनकपुरवासी लगायत सम्पूर्ण देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनी , आमा बुबाहरुमा सुख, शान्ति, एवं समृद्धि को मंगलमय शुभकामना! 🙏

गुठी संस्थान, शाखा कार्यालय जनकपुर

समस्तजनमा फूलपाती २०८३ को हार्दिक मंगलमय सुभकामना...!!🌼🌾
16/10/2026

समस्तजनमा फूलपाती २०८३ को हार्दिक मंगलमय सुभकामना...!!🌼🌾

15/10/2026
आज मिति २०८३/०६/१० गते शनिवार विदाको समयलाई सदुपयोग गर्दै गुठी संस्थान शाखा कार्यालय जनकपुर र जलेश्वर शाखाका कार्यालय प्...
26/09/2026

आज मिति २०८३/०६/१० गते शनिवार विदाको समयलाई सदुपयोग गर्दै गुठी संस्थान शाखा कार्यालय जनकपुर र जलेश्वर शाखाका कार्यालय प्रमुख एवं विभागीय प्रमुखज्यूहरूबाट श्री लक्ष्मीनारायण मठ, मटिहानीमा दर्शन–पूजा तथा मठ परिसरमा रहेका ऐतिहासिक एवं धार्मिक सम्पदाहरूको अवलोकन सम्पन्न भयो।

सो क्रममा मन्दिरको सिंहासन, गद्दीघर, तस्मैयाबाबाको खंति, झुलाघर, गौशाला, भकारी लगायतका महत्वपूर्ण सम्पदाहरूको अवलोकन गर्नुका साथै मठको संरक्षण, विकास तथा समग्र उन्नयनका विषयमा सकारात्मक छलफलसमेत भयो।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धन एवं भावी पुस्तासम्म सुरक्षित हस्तान्तरणका लागि संस्थागत सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरियो।

श्री लक्ष्मीनारायण मठ, मटिहानीप्रति हार्दिक श्रद्धा एवं सम्मान। 🙏

21/09/2026

स्वच्छ कार्यालय, हाम्रो साझा जिम्मेवारी!!! - २

#गुठीसंस्थान #शाखाकार्यालयजनकपुर #श्रमदान #सरसफाइअभियान #स्वच्छकार्यालय #सामूहिकसहकार्य

स्वच्छ कार्यालय, हाम्रो साझा जिम्मेवारी!!!आज गुठी संस्थान, शाखा कार्यालय जनकपुर परिसरमा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सह...
20/09/2026

स्वच्छ कार्यालय, हाम्रो साझा जिम्मेवारी!!!

आज गुठी संस्थान, शाखा कार्यालय जनकपुर परिसरमा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागितामा श्रमदानमार्फत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

आफ्नो कार्यस्थलप्रतिको अपनत्व, जिम्मेवारी र सामूहिक भावनालाई व्यवहारमा उतार्दै गरिएको यस अभियानले कार्यालय परिसरलाई थप स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन योगदान पुगेको छ।

सफा वातावरण, सकारात्मक सोच र सामूहिक प्रयास हाम्रो कार्यसंस्कृतिको सुन्दर पहिचान हो।

सहभागी सम्पूर्ण कर्मचारीज्यूहरूमा हार्दिक धन्यवाद। 🙏

#गुठीसंस्थान #शाखाकार्यालयजनकपुर #श्रमदान #सरसफाइअभियान #स्वच्छकार्यालय #सामूहिकसहकार्य

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाऔं।🇳🇵
19/09/2026

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाऔं।🇳🇵

Address

Dhanusa
Janakpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Guthi Sansthan, Janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share