National Sports Council, Nepal

National Sports Council, Nepal The National sports council of Nepal is the governmental authentic sports organization of Nepal.
(3)

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको बुधबार त्रिपुरेश्वरस्थ...
03/06/2026

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक सामारेहबीच समुद्घाटन गर्नु भयो ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पिक टर्च प्रज्ज्वलन गरी प्रतियोगिताको औपचारिक समुद्घाटन गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाईचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।
प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई झण्डा हस्तान्तरण गर्नु भयो ।

माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि नै खेलकुदको जग बलियो बनाउने उदेश्यबाट प्रतियोगिता सन्चालन हुदै आएको बताउ हुँदै विद्यालय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी उहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउने सबैभन्दा ठूलो र महत्वपूर्ण माध्यम राष्ट्रपति रनिङ सिल्ड भएको बताउनु भयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले गाउँ, नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म आइपुग्दा यस प्रतियोगिताले देशको कुनाकाप्चामा रहेका प्रतिभावान युवाहरूलाई खेलकुदको मूल प्रवाहमा जोड्ने काम गरेको धारणा व्यक्त गर्नु भयो ।

राखेपको आयोजनामा भइरहेको प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी हुनु हुन्छ । एथलेटिक्स, भलिबल, कबड्डी कराते, तेक्वान्दो र उसु समावेश प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद्, बागमती, नेपालय इन्टरनेसनल प्रा.लि. र केआईइसीको सहयोग रहेको छ ।
#राष्ट्रपतिरनिङसिल्ड #रामचन्द्रपौडेल #दशरथरंगशाला #युवाखेलकुद #नेपालखेलकुद 🏅🇳🇵

03/06/2026

१६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८३

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले नवनियुक्त कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचि...
03/06/2026

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले नवनियुक्त कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्द र प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिनु भएको छ ।

सो अवसरमा प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दिपक लामाको उपस्थिति रहेको थियो ।

१६औ केन्द्रीय राष्ट्रपति रनिङशिल्ड | पदक तालिका
03/06/2026

१६औ केन्द्रीय राष्ट्रपति रनिङशिल्ड | पदक तालिका

03/06/2026

चार सय मिटर दौडमा कीर्तिमान

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको १६ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको छात्रा ४ सय मिटर दौडमा बागमती प्रदेशकी भगवती खड्काले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्नु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भगवती खड्काले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाउनु भएको हो । यसअघि १ मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो ।

#४सयमिटरदौड #जुनियरराष्ट्रियकीर्तिमान #भगवतीखड्का #राष्ट्रपतिरनिङशिल्ड #राष्ट्रियखेलकुदपरिषद

03/06/2026

हाइजम्पमा कीर्तिमान

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको १६ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको छात्र हाइजम्पमा बागमती प्रदेशका अविनाश सुनारले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्नु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गर्नु भएको हो ।

#हाइजम्प #जुनियरराष्ट्रियकीर्तिमान #अविनाशसुनार #राष्ट्रपतिरनिङशिल्ड #राष्ट्रियखेलकुदपरिषद

माननीय शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र सल्लाहकार राजु सिंहले राष्ट्रिय खेलकुद परिषद् (र...
03/06/2026

माननीय शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र सल्लाहकार राजु सिंहले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको निरीक्षण गर्नु भएको छ । उहाँहरुले त्रिपुरेश्वरस्थित राखेपमा एथलेटिक्स, कबड्डी र उसु खेलको तयारी प्रशिक्षण बारे जानकारी लिनु भएको हो ।

जापानमा आयोजना हुने २० औं एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली छनोट भएको छ ।एसियन गेम्स छनोटअन्तर्गत मलेसियाले च...
03/06/2026

जापानमा आयोजना हुने २० औं एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली छनोट भएको छ ।

एसियन गेम्स छनोटअन्तर्गत मलेसियाले चीनलाई पराजित गरेसँगै समूह ‘ए’ बाट नेपाल प्रतियोगिताका लागि छनोट भएको छ।

नेपालले अगिल्लो खेलमा चिनलाई पराजित गरेको थियो।

माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत...
02/06/2026

माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको निरीक्षण गर्नु भएको छ । माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सातदोबाटोमा तेक्वान्दो, कराते, बक्सिङ र कुस्ती खेलको तयारी प्रशिक्षण बारे जानकारी लिनु भएको हो ।

#मिसन_२०२६ #राष्ट्रिय_टिम_तयारी #विशेष_प्रशिक्षण #सस्मित_पोखरेल #राखेप

02/06/2026

Address

Tripureshwor
Kathmandu

Telephone

+97715362079

Alerts

Be the first to know and let us send you an email when National Sports Council, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Sports Council, Nepal:

Share